Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2013

कालेबुङमा पत्रकार सम्मेलन भवन

कालेबुङ, ८ मार्च| कालेबुङका श्रमजीवि पत्रकार समुहको नयॉं कार्यालयको आज औपचारिक उद्घाटन गरियो| महकुमा अधिकारी एलएन शेर्पाको बाहुलीबाट कार्यलयको उद्घाटन गरिएको थियो| यस अवसरमा महकुमा अधिकारी एलएन शेर्पा प्रमुख अतिथि थिए भने गोर्खा दुःख निवारक सम्मेलनका पदाधिकारीहरू उदय कुमाइ, आरएल त्रिखत्री, सोनाम टी भोटिया विशेष रुपमा उपस्थित थिए| कालेबुङका विभिन्न दैनिक अनि च्यानहरूसित संग्लन पत्रकारहरूको भेटघाट अनि पत्रकार सम्मेलन गर्न यस कार्यलयलाई प्रयोग गरिने तय भएको छ| आज यसै कार्यक्रमबीच पत्रकार समुहको पहलका किड्नीरोगी गौतम लामाको निम्ति संग्रहित राशी १ लाख ४७ हजार ९ सय ३६ रुपियॉं तिनको परिवारलाई सुम्पिएको छ| राशी जुटाउनमा पत्रकार समुहलाई सहयोग पुर्‍याउने जनजागण कल्याण सङ्घ अनि सेन्टट्रिजा चर्चका सदस्यहरू उपस्थित थिए| महकुमा अधिकारी शेर्पाले गौतम लामाका पितालाई राशी प्रदान गरे| यता, मुख्य अतिथिको रुपमा महकुमा अधिकारी एलएन शेर्पाले पत्रकारहरूको यो दइवटै पहलको सराहना गरे| तिनले पत्रकारहरूले सङ्गठित अनि ढॉंचागत रुपमा काम गर्न कार्यालयको व्यवस्थाले धेरै सहयोग पुग्ने विचार व्यक्त गरे| अहिलेसम्म कन्भरेन्स हल नभएको कुरा महशुस गरेका अधिकारी शेर्पाले अबउसो सबै राजनैतिक अनि सामाजिक सङ्गठनहरूले पत्रकार सम्मेलनको निम्ति यस कार्यलयलाई प्रयोगमा ल्याउन आह्वान गरेका छन्| यसै कार्यक्रबीच कवि मनोज वोगटीलाई युुवा साहित्य अकादमी पुरस्कारको निम्ति चयन भएकोमा खदा अर्पण गरी बधाइ टक्राइयो| भुवन पी. खनालले सञ्चालन गरेको कार्यक्रममा प्रदिप लोहागुणले स्वागत भाषण राखेका थिए भने अजय अग्रवाल, मनोज वोगटी आदिले सम्बोधन राखेका थिए| कार्यक्रममा समयदैनिक, हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, स्वर्णभूमि, जनपथ, दैनिक जागरण, हिमालय मिरर, सिक्किम मेल, प्रभात वार्ता साथै, सिक्किमको नयुमा समाचार, कालेबुङबाट एचपीसी, केटीभी, दैनन्दिनी, एकता टिभी आदि हाउसित सम्बन्धित पत्रकारहरूको उपस्थिति थियो|

0 comments: