Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

28 Mar 2012

तराई र डूवर्सका मोर्चा समर्थकहरुले अब नयाँ कार्यक्रमहरु गर्नुपर्ने

28 मार्च (कालेबुङ):- जीटीएमा तराई डूवर्सका भुभागहरु अन्तर्भुक्त गराउन त्यस क्षेत्रका मोर्चा समर्थक आदिवासीहरु आफैले पनि बल गर्नु पर्ने मोर्चाको केन्द्रीय नेतृत्वको भनाई छ। तराई डूवर्सका प्रतिनिधिहरुसँग मोर्चाको शीर्ष नेतृत्वको हिजो कालेबुङको डेलोमा सम्पन्न गोप्य बैठ्कको निचोड यस्तै छ। हाई पावर कमिटि अघि जीटीएमा सामेल हुने आफ्नो ईच्छाशक्ति जाहेर गर्न तराई डूवर्सका मोर्चा समर्थकहरुले अब नयाँ कार्यक्रमहरु गर्नुपर्ने पार्टीको हाईकमानले निर्देश दिएको छ। डूवर्स अनि तराई केन्द्रीत कार्यक्रमहरु आगामी 29 मार्चमा गोरुबथानमा हुने मोर्चाको जनसभामा घोषणा गरिनेछ। चुनाउपछि अस्तित्वमा आउने नयाँ व्यवस्थामा तराई डूवर्सको अन्तर्भुक्तिलाई लिएर अनिश्चितता बढेर गएपछि अहिले मोर्चा शिविरमा छटपटी देखा परेको छ। कलकता बार्तापछि तराई डूवर्सका आफ्ना समर्थकहरुमा देखा परेको अन्योलता साम्य पार्न हिजो यहाँको डेलोमा एउटा बैठक डाकिएको थियो। मोर्चा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरीलगायत स्टडी फोरम केन्द्रीय समितिका सदस्यवर्ग अनि तराई डूवर्सका नेतृवर्ग समर्थकहरु उपस्थित थिए। लगभग चार घण्टासम्म चलेको बैठकमा हाई पावर कमिटिले सिफारिस गरेको तराई डूवर्सका नयाँ मौजाहरुबाट ज़ीटीएको व्यवस्थामा मनोनित प्रतिनिधिलाई सामेल गर्ने कुरामा सहमति बनेको छ। बैठकपछि पार्टीमहासचिव रोशन गिरीले पत्रकारहरुलाई यसै आशयको जानकारी दिए। गिरीले बर्तमान दागोपापमा थप 16वटा मौजाहरु थपेर ज़ीटीएको चुनाउ गरिने अनि हालको क्षेत्रफललाई नै पुनर्सिमाङ्कन गरी 45 वटा समष्टीहरुको चुनाउ हुने बताए। उनले हाई पावर कमिटिले जूनसम्म आफ्नो रिपोर्ट बुझाउने बताउदै कमिटिले सिफारिस गरेको नयाँ मौजाहरुबाट मनोनयनको आधारमा प्रतिनिधिहरु जीटीएमा सामेल गरिने बताएका छन।
अर्कोतिर, मोर्चाको डूवर्स कमिटिका सचिव गणेश आलेले डूवर्समा नयाँ कार्यक्रमहरु गरी सरकारलाई जीटीएमा सामेल हुने तराई डूवर्सवासीहरुको आकांक्षा जाहेर गरिने बताए। उनले आफूहरु केन्द्रीय समितिको निर्णयसँग सन्तुष्ट रहेको पनि बताए।

0 comments: