Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Jun 2013

चुनाउ प्रचारको निम्ति जॉंदैमा अशान्ति कसरी?-मोर्चा

कालेबुङ, 21 जून। मोर्चा अध्यक्षको प्रवेशले डुवर्समा अशान्ति हुने सम्भावना देखेको हिल तृणमूलको वयानमाथि मोर्चाका सहसचिव विनय तामाङले प्रतिक्रिया जाहेर गरेका छन्‌। हिल तृणमूलका नेतृत्वहरूको आरोपको प्रतिक्रिया दिइरहन कुनै आवश्यकता नरहेको बताउँदै भएपनि उनले मोर्चा प्रमुख चुनाउ प्रचारमा जॉंदैमा डुवर्समा अशान्ति हुन्छ भन्नेकुराको अवमानना गरेका छन्‌। ‘मोर्चा अध्यक्ष बिमल गुरूङ चुनाउ प्रचारको निम्ति डुवर्स जॉंदैमा कसरी अशान्ति हुनसक्छ? अध्यक्षको प्रवेशले त्यहॉं अशान्ति हुन्छ भन्नेकुरा कतैबाट पनि सान्दर्भिक छैन। एक जना नेता चुनाउ प्रचारको निम्ति कुनै पनि क्षेत्रमा जानै सक्छन‘-उनले भने। भोटियाको आरोपको खण्डन गर्दै उनले अझ भनेअनुसार, चुनाउको निम्ति मोर्चाले जीएलपी परिचालन गरेको होइन। उनीहरू त मतदान गर्न घर फर्केका हुन्‌। भोटियाले लगाएको जम्मै आरोप निराधार रहेको उनले बताए।

0 comments: