Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Jul 2012

दहाल मौन बस्ने रे

युजीआरएफ प्रमुख अजय दाहालले पहाडको ताजा राजनैतिक परिस्थितिलाई हेरेर मौन बस्ने नीति अपनाएको बताएका छन। पहाडको राजनैतिक मैदानमा युजीआरएफको मौनतालाई केन्द्र गरी आज पत्रकारहरुले दाहालसँग प्रश्न गर्दा उनले यस आशयको मंतव्य व्यक्त गरेका छन। दाहालले हाल आफूले मौन राजनीति गरिरहेको बताउँदै यसलाई राजनीतिबाट सन्यास लिने लक्षणको रुपमा हेर्न नहुने बताएका छन। युजीआरएफ जातीय मुक्तिको संघर्षबाट पन्सिन नसक्ने दाबी गर्दै राजनीतिबाट सन्यास लिने पत्रकारहरुको अनुमानलाई खारेज गरेका छन। उनले आफ्नो दलले जीटीए चुनाउमा भाग नलिने कुराको पुष्टि पनि गरेका छन। यता, तृणमूल कंग्रेसमा सामेल हुने अडकलबाजीमाथि विराम लगाउँदै दाहालले उक्त दलसँग नीतिगत मतभेद रहेको कारण सामेल हुन नसकिने बताएका छन। अर्कोतिर, जीटीए अस्तित्वमा आएपछि मोर्चाको रणनीति हेरेर नै युजीआरएफले आगामी कार्यक्रम तय गर्ने जनाएका छन।

0 comments: