Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Apr 2013

कालेबुङको विकास अनि पूर्वाधारहरूको निर्माण गर्न जीटीएले 66 करोड रुपिँया खर्च गर्ने

प्रज्ज्वल छेत्री कालेबुङ, 27 अप्रेल। कालेबुङमा नयॉं पूर्वाधारहरूको निर्माण अनि विकासमूलक परियोजनाहरूको निम्ति जीटीएले लगभग 66 करोड रुपिँया खर्च गर्ने तय गरेको छ। जीटीएमार्फत कालेबुङमा अघिबाटै शुरु भइसकेको अनि हुनलागेको धेरै परियोजनाहरूको निमित्त उक्त राशीको अनुमोदन प्रक्रिया चलिरहेको जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले बताएका हुन्‌। यहॉंको नोभेल्टी परिसरमा आयोजित आजको विभागीय कार्यक्रममा उनले यसबारे जानकारी गराउँदै विस्तृत रिपोर्ट पेश गरेका हुन्‌। कालेबुङको निम्ति जीटीएमार्फत गरिने विकासमूलक परियोजना अनि निर्माणलागतबारे उनले आज रिपोर्ट पेश गरेका थिए। उनीअनुसार, आज नोभेल्टी परिसरमा शिलान्यास भएको मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्स कालेबुङको निम्ति सबैभन्दा महत्वपूर्ण विकास कार्य हो। यस परियोजनाको निम्ति जीटीएले 17 करोड रुपियॉं अनुमोदन गरेको छ। भोटियाअनुसार, यस परियोजनाको कारण विस्तापित हुनसक्ने लगभग 50 परिवारको व्यवस्थापानको निम्ति अझ दुइचार करोड रुपिँया बढाइनेछ। यसरी नै, कफेरको सरकारी लज डॉंफे-मुनालको आधुनिकीकरणको निम्ति एक करोड सात लाख राज्य सरकारले प्रदान गर्नेछ। गोरुबथानस्थित दालिनगढीको पुनर्निर्माण गर्न 90 लाख, चेलखोलाको सुन्दरीकरणको निम्ति 75 लाख, लाभानजिक रहेको पर्यटनस्थल रिकीसुमको पूर्वाधार निर्माणको निम्ति 76 लाख, डेलो टुरिष्ट लजको बिजुलीसजावटको निम्ति 14 लाख रुपियॉं अनुमोदन भएको छ। ‘कालेबुङमा धेरैवटा नयॉं परियोजनाहरु निर्माण गर्ने जीटीएको सोच छ। ‘कालेबुङमा शुरु भइसेकेको निम्ति शुरु हुनलागेको विकासका योजनाहरू पूर्ण गर्न लगभग 66 करोड रुपिँया खर्च हुनेछ’-निर्देशक सोनाम भोटियाले भने। आज जारी गरिएको तथ्याङ्‌कअनुसार, रेलीमा पर्यटन विकासको पूर्वाधार निर्माण गर्न वाटर किङ्गडमको निम्ति आठ करोडको बजेट छुट्टाइएको छ भने लाभाको नोकडॉंडा, कालेबुङ र चित्रेको पर्यटन स्वागत केन्द्र(टीआरसी), टिस्टानजिक त्रिवेणीको विभागीय लज, लाभाको छाङ्गे फल्स, मूलखर्क आदि स्थलहरुको पूर्वाधार विकास, आधुनिकीकरण, सुन्दरीकरण र मरम्मतसम्भारको निम्ति जीटीएले करोडौं रुपियॉं खर्च गर्ने भएको छ। अर्कोतिर, जीटीए पर्यटन विभागका मेम्बर अन ड्युटी दावा लेप्चाले भने, कालेबुङमा यी परियोजनाहरुको निर्माण कार्य पूरा भए यो क्षेत्र आकर्षक पर्यटनस्थलको रुपमा स्थापित हुनेछ। यी योजनाहरुको निर्माणले कालेबुङबासीलाई सुखसुविधा मात्र प्रदान गर्दैन तर कालेबुङको नयॉं परिचय हुने विश्वास पनि उनले प्रकट गरेका छन्‌। यी परियोजनाहरू आम नागरिक अनि विभागको मैत्रीपूर्ण सम्बन्धमा मात्र साकार हुने भएकोले सबैले सहयोग पुर्‍याउनेपर्ने पनि उनले आह्वान गरेका छन्‌।

0 comments: