Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2013

नियुक्ति नपाउँदा शिक्षकले गरे आत्माहत्या

कालेबुङ, ८ मार्च| गोरुबथान निवासी शिक्षक विकास राई उर्फ पारस(४८) ले घॉंटी रेटेर आत्माहत्या गरेका छन्| गोरूबथानदेखि केही टाडा फूलबारीका बासिन्दा उनको फुपूको घरमा कोही नभएको समय बिहिबार २ बजीतिर उनले आत्माहत्या गरेको खबर छ| आज उनको शव पोष्टमर्टमको निम्ति कालेबुङ महकुमा अस्पताल ल्याइएको थियो| परिवारपक्षबाट उनका आफन्त सुरेश सुब्बाअनुसार, यसपल्टको शिक्षक नियुक्ति उनले नपाउनु पनि मृत्युको कारण हुनसक्ने अनुमान छ| उनी तुङ्लाबुङ निमबस्ती प्राथमिक पाठशालामा २००२ सालदेखि नै अस्थायी शिक्षकको रुपमा कार्यरत थिए| यसपल्ट जीटीएले २००२ मा अन्तर्वार्ता दिने प्रार्थीहरूको नियुक्ति पत्र पठाउँदा उनले पाएनन्| यस विषयमा उनले घरमा परिवारपक्षलाई कुरा गरिरहने हुँदा नियुक्ति पत्र नपाउनु नै उनको मृत्युको कारण हुनसक्ने परिवारपक्षको अनुमान छ| यद्यपि, यो केवल अनुमान भएपनि यसको ठोस् प्रमाण भने छैन| परिवारपक्षबाट सुरेश सुब्बाले अझ भनेअनुसार, उनले यसभन्दा अघिपनि आत्माहत्या गर्न प्रयास गरेका हुन्| उनी मानसिक रुपमा असन्तुलित थिए| कुनै पनि घटनाको खबर एकैचोटी पाउँदा आवेशमा आउने उनको विरामीको कारणले गर्दा वर्षौंदेखि अस्थायी रुपमा कार्य गरेपनि यसपल्ट शिक्षक नियुक्ति पत्र नपाउँदा नै आत्माहत्या गरेको हुन कि भन्ने परिवारपक्षको शंका छ|

0 comments: