Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Apr 2012

मंत्रीको बैठकमा जनप्रतिनिधिहरु अनुपस्थित

25 अप्रेल(कालेबुङ):- दार्जीलिङ जिल्ला अस्पतालको संरचना र सेवामा विकास र सुधार ल्याउन आज डाकिएको बैठकमा दार्जीलिङका विधायक र नगरपालिका अध्यक्षको अनुपस्थितिले प्रश्न खडा गरेको छ। रोगी कल्याण समितिको अध्यक्षको हैसियतमा उत्तर बंगाल बिकास मंत्री गौतम देबले डाकेको सो बैठकमा दार्जीलिङका विधायक त्रिलोक देवान अनि नगरपालिका अध्यक्ष अमरसिंह राई आज अनुपस्थित थिए। यी दुवै जनप्रतिनिधिहरु रोगी कल्याण समितिको सदस्य रहे पनि आज बैठकमा उपस्थित नभएर मोर्चाले घोषणा गरेको सरकारी कार्यक्रमको बहिष्कार पालन गरेका हुन कि भन्ने प्रश्न खडा भाएको छ। आज सम्पन्न बैठकमा दार्जीलिङ जिला अस्पतालको मूलाधारहरुको बिकास र प्रशासनिक अनि स्वस्थ्य सेवामा सुधार ल्याउन सकिने सम्भावनाहरुबारे चर्चा गरिएको थियो। अस्पतालमा पानीको समस्या, आधारभूत संरचनाहरुको बिकास र सुधारसम्बन्धी बैठकमा छलफल भएको थियो। राज्य सरकारले डूवर्समा जनसभा गर्ने अनुमति प्रदान नगरेसम्म पहाडमा हुने सरकारी कार्यक्रमहरु बहिष्क़ार गर्ने मोर्चा प्रमुख बिमल गुरुङले केही दिन अघि घोषणा गरेका थिए। आजको महत्वपूर्ण बैठकमा क्षेत्रिय विधायक र नगराध्यक्षको अनुपस्थितिलाई यही प्रसंगमा हेरिँदैछ। यसबारे उत्तर बंगाल बिकास मंत्री गौतम देवले धेरै टिप्पणी गर्न चाहेनन। दुवै जनप्रतिनिधिहरुलाई बैठकमा निम्ताइएको भए पनि उनीहरु किन आएनन भन्ने कुराबारे आफू अनभिज्ञ रहेको मंत्रीले प्रतिक्रिया दिए।

1 comments:

Fight For The Right! said...

This reactionary move is quite good message to Tril-mule government . this will be much effective than 100s rallies on the road .