Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

15 Jan 2012

साडीमा फिल्मको प्रभाव

शाहरूख खानको 'रा.वन' हेर्नुभएको छ भने पक्कै पनि 'छम्मक छल्लो...' गीतको याद होला । गीत याद भएपछि नायिका करिना कपुरले साडी कम्मरमा बाँधेर नाचेको दृश्य दिमागमा आई नै हाल्छ । सहरका कुनै बुटिकतिर पसेर 'छम्मक छल्लो' उच्चारण गर्नुभो भने चाहिँ तपाईंको अघिल्तिर साडी हाजिर हुनेछ ।

पछिल्लो समय साडीमा पनि यसरी फिल्मको प्रभाव भित्रिएको हो । दुई वर्षदेखि सारी र कुर्ताको व्यापार गर्दै आएकी २७ वषर्ीया पारुल कँडेलको अनुभवमा साडी अब बिस्तारै ग्ल्यामरस बन्दै गएको छ । त्रिपुरेश्वरस्थित ब्लु बर्ड डिपार्टमेन्ट स्टोरमा मञ्जरी वुमेन्स प्राइड नामक बुटिक चलाउँदै आएकी पारुलका अनुसार बजारमा यतिबेला पल्लुमा मुजा परेको सारीलाई 'छम्मक छल्लो' को रूपमा चिनिन्छ । प्रायः सारी लगाएपछि पल्लु बसाल्न निकै मिहिनेत गर्नुपर्छ तर 'छमक छल्लो' सारीको पल्लु -सप्को) मा रेडिमेड मुजाको डिजाइन हुने भएकाले यो सजिलै लाउन सकिन्छ । 'र, गीतमा करिनाले नाचेको जस्तै यसलाई सजिलै कम्मरमा आकार दिन पनि सकिन्छ,' पारुलले भनिन् ।

उनले अचेलका युवतीहरूमा साडीमा ग्ल्यामर खोज्न क्रम बढ्दै गएको बताइन् । यतिबेला बजारमा 'लेहंगा साडी,' 'जर्जेट', 'नेट', 'प्लेटेड', 'सिफन' लगायतका साडीको माग बढ्दै गएको छ, जुन लाउँदा आकर्षक र ग्ल्यामर देखिन्छ । प्लेटेड नामले चिनिने रेडिमेड सारीको मोह पनि उत्तिकै आकासिएको पारुलको ठम्माइ छ । खिपले वा डोरीले बाँधिएको प्लेटेड सारीमा सबै प्रकारको मुजा रेडिमेड हुन्छ, खिप वा डोरी मात्रै बाँधे पुग्छ । यसको मूल्यचाहिँ कम्मीमा १५ देखि ५० हजार रुपैयाँ पर्ने पारुलले बताइन् । गोल्डन, सिल्भर, स्टोन, डायमन्ड लगायत सामग्री जडान भएका सारी ओझनदारसँगै महँगो पनि उत्तिकै हुने उनले सुनाइन् । 'महँगो अनि हेभी पनि,' उनले भनिन्, 'छोटो समयमा राम्रो सारी लगाउनुपरे प्लेटेड नै वेस्ट ।'

लेहंगा सारीले चाहिँ धेरैजसो अविवाहित युवती र नव दुलहीको मनमा बास गरेको छ । राजधानीमा जारी छैटौं विवाह महोत्सवमा लेहंगा सारी रोज्ने क्रममै थिइन्, चाबहिलकी रञ्जना बुढाथोकी । बागबजारस्थित पद्म कन्या क्याम्पसमा स्नातक पहिलो वर्ष अध्ययनरत २० वषर्ीया रञ्जना अरू बेला पाइन्ट लगाए पनि विवाह र पार्टी विशेष समारोहमा भने सारीमै सजिन चाहन्छिन् । 'जाडो होस् या गर्मी,' उनले भनिन्, 'विशेष समारोहमा सारी नै लगाउँछु ।'

अर्की पारखी मिलन रेग्मीलाई चाहिँ साडी त मन पर्छ तर लाउन झन्झट ।' विकल्प खोज्दै विवाह मेलामा पुगेकी उनले लेहंगा साडी छान्दै गर्दा भनिन् 'लेहंगा र साडी दुवै एउटैमा रहेछ ।' अगाडि पल्लु बेरेर लगाए साडी, पछाडिबाट पल्लु घुमाएर लगाए लेंगहा । 'अचेलको पुस्ता एकदमै फास्ट छन्,' परिणाम फेसन सेन्टरकी बिक्रेता बन्दना रानाले भनिन्, 'उनीहरू कहाँ मुजामा अल्झेर बस्छन् र ? त्यही भएर रेडिमेड मुजा । अनि साडी र लेंहगा जे बनाए पनि भयो ।' उनले समय जति फेसनेवल हुँदै गए पनि 'सिफन' र 'नेट' साडीको लोकपि्रयता भने सदावहार नै रहेको दाबी गरिन् । हल्का र पातलो गुण भएकाले 'नेट' र 'सिफन' साडी धेरैले मन पराउने उनको तर्क छ । 'शरीरमा टिपिक्क बस्छ,' उनले भनिन्, 'लगाएर हिँडेको पत्तै नहुने ।'

भारतसँग सम्बन्ध अझ मजबुत बनाउनुस् : चीन

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन्धबारे चासो राख्दै दुवै देशसँग राम्रो सम्बन्ध हुनुपर्ने बताएका हुन् ।

केही घन्टे नेपाल भ्रमणका क्रममा वेनले भारतसँग पनि सम्बन्ध अझै सुदृढ गराउन आग्रह गरेका थिए । आफ्नो भ्रमणले भारतलाई कुनै शंका नहोस् भन्नेतर्फ उनी सचेत देखिन्थे । 'हाम्रो र भारतबीच राम्रो सम्बन्ध छ,' वेनको भनाइ थियो, 'तपाईं -नेपाल) र भारतबीच पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं ।'

वेनले विशेषगरी तीन राजनीतिक सन्देश दिन खोजेको भट्टराईको बुझाइ छ । पहिलो- शान्ति र संविधान निर्माण प्रक्रियालाई राजनीतिक महत्त्व, समर्थन र सहयोगको वचन दिनु । दोस्रो- राजनीतिक स्थायित्व । र, तेस्रो, नेपाल-भारत सम्बन्ध सुदृढीकरण । प्रमुख दलका नेताहरू र प्रधानमन्त्री भट्टराईसित भएका छुट्टाछुट्टै भेटवार्तामा उनले ती सन्देश दिन खोजेका हुन् ।

राजनीतिक स्थायित्व भएपछि मात्र आर्थिक विकास गर्न सकिनेमा वेनको जोड थियो । त्यसका लागि शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउन सुझाव दिँदै उनले

आवश्यक सहयोग गर्ने वचन पनि दिए । 'शान्ति र संविधान निर्माण प्रक्रिया टुंग्याउनुस्, हाम्रो सहयोग र समर्थन रहनेछ,' उनले भने, 'हामी नेपालमा छिट्टै राजनीतिक स्थायित्व होस् भन्ने

चाहन्छौं । त्यसो भयो भने मात्र आर्थिक वृद्धि हुन सक्छ ।'

प्रधानमन्त्री वेनले सरकारसँगको भेटवार्तापछि प्रमुख दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उक्त अवसरमा पनि उनले दुई देशको सम्बन्ध विस्तार र

नेपालमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका थिए ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालका अनुसार नेताहरूसँगको भेटमा वेनले छिटो शान्ति प्रक्रिया र संविधान निर्माण टुंगियोस् भन्ने चाहना राखेका थिए । 'त्यसपछि आर्थिक विकास गर्न सकिने र त्यसमा सहयोग गर्न चीन तयार रहेको वेनले बताउनुभयो,' खनालले कान्तिपुरसँग भने । भेटका क्रममा नेपाल र चीनबीच सम्बन्ध अझै सुदृढ गर्नुपर्नेमा जोड दिँदै थप सहयोगको अपेक्षा गरेको नेताहरूले बताएको उल्लेख गरे । 'नेपाल-चीन मैत्री सम्बन्ध अझै प्रगाढ बनाउन आग्रह

गर्नुका साथै सरसहयोग बढाउनुपर्नेमा नेताहरूको जोड रह्यो,' खनालले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष खनाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वेनसँग दिवाभोज गरेका थिए ।

खनालले चिनियाँ प्रधानमन्त्रीको भ्रमण महत्त्वपूर्ण भएको उल्लेख गर्दै चीनले

नेपाललाई माया र सहयोग गर्न चाहेको प्रस्ट देखिएको जनाए । 'यो भ्रमण महत्त्वपूर्ण हो,' उनले भने, 'यसबाट चीन नेपाललाई माया र सहयोग गर्न चाहन्छ भन्ने प्रस्ट देखिन्थ्यो ।'

भट्टराईसँगको भेटमा भने वेनले आफू एक/दुई दिन बस्न चाहेको भए पनि समयको चापले नभ्याएको बताएका थिए ।

कोइरालालाई सोधे, ँगिरिजासँग के नाता ?’

नेताहरूसँगको छलफलकै क्रममा प्रधानमन्त्री वेनले कांग्रेस सभापति सुशील कोइरालालाई सोधे, 'गिरिजाप्रसादसँग तपाईंको के साइनो पर्छ ?' कोइरालानिकट स्रोतका अनुसार सुशीलले 'दाजु साइनो पर्ने' बताएका थिए । दिवाभोजअघि प्रमुख राजनीतिक दलका नेताहरू र वेनबीच परिचय भएको थियो । शीर्ष नेताहरूले नेपालको भ्रमण गरेकामा स्वागत र धन्यवाद व्यक्त गरेका थिए ।

Traffic bar to stay after crack cure


Siliguri, Jan. 13: The Coronation Bridge over the Teesta will be out of bounds for heavy and medium vehicles even after the 2ft-long crack near the crown of the giant arch that supports the structure is repaired, public works department officials hinted today.
The officials said the entry would be limited to light vehicles as the bridge was 70 years old and it could no longer bear huge traffic load.
The restriction has been in force since December 31 when the crack was first spotted.
The crack has been examined by experts from Jadavpur University and they are likely to send their recommendation by the end of January.
“A five-member team from Jadavpur University had reached here on Wednesday. They examined the bridge and left yesterday,” said Ashish Ranjan Modak, the superintending engineer of NH Circle III of the PWD.
“The team was from the civil engineering department of the JU and is expected to send us their recommendations by the end of this month.”
The bridge at Sevoke, 25km from Siliguri, was commissioned in 1941 to commemorate the coronation of George VI. The bridge is along NH31, one of the two principal roads that links the Dooars and the Northeast to the rest of India.
Modak said the PWD would continue to keep medium and heavy vehicles away from the bridge.
“Apart from the crack, two other factors need to be taken into account as far as the conservation of the bridge is concerned. First is the age of the bridge and second is the consistent rise in traffic. Seventy years ago, the traffic was much lower than what the bridge bears today. These factors have prompted us to continue with the restriction,” he said.
Although Modak refused to divulge anything more, sources in the PWD said even if the crack was repaired, the restriction was likely to stay. “We have proposed that the bridge be conserved as a heritage structure and only light vehicles be allowed to pass through it even if there is no threat to safety after the repair of the crack,” said a source.
The PWD is now busy preparing a detailed project report for an alternative bridge over the Teesta at Sevoke Bazaar, 7km downhill from the Coronation Bridge.
“Since heavy vehicles will be denied permission to ply on the Coronation Bridge, it is imperative to build another bridge over the river to maintain the link between the Northeast and the rest of the country. Now, heavy vehicles to and from the Dooars are travelling via Jalpaiguri or Gajoldoba (the Teesta Barrage), resulting in loss of money and time,” said the source.(Telegraph)

Nepalese or Gorkha? Hope on Sunday run



Mumbai, Jan. 13: Namper Lemcha from Darjeeling is among the thousands who will participate in the Mumbai International Marathon here on Sunday.
The 35-year-old has not seen much of the city yet but Mumbai too — like most of the country — does not know enough about his community, one reason for him and 22 others to join the “identity run” for the Gorkhas.
The validation for the run was quick to come. As Lemcha who arrived here yesterday walked along Chhatrapati Shivaji Terminus near the starting point of Sunday’s marathon, a passer-by asked him: “Which country (are you from)? Nepal?”
Not many are aware of the distinction between the Nepalese and the Gorkhas, who are Indian citizens. The run by the group of 23 with white Tees embossed with “We are Gorkhas and proud to be Indians” is meant to assert the nationality and identity of the community. They will participate in the 21-km half marathon as well as the 6km “dream run”.
“When we tell others that our mother tongue is Nepali, they assume we are from Nepal,” says Rosni Rai, the brain behind the run. Rosni, an amateur marathon runner who has made Mumbai her home since 2004, said she does want not to live with the mistaken identity of being considered Nepalese by her fellow citizens.
Rohit Pradhan, the secretary of the Bharatiya Gorkha Ekta Sangh, a group for Gorkhas registered in Mumbai explains: “Mumbai alone would have over 5,000 Gorkha families living in the city for over a decade. People confuse us, Gorkhas born and brought up in India, with people coming from Nepal. While we are part of the same community, we are citizens of different countries. We have no right to claim anything in Nepal and shouldn’t be shunned here in India as Nepalese.”
Pradhan said his group organised cultural programmes in the city and is lobbying for a Gorkha Bhavan in Navi Mumbai for community members to put up when they arrive here for medical help or to study. Pradhan says he also wants to organise events so that the community in the city does not forget its culture and language. “The younger generation does not want to speak the language as they are termed Nepalese by their peers. My son is smart enough to speak English, Hindi and Marathi which are not his native language but he does not converse in Nepali among outsiders for fear of being teased,” Pradhan said.
Once his organisation and cause get recognition, Pradhan also wants to approach film associations to request them to stop the “caricature” of the community as watchmen and other stereotypes.
“Just to make a bunch of people laugh, the entire community cannot be made fun of,” said Pradhan.
Twenty-two participants will run for charity under the group registered as Run for Rosni. “We donated Rs 5,000 per runner for the participation. Over Rs 1 lakh was given to me by my runner friends across the country. I hope there is more clarity on who we are after the run,” said Rosni, who has an individual registration.
The other members of the Gorkha community from Mumbai who will be supporting the runners from the sidelines also hope the stereotyping will stop. “My father is a former defence man who served the nation. It’s a pinching reality that people express shock when we tell them that we are Indians,” says Poonam Lama, who has been living in the city for over two decades.(Telegraph)