Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Apr 2013

धिरेन अनि बलरामको संयुक्त गजल सङ्‌ग्रह ‘मनको मझेरीमा’को -लोकार्पण

कालेबुङ, 27 अप्रेल। धिरेन सङ्घर्ष अनि बलराम राईको संयुक्त गजल सङ्‌ग्रह ‘मनको मझेरीमा’ नामक पुस्तक कालेबुङ पत्रकार सम्मेलन भवनमा आज लोकार्पण भयो। कार्यक्रममा अतिथिहरूको रुपमा उपस्थित कथाकार सञ्जय विष्ट, कवि सुधिर छेत्री अनि गजलकार एवं समिक्षक शैलेन्द्र शमदर्शीको बाहुलीबाट पुस्तक लोकार्पण गरिएको हो। ‘मनको मझेरीमा’-पुस्तक धिरेन सङ्घर्षको तेस्रो कृति हो भने बलराम राईको यो प्रथम कृति हो। यस कार्यक्रममा गलजकार सङ्घर्ष अनि राई दुवैले आफ्नो कुराहरू राख्दै गजल बाचन गरेका थिए। ‘नेपाली साहित्य लेखन परम्परामा गजल लेखनको महत्व छुट्टै। यसले पाठकलाई प्रचुर रस प्रदान गर्नसक्छ अनि यो विधामा कलम चलाउनेहरू निक्कै कम रहेकोले नै मैले गजल लेख्ने प्रयास गरेको हुँ’-बलराम राईले भने। अर्कोतिर धिरेन सङ्घर्षले भने, गजल लेखन धेरै गाह्रो विधा हो। गजल लेख्दा धेरै नियम पालन गर्नुपर्ने भएकाले अग्रजहरूको सहल्लाहअनुसार गजलहरू नियमबद्ध रुपमा नै रचना गर्ने प्रयास गरेका छौं। पत्रकार प्रज्जवल छेत्रीले स्वागत भाषण राखेको कार्यक्रममा गजलकार सुवास श्रेष्ठले दुवै पुस्तक रचनाकारको परिचायक भाषण राख्दै पुस्तकमा समावेश गजलहरू केलाएका थिए। ‘मनको मझेरीमा’-पुस्तकमा दुवै रचनाकारले खुबै आकर्षक ढङ्गमा गजलहरू कोरेका छन्‌ जहॉं गजलका नियमहरू पनि असल रुपमा पालन गरिएको छ’-श्रेष्ठले भने। मुख्य रुपले उपस्थित कथाकार सञ्जय विष्टले गजल विधामा यी दुवै युवाहरूले चलाएको कलमलाई सराहनीय बताए। ‘शुरुमा कोही पनि तिखारिएका हुँदैन्‌। तर लेखनलाई निरन्तरता दिनुपर्छ। भविष्यमा युवा दुइ युवाका गजल लेखनले धेरै पाठकहरूलाई तान्नसकोस्‌’-उनले भने। गजल समीक्षक शैलेन्द्र समदर्शीले गजल लेखनबारे समीक्षात्मक वक्तव्य प्रस्तुत गरेका थिए। यसरी नै कवि सुधिर छेत्रीले गजल विधा नेपालीको मौलिकता होइन भन्नु नहुने भन्दै साहित्यमा अब कुनै पनि विधा मौलिकता नरहेर ग्लोबल भइसकेको बताए। प्रदिप लोहागुण अनि अमिर बस्नेतको कविता वाचन साथै सुवास श्रेष्ठको गजल गायनले कार्यक्रमको रौनकता बढाएको थियो। पत्रकार अनिल तेलैजाले सञ्चालन गरेको कार्यक्रममा पत्रकारहरू छेवाङ योञ्जन, याम तामाङ्ग, नरेद्र तामङ्ग, ललिता प्रसाद आदिको विशेष उपस्थिति थियो।

0 comments: