Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Apr 2012

दार्जीलिङको सानो रेल लिक बाहिर

17 अप्रेल(कालेबुङ):-सोमबार दार्जीलिङको सानो रेलले लिक छोडेर पर्यटकहरुलाई भयभित पारे पनि कुनै गम्भीर दूर्घटना भने भएन। दार्जीलिङबाट घूमसम्मको जोय राइडको अवधीमा कागझोडामा यो दूर्घटना हुन पुगेको थियो। कागझोडामा पुगेर टोयट्रेन लिक बाहिर हुदाँ नजिकमा रहेको एउटा दोकानलाई सामान्य क्षति पुगे पनि कुनै ज्यानमालको नोक्सान भने भएन। यो दूर्घटना सोमबार बिहान पाउने एघारको समयमा भएको थियो जब पर्यटकहरु लिएर जोयराइड घूमतर्फ गइरहेको थियो। घटनास्थलनजिक रहेका दोकानको एल्मुनियम सिट रेलको ट्रयाकमा राखिएको कारण दूर्घटना हुनपुगेको थियो। टोयट्रेनको अन्तिम डब्बा लिकमा राखिएको सिटबाट चिप्लिएर लिकबाहिर भेको थियो। ट्रेनको दुवै डब्बामा यात्रीहरु थिए। यस दिन कूल 31 जना पर्यटकहरुले टोयट्रेनको यात्राको आनन्द उठाइ रहेका थिए। मध्याह्नसम्म रेललाई लिकमा हालेर पुन यात्रा शुरु गर्दा केवल 5/6 जना यात्रीहरुले मात्र बाकीँ यात्रा पूरा गरे, रहल यात्रीहरुले डरको कारण सानो रेलको सवारीको मजा लिन मानेनन। दार्जीलिङ हिमालयन रेलवे कर्तृपक्षले यस घटनाको सन्दर्भमा रेलवे ट्रेकनजिकका दोकानहरु बिरुद्ध पुलिसमा आपती जाहेर गर्ने निर्णय लिएका छन। दोकानहरु रेलवे ट्र्याकदेखि कम्तिमा पनि 6 फिटको दूरीमा हुनु पर्ने डीएचाअर अधिकृतको भनाई छ तर हालमा रेलको लीक र दोकानको दूरत्व 1 फिट पनि रहेको छैन।

0 comments: