Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Jul 2012

अस्थायी व्यवस्थाको चुनाउमा भाग नलिने गोरानिमो

गोरानिमोले जीटीए सभाको चुनाउमा भग नलिने निर्णय लिएको छ। यस दलले पार्टी महा सचिवको पदमा जोन पौड्येललाई नियुक्ति गरेको छ।आज सम्पन्न भएको पार्टीको केन्द्रीय समितिको सभाले आगमी 29 जुलाईमा सम्पन्न हुने जीटीए सभाको चुनाउमा अंशग्रह्ण नगर्ने निर्णय लिएको आज दलका प्रमुख दावा पाखरीङले बताएका छन । जीटीएलाई अस्थायी व्यवस्था रहेको बताउँदै आज पार्टी अध्यक्ष दावा पाखर्रीङले जीतीए होइन तर छुट्टै राज्य गोर्खाल्याणडकै निम्ति पहाडका सम्पूर्ण जनत अघि आउनु पर्ने आह्वान गरेका छन यसै पत्रकार सम्मेलन मार्फत उनले तृणमूल कांग्रेसमा सामेल भएका आफ्ना दलका केन्द्रीय महा सचिव टिका खातीलाई पनि दल बाट निशकासीत गरेको घोषणा गरे। उक्त पदमा कालेबुङका जोन पौडयाल लाई नियुक्ति गरिएको छ।

0 comments: