Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Apr 2012

अनिश्चितकालिन बन्दको प्रथम दिन डुवर्स अशान्ति

23 अप्रेल(कालेबुङ):- डूवर्समा जनसभा गर्ने अनुमति नदिएको प्रतिवादमा मोर्चासमर्थित जोइन्ट एक्शन को-अर्डिनेशन कमिटिले आजदेखि डाकेको अनिश्चितकालिन बन्दको पहिलो दिन डूवर्सका विभिन्न क्षेत्रहरुमा हिंसात्मक घटनाहरु भएको जानकारी पाइएको छ। बन्द समर्थक र विरोधीहरुबीच डूवर्सको बानरहाट झडप हुँदा यहाँका सातवटा दोकानहरु जलाइको छ। बन्दको विरोधमा बानरहाटका केही व्यापारीहरुले दोकान खुला राख्ने निर्णय लिँदा बन्द समर्थकहरुले तनाउ सृष्टि गरेका थिए।
यस घटनाले निकै ठूलो रुप लिने अवस्था देखा परे पछि पुलिसले लाठीचार्ज र अश्रु ग्यास छोडेर स्थितिलाई नियञ्त्रणमा लिएको थियो। यता, डूवर्सको मालबजार अनि ओदलाबारीमा पनि बन्दलाई केन्द्र गरी समर्थक र विरोधीहरुबीच तनाउ उत्पन्न भएको थाहा लागेको छ। अनिश्चितकालिन तराई डूवर्स बन्दको पहिलो दिन आज यी क्षेत्रहरुमा बन्दले जनजीवन व्यापक रुपले प्रभावित भएको छ। बन्दले तराई र सिलगढीका क्षेत्रहरुमा आंशिक प्रभाव पारे पनि डूवर्समा भने बन्द असरदार रह्यो। आजदेखि शुरु भएको अनिश्चितकालिन बन्दले दार्जीलिङ पहाड र छिमेकी राज्य सिक्किमलाई समेत असर परेको छ। मोर्चाको भातृ संगठन जनमुक्ति चालक महासंघले बन्दको समर्थन जनाउँदै पहाडी क्षेत्रबाट आज डूवर्स र सिलगडीगामी वाहनहरुको चलाचल ठप्प पारेको थियो। जसले गर्दा आज समतलतिर जाने यात्रीहरुले कडा असुबिधाको सामना गर्नु पर्योर। यता, राजमार्ग 31ए मा पनि बन्दको प्रभाव देखियो। राजमार्गमा बन्दको प्रभावको कारण आज सिक्किम सिलगढीगामी टेक्सी अनि सरकारी यात्रीवाहनहरुको आवगमन ठप्प थियो। दार्जीलिङ-कालेबुङ्बाट सिक्किमगामी वाहनहरुको चलाचल भने सामान्य रहेको थियो। सर्वोच्च न्यायालयले बन्दबाट राजमार्ग 31एलाई अक्षुण्ण राख्ने स्पष्ट आदेश दिएको भए पनि आज बन्दको कारण राजमार्ग प्रभावित भएको थियो। यस सम्बन्धमा मोर्चा महासचिव रोशन गिरीको बयान लिन चहाँदा उनले यो निर्णय मोर्चाको नरहेको बताएका छन। बन्दमा राजमार्गमा बाधा सृजना गर्ने मोर्चाको कुनै कार्यक्रम नरहेको गिरीले जयगाँउबाट फोन मार्फत जनाएका छन। यता, ज़ीटीएबारे मोर्चा समर्थित मञ्चलाई डूवर्समा जनसभा गर्ने अनुमति नदिने राज्य सरकारको निर्णयले मोर्चा प्रमुख बिमल गुरुङ क्षुब्ध बनेका छन। मोर्चा अनि जोन बारलापंथी आदिवासी बिकास परिषदको अगुवाईमा यहाँका 36वटा संगठनहरुको सहयोग लिएर गठन गरिएको जोइन्ट एक्शन को अर्डिनेशन कमिटिले आजदेखि डाकेको अनिश्चितकालिम बन्दको पहिलो दिन डूवर्सका अधिकांश क्षेत्रहरु बन्द रहे।कमिटिको पकड दूर्बल रहेका केही क्षेत्रहरुमा बन्दको आंशिक प्रभाव देखा परे पनि बाक़ी क्षेत्रहरुमा बन्द असरदार र सफल भएको को अर्डिनेशन कमिटिका प्रचार सचिव कृष्ण छेत्रीले दावी गरेका छन।
बन्दको अवधीमा आज डूवर्सका व्यापारिक, बित्तिय अनि शैक्षिक संस्थानहरु पूर्णरुपले अचल रहेका थिए भने आपतकालिन सेवाबाहेकका अन्य सरकारी कार्यालयहरुमा पनि बन्दको व्यापक प्रभाव देखियो। डूवर्स क्षेत्रमा आज यातायात सेवा पनि पूर्नरुपले ठप्प थियो।यता, डूवर्सका अधिकांश चियाकमानहरुमा कामकाज हुनसकेन। ज़ीटीएको सम्झौता गराएर पहाड अनि तराई डूवर्समा शान्ति पुनर्बाहाली गरिएको दाबी गर्ने राज्यकी मुख्यमंत्री ममता बेनर्जीलाई आजको घट्नाले नयाँ समस्यासँग सम्मुखिन बनाएको छ। तराई डूवर्सको अन्तर्भुक्तिमा अडिएको मोर्चाले आफ्नो कार्यक्रमलाई डूवर्स केन्द्रित गरे पछि अब राज्य सरकारको निम्ति क्षेत्रमा कानून व्यवस्था र साम्प्रादायिक सदभावना कायम राख्न नयाँ चुनौतिहरुको सामना गर्नु पर्ने देखिन्छ। (प्रदीप लोहागुणको रेपोर्ट)

0 comments: