Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

2 Sept 2013

Huge police force deployed in Kalimpong ahead of Mamata visit

PRADIP LOHAGUN
KALIMPONG
1 Sep 2013
Chief Minister Mamata Banerjee is scheduled to visit Kalimpong on September 3 to accept the “bestower of fortune” title from the Lepcha community. But it remains to be seen whether the public will turn out in large numbers as the GJAC has called its aghar bhitra janta’ (public remaining indoors) programme on the same day.
Banerjee’s upcoming visit has been preceded by the presence of a huge police force in town. The Thana Dara area appeared like a police camp as the top brass, including North Bengal IG S Pujari, Darjeeling Police Superintendent Kunal Agarwal and Darjeeling Range Assistant Superintendent Javed Samim were all present there.
Hundreds of policemen from Darjeeling, Cooch Behar, Jalpaiguri and North Dinajpur were also seen parading in full regalia.
Pujari held a three-hour meeting in the town hall with his colleagues and district administration officials on the high profile visit. Security has been tightened heavily to prevent any untoward incident during Banerjee’s stay here.
The IG also inspected the Mela Ground premises where preparations for the programme are on. The felicitation ceremony, being organised by the Indigenous Lepcha Tribal Association, is expected to be attended by 25,000-odd community members, according to ILTA president LS Tamsang. Sources have said many Lepchas from faraway regions will walk all the way to Mela Ground.

Lepchas withdraw peace demonstration following BGP president appeal

PRADIP LOHAGUN
KALIMPONG
1 Sep 2013
Members of the Lepcha community, who were agitating for restoration of peace under the ‘Hill People’ banner, today withdrew their protest following an appeal from Bharatiya Gorhka Parisangh president Enos Das Pradhan.
Nima Lepcha, who was leading the peace demonstration in Kalimpong, said the decision to withdraw was taken after discussing Pradhan’s request made through the media. Lepcha Rights’ Movement coordinator Bhupendra Lepcha also said the decision to withdraw came after Pradhan, who is also the GJAC president, made an appeal.
Referring to those leading the statehood agitation, Bhupendra said, “They understand much more than we do. They must have made the appeal after much thought. We have decided to withdraw respecting Dr. Pradhan’s request.”
When asked about the reason for staging the peace demonstration, he said it was mainly to express dissatisfaction with the repressive approach of the state government. Bhupendra said many innocent people had to face undue harassment and felt terrorised by the spate of rampant arrests throughout the hills.
At the same time, the coordinator denied allegations about the state government trying to create a communal divide in the hills by bringing the Lepchas into play. Reiterating the Lepchas urge all stakeholders not to politicise the issue of the formation of the Lepcha Development Board, he said, “Uniting-dividing is an internal matter. It is incorrect to say that someone has incited us. We understand what the state government is doing.”
Rubbishing talks that the peace demonstration was to target the chief minister’s upcoming visit to Kalimpong, Bhupendra said, “It is due to the difference in perception that these doubts have surfaced. Perception should be changed first. We want brotherhood among us and we should all carefully analyse what forces are trying to bring a division among us.”
Responding to a question on BGP’s appeal to join the statehood movement, the coordinator stressed the Lepchas have never remained aloof from the agitation. “Many Lepchas can be seen in rallies and demonstrations. We were participating in the past and are also doing so in the present,” he remarked.

फेरि पहाड़ बन्द , जन-जीवन प्रभावित

कालेबुङ 1 सेप्टम्बर:
31 अगष्टको दिन दार्जीलिङमा सम्पन्न भएको गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको बैठकले छुट्टै राज्यको मांगमा बन्द गर्ने निर्णय लियो पछि आज सम्पूर्ण पहाड़ नै बन्द रह्यो। समितिको घोषणा अनुरुप यता कालेबुङ शहर पनि बन्द रहेको थियो। बन्द अवधि गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिले शहरमा जुलूस अनि जनसभा गर्ने घोषणा गरेको भएपनि सो आज सम्पन्न भएन। आज विहान यहाँको डम्बरचोकमा मोर्चा नेता अनि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने पार्टीले कार्यक्रममा फेरबदल गरेपछि शहरमा जुलूस अनि जनसभा हुन सकेन। अर्कोतिर बन्दको कारण आज कालेबुङ शहर पुर्णरुपले ठप्प रह्यो। समितिले लिएको निर्णयलाई समर्थन गर्दै शहरवासीले दोकान-पाटहरु बन्द गरे भने केवल औषधी विक्रेता दोकनहरुमात्र आज खुल्ला रहेको थियो। पहाड़ बन्दको कारण आज यहाँको यातायात सेवा पनि अचल रहेकोछ। कालेबुङबाट आज कुनै पनि यात्रीवाहक वहानहरु गुडेको देखिएन। शहरको मुल मार्गहरुमा केवल सेना अनि पुलिसको वहानहरु मात्र देखा परेको थियो। बन्दको कारण यातायात सेवा प्रभावित हुँदा आज धेरैजान लेप्चा समुदायका मानिसहरु विभिन्न क्षेत्रहरुबाट पैदल हिड़ेर नै कालेबुङ शहर आइपुगेका थिए। यस भन्द अघिको बन्दले नै ठप्प बनेको यहाँका शैक्षिक संस्थानहरु आजसम्म पनि अचल अवस्थामा रहेको छ। बन्दको चपेटमा परेर यहाँका ब्यांक, डाक-घर लगायत अधिकांश सरकारी कार्यलयहरु अचल रहेको छ। शान्तिमय ढंगमा आज समितिले ड़ाकेको एकदिवसीय पहाड़ बन्द सफल भएको छ भने अवधि कुनै प्रकारको अप्रिय घटनाहरु घटेन। शहरमा शान्ति श्रंखला बनाइ राख्न पुलिस अनि सीआरपीएफका जवानहरु शहरको विभिन्न स्थानहरुमा तैनाथ रहेका थिए। अर्कोतिर मुख्यमन्त्री ममता व्येनरजीको कालेबुङ भ्रमणलाई केन्द्र गर्दै आज प्रशासनका उच्च अधिकारीहरुले शहरको निरिक्षण गरे। मुख्यमन्त्रीको भ्रमणलाई लिएर प्रशासनले शहरमा कड़ा सुरक्षा व्यवस्था मिलाएको छ।

1 Sept 2013

लेप्चा समुदायलाई धरना उठाउने भागोपको आह्वान

प्रज्ज्वल छेत्री
कालेबुङ, ३१ अगस्त|
‘हिल पिपल्स्’-को व्यानरमा शान्ति स्थापनाको माग गर्दै लेप्चा समुदायले तीनदेखि शुरु गरेको धरना उठाइदिने गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटीका अध्यक्ष एवं भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय अध्यक्ष डा. एनोस् दास प्रधानले आह्वान गरेका छन्| आज एक पत्रकार सम्मेलन डाकेर उनले भने, गोर्खाल्याण्ड आन्दोलनले तीब्रता पक्रिरहेको छ| सबै पहाडका जनता सडकमा छन्| योबेला लेप्चा समुदाय अलग्गिएर शान्ति स्थापनाको नाममा धरना गर्नुले पहाडी अञ्चलमा जातीय विभाजनको सन्देश देशभरि छरिएको छ| हामीलाई हेला गरिएको छ, किनारीकृत गरिएकको भन्नेकिमिसको हाम्रैभित्रको एक जाति विशेषबाट सङ्केत जानु अत्यन्त दुर्भाग्यजनक हो| यसैले उनीहरूलाई धरना उठाएर अलग राज्य गोर्खाल्याण्ड आन्दोलनको मागमा सरिक हुन आह्वान गर्छौं| लेप्चा र गोर्खाहरूको एकता अनि जातीय सद्भावना सधैं कायम रहने प्रतिवद्धता व्यक्त गर्दै राज्य सरकारको जाति विभाजनको नीतिविरूद्ध डा. प्रधानले विरोध जनाएका छन्| मुख्यमन्त्री ममता व्यानर्जीको जाति विभागजनको कुचेष्टालाई उनले दुर्भाग्यजनक रहेको बताउँदै भने, योबेला उनी पहाड आएर के प्रमाण गर्न खौज्दैछन्? पहाड आउनुपर्छ तर उपर्युक्त समयमा| वर्तमान स्थितिमा पहाडमा जाति विभाजनको नीति नआप्नाइदिने प्रधानले निवेदन गरेका छन्| यसअवधी एक प्रश्‍नको उत्तरमा उनले जीटीए सञ्चालनमा आउनेबित्तिकै गोजएकको एकता तोडिने बताए| उनीअनुसार, अहिलेको साझा टेबल इमान्दारिता अनि विश्‍वासमा अडेको छ| जुन दिन विश्‍वास तोडिन्छ गोजएक सकिन्छ| गोजमुमोले पनि जीटीएमा नफर्किने कमिटीलाई प्रतिश्रुती दिएको छ| यद्यपि, आगामी ४ सितम्बरको दिन सम्पन्न हुन गइरहेको जीटीए सभामा सभा प्रमुखको चयन गरेपनि गोजएकलाई फरक पर्दैन| किनभने, जीटीएको चिफ चयन गर्दैमा जीटीए सञ्चचान हुन्छ भन्ने होइन तर जीटीएलाई कामै गर्नु दिनुहुँदैन भन्ने प्रधानको विचार छ| उनले एक प्रश्‍नको उत्तरमा अझ भनेअनुसार, केही दिनअघि मोर्चा प्रमुखले गोर्खाल्याण्डको विकल्पको कुरा गरेको सन्दर्भमा हिजोको बैठकमा चर्चा भएन| गोजएकले एकातिर आन्दोलनलाई नेतृत्व दिइरहेको भएपनि गोजएकले फ्यॉंकेको कार्यक्रममा मोर्चाले बीचैमा आफ्नो कार्यक्रम फ्यॉंकेर हस्तक्षेप गर्दा कमिटीभित्रका दलहरूमा विश्‍वास हराउने अनि अब यस्तो कार्य दोहोरिनुनहुन हिजोको बैठकमा चर्चा भएको उनले जनाएका छन्| यसैबीच मोर्चा महासिचव रोशन गिरीको दिल्ली भ्रमणसम्बन्धमा बढेको चर्चालाई उनले साम्य गर्दै, बन्द सम्बन्धमा सर्वोच्च न्यायलमा इस्टे निकाल्न उनी दिल्ली गरेको स्पष्टिकरण दिएका छन्| उनले अझ भने गोजएकबाट गोर्खालीग, गोर्खा राष्ट्रीय कङ्ग्रेस अनि गोरानिमो बाहिरिनु दुर्भाग्यजनक हो| तर गोर्खा राष्ट्रिय कङ्ग्रेससित मुद्दा नै नमिल्ने भएकोले उनीहरू बाहिरिँदा फरक पर्दैन अनि गोर्खालीग र गोरानिमोको निम्ति कमिटीको दैलो खुल्ला गरेको छ| राष्ट्रीय गैरराजनैतिक संस्था भारतीय गोर्खा परिसङ्घ, आञ्चलिक शक्तिशाली दल क्रमाकपा अनि गोर्खा जनमुक्ति मोर्चा एकठाउँ रहनु महत्वपूर्ण हो| यद्यपि, गोजएकको गठन भइसकेपछि पनि गोर्खाल्याण्ड टास्क फोर्स जीवित छ| मोर्चाप्रति अझ पनि अन्य दलहरूको विश्‍वास नभएर नै गोटाफोलाई अस्तित्वमा राखिरहेको चर्चा आम बनेको छ| यसैले योबेला पनि गोटाफो किन अस्तित्वमा छ भन्ने प्रश्‍नको भने उत्तर उनले दिन चाहेनन्| यसअवधी उनले भोलि पूर्व सासंद, विधायक आदिको टोली दिल्ली प्रस्थान हुने जानकारी गराएका छन्| उनीअनुसार, पूर्व सासंद आरबी राई पूर्व विधायक गौलन लेप्चा, शान्ता छेत्री, एनबी छेत्री भागोपका सुखमान मोक्तान आदि टोलीमा सामेल हुने सम्भावना छ भने दिल्लीमा नै सांसद जसवन्त सिंह अनि केबी छेत्री टोलीमा थपिनेछन्| टोलीले मुख्य रुपले देशका गृहन्त्रीलाई भेट्ने मन बनाएको छ| तर ५ सितम्बरसम्म उनलाई भेट गर्न नसकिने सम्भावना भएकोले त्यसपछि भेट हुनसक्ने प्रधानले बताए|