Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Apr 2012

बन्द बाट दुइ दिनको छुट,जनसभा गर्ने अडिगमा कमिटि

25 अप्रेल(कालेबुङ):- मोर्चा समर्थित जोइन्ट एक्शन को अर्डिनेशन कमिटिले आजदेखि बन्दबाट दुइ दिनको छुट दिए पनि डूवर्समा जनसभा गर्ने अनुमति दिनु पर्ने कुरामा अडिग रहेको छ। कमिटिले बन्दलाई बिहीबार साँझसम्मको निम्ति शिथिल गर्ने निर्णय लिएपछि आजदेखि तराई डूवर्स र पहाडको जनजीवन सामान्य बनेको छ। यधपि, डूवर्सको बानरहाटमा मोर्चाविरोधी संगठन र व्यापारीहरुले उत्तेजना सृष्टि गर्दा केहीबेर क्षेत्रमा तनाउ उत्पन्न भएको जानकारी पाइएको छ। मोर्चासमर्थित कमिटिले डाकेको बन्दको विरोध गर्दै आज बानरहाटका मोर्चाविरोधी तत्व र व्यावसायीहरुले क्षेत्रका व्यापारिक संस्थानहरु बन्द राख्ने प्रयास गर्दा तनाउ सृजना भएको थियो। आज बिहानदेखि तराई डूवर्सको जनजीवन सुचारु बनेको छ। यता, पहाडमा पनि आजदेखि समतलतिर जाने वाहनहरुको चलाचल शुरु भएको छ। बन्दबाट छुट दिइएको कारण पहाड घुम्न आएका पर्यटकहरु आफ्नो गन्तव्यतिर फर्किन आतुर देखिए। सरकारमाथि दबाउ बनाउन हिजोदेखि मोर्चाले पहाडका तीनैवटा महकुमाहरुमा शुरु गरेको धारावाहिक र्यामली र पथसभाको कार्यक्रम पनि दुइ दिनको निम्ति स्थगित गरेको छ। दुइदिनको छूट पुरा भएपछि मोर्चाको नयाँ अडान के हुने हो भन्ने कुराले पहाड र तराई डूवर्सका जनमानसलाई पिरोलिरहेको छ। डूवर्समा जनसभाको अनुमति नदिइञ्जेलसम्म बन्द जारी राख्ने कुरामा मोर्चा अहिले पनि अडिग रहेको छ।

0 comments: