Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Mar 2012

गोर्खाल्याण्डको आन्दोलन नगर्ने छत्रेको घोषणा

29 मार्च(कालेबुङ):- आफूले भनेजस्तो जनसमर्थन नपाउँदा पहाडका बिद्रोही नेता छत्रे सुब्बाले गोर्खाल्याण्डको नयाँ चरणको आन्दोलनको नेतृत्व नगर्ने घोषणा गरेका छन। सुब्बाको उत्साह आज त्यसबेला निराशामा परिणत भयो जब उनले तोकेको समय र स्थानमा उनका समर्थकहरु उपस्थित भएनन। उनी आज खूबै निराश देखिए। रौसेस्थित निवासमा आज उनका समर्थकहरुभन्दा धेर पत्रकार र गुप्तचरहरुको भेला थियो। आज उनले आफ्नो पुरानो दल जीएलओको पुनर्गठन र कार्यक्रमहरुको घोषणा गर्ने योजना थियो तर भने जति संख्यामा समर्थकहरु उपस्थित नभइ दिँदा छत्रेले आफू अलग राज्यको आन्दोलन गर्ने निर्णयबाट पछि हटेको बयान पत्रकारहरुलाई दिए। छत्रेले आजदेखि अलग राज्यको आन्दोलनको घोषणा गर्ने कुरालाई केन्द्र गरी क्षेत्रमा सुरक्षा व्यवस्था कठोर बनाइएको थियो। एक कम्पनी र्‍यापिड एक्शन फोर्सलाई शहरको विभिन्न स्थानमा तैनाथ गरिएको थियो। तर छत्रे सुब्बाले आज बिहान नाटकीय निर्णय लिँदै उनका समर्थकहरुलाई निराश बनाई दिए। उनले जेलमुक्त भएपछि दार्जीलिङ. खरसाङ, मिरिक लगायत तराई डूवर्सका गोर्खाल्याण्ड समर्थकहरुलाई भेटेर जनचाहना बुझ्ने प्रयास पनि गरेका थिए। आज यी क्षेत्रहरुबाट आफ्ना समर्थकहरु आउने कुरामा उनी विश्वस्त थिए। तर आशाअनुरुप जनसमर्थन नजुटे पछि उनले नेतृत्वको जिम्मा नलिने मन बनाएका छन।

0 comments: