Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Jun 2013

तृणमूल नेता छेवाङ हमलाकाण्डमा अझ एकको पक्राउ

कालेबुङ, 15 जून। हील तृणमूल कङ्‌ग्रेसका नेता नेता छेवाङ भोटियामाथि कालेबुङमा भएको प्राणघातक हमलाको आरोपमा पुलिसले हिजो राती थप एकजना आरोपीलाई पक्राउ गरेको छ। हिजो राती करीब 7 बजी यहॉंको हरिजन रोडबाट पुलिसले डा. ग्राहम्स होम्स निवासी विनय दियालीलाई पक्राउ गरेको हो। पुलिसले आरोपी दियालीलाई आज न्यायलमा पेश गरेको थियो। उनको पक्षबाट जमानतको निम्ति आवोदन गरिएको भएपनि उनले जमानत पाएनन्‌। उनलाई 7 दिनको न्यायिक हिसारतमा पठाइको छ। स्मरण गराइन्छ, छेवाङ हमलाकाण्डमा अहिलेसम्म जम्मा 8 जना आरोपीहरू पक्रा परिसकेका छन्‌। जसमा पहिलेबाटै पक्रा पर्ने सातजनामध्ये केहीले जमानत पाइसकेको छ भने प्राथमिकीमा नाम हुने युवा मोर्चाका शीर्षर्थ नेतृत्वहरूको खोजी अभियान जारी राखेको पुलिस सूत्रले जनाएको छ।

0 comments: