Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2013

कालेबुङमा सुरक्षा व्यवस्था कडा

प्रज्ज्वल छेत्री कालेबुङ, ८ मार्च| तृणमूल कङ्ग्रेस नेताहरूमाथि आक्रमण भएको तीन दिन पूरा भइसक्दा पनि मुख्य आरोपीहरू बेपत्ता छन्| पक्रा परेका आरोपीहरूमध्ये एक अनिल छेत्रीलाई मुख्य आरोपी रहेको दावी पुलिसले गरेपनि पिडीत पक्षले गरेको प्राथमिकीमा भने युवा मोर्चाका शीर्षस्थ नेतृत्वको नाम छ| तृणमूल नेतृत्वमाथि आक्रमण भएलगत्तै दर्ता गरिएको प्राथमिकीमा नाम उल्लेख भएका एकैजनालाई पनि पुलिसले पक्राउ गर्न सकेको छैन| प्राथमिकीमा युवा मोर्चाको महकुमा समितिका अध्यक्ष बारुद थापा, सचिव विनय घिसिङ अनि प्रभात घिसिङको नाम उल्लेख छ| यी मुख्य आरोपीहरूलाई अझसम्म पक्राउ गर्न पुलिस प्रशासन असक्षम छ| यद्यपि, यी आरोपीहरूको खोजी अभियान जारी राखेको पुलिस प्रशासनको भनाइ छ| अहिलेसम्म पॉंचजनाको पक्राउ बाहेक अन्य आरोपीहरूको खोजी अभियान पुलिसले तीब्र रुपमा गरिरहेको भएपनि उनीहरू पुलिसको पञ्जामा परेका छैनन्| तृणमूल कङ्ग्रेस नेतामाथि भएको प्राणघातक हमलापछि देखापरेको संत्रासपूर्ण वातावणलाई साम्य पार्न जनसाधारणको सुरक्षालाई ध्यानमा राख्दै कालेबुङमा अर्धसैनिक बल तैनाथ गरिएको छ| दार्जीलिङ पुलिस अधिक्षक कुनाल अग्रवालको कालेबुङ भ्रमणपछि तुरन्तै यहॉं आइआरबी(इण्डियन रिजर्ब बटालियन) परिचालन गरिएको छ| कालेबुङमा देखापरेको तनाउग्रस्त परिस्थितिको कारण छाएको अशान्तिको माहोलपछि हिजो राती एघाह्र बजीतिर दुइ प्लाटुन आइआरबी कालेबुङ आइपुगेको थियो| राज्यको सत्तासिन दल तृणमूल कङ्ग्रेसका नेता छेवाङ भोटियामाथि प्राणघातक हमला भएपछि ब्रिग्रिएर गएको यहॉंको परिस्थितिमा थोरै संख्यामा भएपनि शुरुको दिनमा नै र्‍यापीड एक्सन फोर्स तैनाथ गरिएको थियो भने आजदेखि आइआरबी पनि परिचालन गर्न परेको छ| ६० जना आइआरबी जवानहरूले आजदेखि कालेबुङमा गस्ती लगाइरहेका छन्| कालेबुङ ल्याएको दुइ प्लाटुन आइआरबीका जवानहरूमध्ये केहीलाई आज नै गोरुबथान पनि लगिने सूत्रको खबर छ|

0 comments: