Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Apr 2012

आगलागीमा सयवटा दोकानहरु नष्ट

20 अप्रेल(कालेबुङ):- दार्जीलिङ शहरको एचडी लामा रोडमा आज बिहानीपख भएको भयवह आगलागीको घटनामा लगभग एक सयवटा दोकानहरु जलेर नष्ट भएको छ। आज बिहान दुइबजी भएको यस घटनामा झण्डै पाँच करोड मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको अनुमान गरिएको छ। बिहानीपख दुइ बजीदेखि शुरु भएको आगोलाई पाँच घण्टाको कठोर परिश्रमपछि सात बजी मात्र नियञ्त्रणमा ल्याउन सकिएको थियो। आगलागीले यहाँको एउटा होटललाई पनि नोक्सान पुर्यापएको छ तर होटलभित्र रहेका पर्यटकहरुलाई अप्नि समयमा नै सुरक्षित निकालिएको थियो। घटनाको लगत्तै दार्जीलिङ अग्निशमन विभागका तीनवटा दमकलहरु घटनास्थलमा पुगेर आगोमा नियञ्त्रणमा ल्याउने प्रयास शुरु गरे। पछि खरसाङबाट दुइवटा दमकल पनि मगाइएको थियो भने अग्निशमन वाहनसँगै आएको हरियाणाको एउटा धार्मिक संगठनको पनि सहयोग लिइयो। यस भयवह आगलागी काण्डलाई साम्य बनाउन जलपहाडस्थित 107 डीए रेजिमेन्टका जवान, दार्जीलिङ पुलिस, स्थानीय अनि हरयाणाबाट आएका स्वयंसेवी संगठनका कार्यकर्ताहरुले पनि सहयोग पुर्याङएका थिए। नगरपालिका अध्यक्ष अमर सिंह राईले बताए अनुसार घटनापछि नगरपालिकाले राहत कार्यको निम्ति राज्य सरकार अनि नगरपालिका मामिला मंत्रालयसँग बित्तिय मददको गुहार लगाएको छ। अग्निकाण्डका पिडीतहरुको सहयोगको निम्ति नगरपालिकाले राहत कोष पनि शुरु गरेको छ। यता, गोजमुमोले पनि पिडीतहरुको निम्ति हरसम्भव सहायता गर्ने प्रतिश्रुति दिएको छ। दार्जीलिङका सांसद जसवन्त सिंहले यस काण्डका पिडीतहरुको निम्ति पचास लाख रुपियाँ अनुमोदन गरिसकेको मोर्चा नेतृत्वले बताएको छ।

0 comments: