शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
13 Oct 2011
कालेबुङ शहरमा पेयजलको समस्या यथावत
मुख्यमन्त्री ममता बेनर्जीले करोडौं रुपियाँको योजनाहरुको घोषणा गरेर फेरि एकपल्ट पहाडवासीहरुको मन जित्ने प्रयास गरेकी छन्
सरकारी अनि राजनैतिकरुपमा नै छुट्याइँदैछ कालेबुङलाई?
जुनै पनि आन्दोलनमा कालेबुङको भूमिका महत्वपूर्ण मानिन्छ। कुनै पनि दलको साङ्गठानिक बलियोपन पनि कालेबुङसित नै जोडिएको इतिहास छ। त्यसै कारण गोर्खा जनमुक्ति मोर्चाले सबैभन्दा पहिले गोरामुमोको गढ कालेबुङलाई नै दलीय विस्तारको केन्द्र बनाएको थियो। एकपल्ट कालेबुङ भत्कियो भने त्यहीँबाट निर्माण शुरू हुन्छ। गोर्खा जनमुक्ति मोर्चाको निर्माणमा कालेबुङ नै जादूको छडी बनेको थियो। अहिले कालेबुङलाई सरकारीरुपले मात्र होइन राजनैतिकरूपले पनि बाहिर राख्ने कुटनीति भइरहेको धेरैले अनुमान गरेका छन्। जब 11 वर्ष जेलयापन गरेर छत्र सुब्बा कालेबुङ फर्किए कालेबुङमा धेरैवटा राजनैतिक सङ्गठनहरूको धरातलमा भुइँचालो शुरू भएको छ। किन भने सबैभन्दा सक्रिय विपक्षको गढ कालेबुङमा नै छ। गोरामुमोकालमा दागोपापको विरोध पनि कालेबुङबाट नै भएको थियो।
छत्र सुब्बाले जीभीसीलाई नै जीएलओमा रुपान्तर गरेर दागोपापको सम्झौताको विरोध गरेका थिए। तिनलाई राजनैतिक षडयन्त्र गरेर 11 वर्ष जेल हालिएको अहिले प्रमाणित भएको छ। अजय दाहालले पनि छुट्टैराज्यको निम्ति कालेबुङबाट नै जङ्गि आन्दोलन गरेका थिए। तिनी पनि जेल परेर अहिले नयॉं शैलीमा गोर्खाल्याण्डको निम्ति काम गरिरहेका छन्। गोखार्र् जनमुक्ति मोर्चाले जीटीएमा हस्ताक्षर गरेपछि यसको विरोधमा कालेबुङबाट नै विपक्षका नेताहरूले व्यापक विरोध गरिरहेका छन्।
राजनैतिकरूपले कालेबुङको महत्व गम्भीर रहेको राजनैतिकजीवीहरूले पनि मान्दै आइरहेको छ। छत्र सुब्बाको कालेबुङ प्रवेश, भुइँचालो अनि मोर्चाभित्रको अन्तरद्वन्द्वपछि अहिले धेरैपक्षमा कालेबुङलाई बाहिर राखिएको अनुभव गर्नेहरूको संख्यामा वृद्दि भइरहेको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले कालेबुङका नेताहरूलाई गर्नुसम्मका गाली गरेका थिए भने तिनले हाक्काहाक्की नै कालेबुङ छुट्टिन चहान्छ भने छुट्टिनसक्छ भनेर चुनौती समेत दिएका थिए। आन्दोलनको केन्द्र दार्जीलिङ हुने अनि दार्जीलिङले नै सबै क्षेत्रलाई देखरेख गर्ने जुन संस्कार छ, यसले धेरैपल्ट कालेबुङले हेपाइ भेटेको अनुभव गर्नेहरू पनि धेरै देखिएको छ। भुइँचालोमा कालेबुङले 118 करोड 46 लाखको हानि बेहोर्नुपर्यो तर मुख्यमन्त्रीले एउटा विद्यालय बाहेक कालेबुङका कुनै क्षेत्रको विकासको निम्ति विकास प्याकेजको घोषणा गरेनन्। जब कि कालेबुङ सबैभन्दा धेर भुइँचालो पीडित क्षेत्र रहेको छ। मुख्यमन्त्रीले कालेबुङलाई सरासर छुट्याएको कुरा पनि अहिले धेरै चर्चामा रहेको छ। किन कालेबुङलाई सबैकुराबाट बाहिर राख्ने काम भइरहेको छ? यसको ठोस कारण भने कसैले पत्तो लगाउन सकेका छैनन्। सबैले नै के अनुमान गरिरहेका छन् भने कालेबुङ आन्तरिकरूपले अब छुट्टाराज्यको निम्ति सङ्गठित हुने दिशातिर उन्मुख भइरहेको विभिन्न अडकलबाजी लगाइन थालेको छ। यसकै कारण कालेबुङलाई सबैपक्षबाट छुट्याइने काम गरिएको त होइन? भन्ने प्रश्न स्वाभाविकरूपले उठ्न थालेको छ। वास्ताविकता के हो त्यो भविष्यले नै बताउने छ।
12 Oct 2011
मोर्चाको सांस्कृतिक कार्यक्रम शुरू
गोर्खा जनमुक्ति मोर्चाले स्थापनाकालदेखि नै गर्ने गरेको सांस्कृतिक महोत्सव आजदेखि कालेबुङको मेलाटारमा शुरू भयो। 20 अक्टोबरसम्म चल्ने उक्त सांस्कृतिक महोत्सवको आज प्रथम दिन धार्मिक अनुष्ठानबाट कार्यक्रम शुरू भयो। मोर्चाको महकुमा अध्यक्षा सरिता राईले पार्टीको झण्डोत्तलन गरी आरम्भ भएको महोत्सवमा महकुमा समिति लगायत मोर्चा केन्द्रिय समितिका नेताहरू उपस्थित थिए। यसपल्टको सांस्कृतिक महोत्सव शुरू हुनअघि भुइँचालोमा धेरैले ज्यान गुमाएकोले उनीहरूको निम्ति साई धर्मावलम्बीको भजन अनि पूजा प्रार्थनाबाट कार्यक्रमको थालनी गरियो। श्री सत्य साई सेवा समिति कालेबुङका भक्तजनहरूले आज वेद पठन, सुरा पाठ, बौद्ध प्रार्थना, स्त्रोत, सर्वधर्म भजन आदि गरे।











