Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Aug 2012

वाहनहरुको हडताल जारी

7 अगस्त (कालेबुङ):- ट्रक मालिक अनि सरकारी राशन आपूर्ति गर्ने
ठेकेदारहरुले आफूहरुसँग अन्याय गरेको आरोप लगाउँदै सिक्किम राज्यमा
एफसीआईको राशन बोक्ने ट्रक चालकहरुले आज नौ दिन पनि वाहनहरुको हडताल जारी
राखेका छन।
जनमुक्ति हिमालयन राजमार्ग चालक संगठनको ब्यानरमा एफसीआईको राशन बोक्ने
ट्रकका चालकहरुले गत 29 जुलाईदेखि आफ्ना वाहनहरु ठप्प पारेका छन।
चालकहरुले आफ्नो पाँच सूत्रीय मागहरुबारे ट्रक मालिक र राशनका
ठेकेदारहरुले सहमति जनाएपछि मात्र वाहनहरुको चलाचल सुचारु गर्ने अडान
लिएका छन। संगठनलाई सिलगडीको 31ए राजमार्ग ट्रकचालक संगठनको पनि समार्थन
रहेको यस संगठनको भनाई छ। विशेष गरी सिलगढीबाट एफसीआईको राशन लिएर
सिक्किम लाने चालकहरुलाई राशनको मात्रा केही कम भएको खण्डमा बाहनका
मालिकहरुले उनीहरुको वेतनबाट पैसा काट्ने गरेको गुनासो छ। यसबारे ट्रकका
मालिकहरुमाथि दवाउ बनाउन चालकहरुले मालिकहरुको कार्यको प्रतिवाद जनाउँदै
वाहनहरुको चलाचल बन्द गरेको भए पनि राशनका ठेकेदारहरुले पनि मालिकबाट
यसरी नै पैसा काट्ने गरेको कुरा मालिकपक्षले स्पष्ट पारेपछि अहिले दुवै
पक्ष राशन आपूर्ति गर्ने ठेकेदारहरुको विरोधमा खडा भएको छ। चालकहरुले
प्रतिवादस्वरुप आफ्ना वाहनहरु टिस्टा पूल नजिक राजमार्गमा खडा गरेका छन।
यस मामिलामा चालकहरुको हितमा निर्णय नभैञ्जेल वाहनहरुको चलाचल ठप्प
राख्ने संगठनको भनाई छ। यसबाहेक राशन लोड गर्दा पनि ठेकेदारहरुको
वाहनहरुलाई प्राथमिकता दिएर पालो पर्खेर बस्ने चालकहरुले समस्या भोग्ने
परेको उनीहरुको भनाई छ। वाहनमा निर्धारित मापदण्डभन्दा धेर राशनबोक्ने
गरेको कुरामा पनि आपती जनाएका छन। आज चालकहरुले यस मामिलामा कालेबुङ
पुलिसलाई आपती जनाए पछि पुलिसले एफसीआईको राशन बोक्ने ट्रकहरुलाई ओभर
लोडको मामिलामा चलान गरी सिक्किम जान छोडि दिएको छ। यता चालकहरुले
आफूहरुसँग अन्याय भएको गुनासो पोखेका छन। राशनका ठेकेदार अनि ट्रक मालिक
दुवै पक्षबाट चालकहरु पिडीत बन्नु परिरहेको उनीहरुको दावी छ। चालक
संगठनका अध्यक्ष उत्तम राईले यस समस्याबारे प्रकाश पार्दै मामिलाको उचित
ढंगमा सम्झौता नभैञ्जेल ट्रकहरुको हडताल यथावत राख्ने बताएका छन। उनले
चालकहरुको उद्देश्य सिक्किमका जनतालाई दुःख दिन नरहेको तर बिषम
परिस्थितिको कारण चालकहरुले यो निर्णय लिन बाध्य हुनु परेको जनाएका छन।

0 comments: