Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Jul 2012

वर्षामा पनि पिउने पानीको समस्या

वर्षायामको समयमा पनि शहरमा पिउने पानीको समस्या उत्पन्न भएको बिषय लिएर माकपा नेता तारा सुन्दासले विभाग प्रति विभिन्न प्रकारको आरोपहरु लगाएका छन। दिर्घ दिनदेखि शहरमा पिउने पानिको समस्या उत्पन्न हुनुमा माकपा नेता तारा सुन्दासले विभागीय पक्षलाई नै दिष दिएका छन । आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि उनले विभगले ट्याङकी निर्माण गर्ने कार्य बन्द गरि पानिको स्रोतबाटा नियमित रुपमा पानि ल्याउने व्यवस्था मिलाउनु पर्ने सुजाउ दिएका छन। गत केही दिन अघि पनि सुन्दासले पिउने पानिकै समस्या बिषय लिएर विभागीय अधिकारीहरुलाई यसको समाधानको निम्ति पहल शुरु गर्नु पर्ने माग गरेका थिए । तर विभागीय अधिकारीहरुले सुन्दासको मागलाई गमर्भीरता पूर्वक नलिएर पिउने पानिको समस्या सम्बन्धि सुन्दासले उठाएका मागहरु आधार हिन रहेको एउटा दैनिकमा प्रकाशित गरेको थियो । बिभागले प्राकाशीत गरेको उक्त समाचारको खण्डन गर्दै सुन्दाशले अधिकारीहरु बिरुध गर्म्भीर आरोपहरु लगाएका छन। अधिकारीहरुले घुष खाएर पिउने पानिको मूल पाइपहरुमा ट्यापीङ सिस्टम सञ्चालन गरिरहेको उनको आरोप छ। आफुले संग्रह गरेका विभिन्न ट्यापिङ लाइनहरुको फोटो मिडिया अघि देखाउँदै सुन्दासले अधिकारीहरुले यथासिघ्र ट्यापिङ लाइन बन्द गर्नु पर्ने बताएका छन।

0 comments: