Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Apr 2013

शरीरमा आगो झोसेर 16 वर्षीय किशोरीद्वारा आत्माहत्या

कालेबुङ, 27 अप्रेल। आज बेलुकी लगभग 5 बजीतिर यहॉंको भालुखोपस्थित मुर्दाघरमा गएर शरीरभरि मट्टितेर छर्केर एकजना किशोरीले आत्माहत्या गरेकी छन्‌। आत्मादाह गर्ने किशोरी 16 वर्षीय रक्षा छेत्री रम्बी निवासी हुन्‌। घटनाअनुसार केही दिनदेखि उनी भालुखोपस्थित आफन्तको घरमा बस्नेगर्थिन्‌। आज दिउँसो उनी मट्टितेल ल्याउनको निम्ति राशिन दोकान गएकी थिइन्‌। तर यसैबीच राशिन दोकानबाट घरतर्फ फर्किँदै गर्दा उनले राशिन दोकनबाट ल्याएको मट्टितेल आफ्नै शरीरमा हालेर आफैलाई आगो लगाकी हुन्‌। शरीरमा आगो दन्किएपछि उनी धेरै जोडले कराउन पुगेकी थिइन्‌। केही टाडामा घॉंस काटिरहेका एक व्यक्तिले उनको आवाज सुनेपछि युवक घटनास्थलमा पुगेपनि धेरै अबेर भइसकेको थियो। यसैबीच दमकललाई सम्पर्क गरिएको भएपनि युवतीको मृत्यु भइसकेको बताइएको छ। पुलिसले घटनास्थलमा पुगेर हेर्दा युवतीको मृत्यु भइसकेको थियो भने उनकै फोन भेटेपछि मात्र मृतक युवतीको पहिचान हुनसकेको हो। युवतीको शव पोष्टमोर्टमको निम्ति कालेबुङ महकुमा अस्पताल पठाइएको छ भने आत्माहत्याको कारण खुल्न सकेको छैन।

0 comments: