Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Apr 2012

कालेबुङमा सबला मेला स्वनिर्भर दलहरु उत्साहित

26 अप्रेल(कालेबुङ):- दार्जीलिङ जिल्लाका स्वनिर्भर दलहरुलाई प्रोत्साहन प्रदान गर्न कालेबुङमा बुधबारदेखि सप्ताहव्यापी सबला मेलाको आयोजना गरिएको छ। उत्तर बंगाल विकास मंत्री गौतम देवले यस मेलाको विधिवत उदघाटन गरे। दार्जीलिङ जिल्लाको महकुमाहरु दार्जीलिङ, खरसाङ, कालेबुङ अनि सिलगढीअन्तर्गतका 12 वटा खण्ड अनि तीनवटा नगरपालिकाहरुमा सक्रिय रहेका स्वनिर्भर दलहरुले मेलामा भाग लिएका छन। राज्य सरकारको स्वनिर्भर समूह अनि स्वरोजगार विभागले सबला मेलाको आयोजना गरेको हो। यो मेला आगामी 1 मईसम्म चल्नेछ। जिल्लाका स्वनिर्भर दलहरुले हस्तशिल्पद्वारा उत्पादन गरेको घरेलु सजावटका सामग्री, कृषि उत्पादनलगायत घरेलु उद्योगबाट निर्मित सर सामानहरु मेलामा प्रदर्शनी र बिक्रीको निम्ति राखिएको छ। स्वनिर्भर दलहरुद्रारा उत्पादित सामग्रीहरुको वजार व्यवस्थापन र बिपणनको निम्ति पनि विभागले पहल गरेको छ। क्षेत्रका स्वनिर्भर समूहका कर्मीहरु मेलालाई लिएर उत्साहित देखिएका छन। स्वनिर्भर दलहरुको उत्पादनको प्रचार प्रसार र बिपणनको निम्ति राज्य सरकारल क्षेत्रमा पहिलोपल्ट यस प्रकारको कार्यक्रम तय गरेको हो।

0 comments: