Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Aug 2012

भ्रष्टचारको विरोध, सबैलाई शिक्षा अनि सम्मानजनक रोजगारको मागमा संसद मार्च।(दिल्लीमा भ्रष्टचारको विरुद्ध धरनामा ग्रकायुमोको अंशग्रहण)

प्रेष-विज्ञप्ती
‘अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको सङ्घर्ष हाम्रो जीवन मरणको प्रश्न हो अनि यस आन्दोलनलाई देशभरिका उत्पीडित जनता अनि विप्लवी शक्तिहरूको साथ र समर्थन दिए हाम्रो जातीक मुक्तिको सङ्घर्ष सफल हुनेछ। देशभरिका उत्पीडित श्रेणीको सङ्घर्षमा हामी लड्नेछौँ अनि हाम्रो जातीक सङ्घर्षमा विप्लवी शक्तिहरूको साथ अनि एकताको प्रतिवद्धतालाई पनि सदैव काँधमा लिएर हिड्नेछौँ। गणतान्त्रिक भारतमा उत्पीडित अल्पसंख्यक जातिहरूको जातीय सङ्घर्षलाई देशभरिका जनताले बल प्रधान गरुन भन्ने उद्देश्यले हामी दिल्ली आएका छौँ।’ – भारत स्वाधीनता संग्राममा ‘भारत-छोडो’ आन्दोलनको ऐतिहासिक दिन पारेर दिल्लीको जन्तर मन्तरमा ‘भ्रष्ट्रचारको विरोध अनि सबैलाई रोजगार’-को मागमा आइसा अनि आर.वाई.ए आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै क्रामाकपाका छात्र-युवा प्रभारी कमरेड शेखर छेत्रीले बताए।दार्जिलिङबाट यस कार्यक्रममा गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले अंशग्रहण गरेका थिए। देशभरिबाट लगभग दस हजारभन्दा बडी युवा-विद्यार्थीहरूको जमायत रहेको उक्त कार्यक्रममा देशमा फैलिएको भ्रष्टचारबारे बोल्दै शेखर छेत्रीले बताए- ‘देशमा भ्रष्ट्रचार केन्द्रदेखि क्षेत्रीय तहसम्मै जुन रूपमा फैलिएर गएको छ यसबाट देशका उत्पीडित श्रेणीसहित सम्पूर्ण देशको विकाश प्रक्रियालाई सङ्कटग्रस्त पारेको छ। देशका शासकवर्गले आफ्नो हित अनुकुल ऐन-कानुन निर्माण गरेर जनाकांक्षालाई जसरी निर्ममतापुर्वक दबाउने कोसिश गरिरहेका छन्, त्यो भर्त्सनायोग्य छ।’ उनले थप बताए ‘आज देशमा भ्रष्टचारको विरोध गर्न अघि आएका उदार शक्तिहरू कमजोर मनोबल अनि आन्दोलनको अस्पष्ट रूपको कारण शाषकवर्गले सहजै लत्याउदै आएको छ यसलाई केवल विप्लवी शक्तिहरूको एकता अनि जुझारू आन्दोलनले मात्र सही उत्कर्षतिर दोहोऱ्याउन सक्छ।’कार्यक्रमलाई सम्बोधन गर्दै ए.आई.सी.सी.टि.यु –का महासचिव सपन मुखर्जीले भने ‘देशमा विद्धमान भ्रष्टचार जस्तो रोग सहनशील र कमजोर आन्दोलनको भरमा मात्र निमिट्यान्न पार्न सकिन्न। सरकारलाई भ्रस्टचारलाई उखेलेर फ्याक्ने प्रभावशाली उपाय ग्रहण गर्न वाध्य बनाउने हो भने विप्लवी अनि जुझारू आन्दोलन निर्माण गर्नु पर्छ।’अल इन्डिया स्टुडेन्ट एसोसिएसनका राष्ट्रिय सचिव रवि रायले भने ‘बिगत बर्षमा हामीले जन्तर मन्तरमा भ्रष्टचारकै विरोधमा प्रशासनबाट जन्तर मन्तरमा धरनाको निम्ति तोकिएको मियादको अवामानना गर्दै जनताको आवाज फैलाउन १०० घन्टे बेरिकेड-को कार्यक्रम गरेका थियौँ। यसचोटी हामी संसद भवनतिर पस्न अघि लगाइएको प्रहरी ब्यरिकेड तोडेर देशका शासकवर्गलाई यो चेतावनी दिन चाहन्छौँ कि आगामी दिन हामी भ्रष्टचारको विरुद्ध देशव्यापी रूपमा यसभन्दा घनिभुत आन्दोलन निर्माण गरेर लैजानेछौँ।’कार्यक्रममा सी.पी.आई.एम.एल (लिबरेसन)-का महासचिव दीपंकर भट्टाचार्य, आईसा नेता अबुध्या, आइसा नेत्री सुचिता दे, आर.वाई.ए-का राष्ट्रिय अध्यक्ष मोहम्मद सलिम आदिले पनि सम्बोधन गरेको उक्त कार्यक्रममा युवा-विद्यार्थी संस्कृतिक कर्मीहरूले जन-संगित प्रस्तुत गरेर कार्यक्रमलाई रोचक तुल्याए।कार्यक्रमको दोस्रो चरणमा हजारौंको संख्यामा देशभरिका विप्लवी युवा-विद्यार्थीहरू संसदको ब्यारीकेड तोड्न जन्तरमन्तरबाट ठुलो जुलुस निकालेर संसद भवनतिर बढ्यो।यसमा अलग राज्य गोर्खाल्याण्डको मागसहितको ब्यानर लिएर गणतान्त्रिक क्रान्तिकारी युवा-मोर्चा अनि गणतान्त्रिक क्रान्तिकारी विद्यार्थी मोर्चाका कार्यकर्ता अनि नेतृत्वहरू पनि ब्यारिकेड तोड्ने कार्यक्रममा सहभागी बने। पहिलो ब्यारिकेड तोडेर दोस्रो तोड्ने कोशिसमा सङ्घर्ष हुँदा प्रहरी बलले जता-ततै लाठी चार्ज गर्न थाले। जसमा जे.एन.यु आइसा-का विद्यार्थी नेता अभिषेक यादवलाई शीरमा गहिरो चोट लाग्यो। जे.एन.यु-कै विद्यार्थी परिषदकी अध्यक्ष सुचिता दे लगायत अन्य ४०-४५ युवा युवती पनि घाईते भए। यस सङ्घर्ष पछी प्रहरी बलले आईसा, आर.वाई एफका लगभग ६० कार्यकर्तालाई हिरासतमा लिए। तर पछी समर्थकहरूले आफ्नो नेता मुक्त नगरिएसम्म त्यो क्षेत्रबाट नहट्ने अड्डी लिएपछी प्रहरीले पक्रा गरेका सम्पूर्ण राष्ट्रिय नेतृत्व अनि युवा-विद्यार्थीलाई मुक्त गरिदिए। त्यसपछी जुलुस नारा अनि जनसंगित गाउँदै पुन जन्तर-मन्तरको सभास्थलमा आएर कार्यक्रमको औचित्य पुरा अनि सफल भएको घोसणासितै कार्यक्रमको अन्त गरियो।
(प्रेष-मिडिया प्रभारी मिलन छेत्रीद्वारा प्रेषित)

0 comments: