Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

9 Sept 2013

GNLF enacting its ‘politics of silence’?

KURSEONG
8 Sep 2013
The Gorkha National Liberation Front, once the most powerful and influential party in the Darjeeling hills, has remained silent even as the Gorkha Janmukti Morcha-led agitation continues amid rallies, meetings and demonstrations, not to mention the hundreds of arrests.
The GNLF made its last public statement in end-July following GJM chief Bimal Gurung’s announcement of a slew of demonstrations, rallies and bandhs to mark the renewed statehood agitation. Since then, the GNLF has maintained a stony silence, refraining from commenting even when the bandh has stretched by more than a month.
Further, when the GJM changed its strategy and called an all-parties meet (including the GNLF) on the Gorkhaland issue on August 12, it continued to maintain its silence although it did not hide its suspicions about the motive of the Morcha. The GNLF maintained such agitations have been staged earlier, yet the GJM signed the Gorkhaland Territorial Agreement eventually.
Senior GNLF leader Nima Lama said, “We have nothing to say from our side as we believe silence is the best politics.”
Party supremo Subash Ghising had resorted to this ‘politics of silence’ when Bimal Gurung’s party emerged to lead the second phase of the Gorkhaland agitation. Again, the same ‘politics of silence’ was enacted by the party when Ghisingh and GNLF leaders were hounded out from the hills.
The signing of the GTA on July 18, 2011 saw a spate of activity in the GNLF camp that included public meetings, rallies and reorganisations of party units. However, the party seems to have gone silent once again of late and one cannot help but wonder whether it has reassumed the role of a silent sentinel who just watches and takes notes of the goings on. (EOIC)

JSTO, JPTO meet to discuss school reopening issue

PRADIP LOHAGUN
KALIMPONG
8 Sep 2013
The Janmukti Secondary Teachers’ Organisation and Janmukti Primary Teachers’ Organisation have endorsed the GJM’s move to reopen schools and colleges from September 13. The two associations today convened a joint meeting at the Shyamadevi Hall here to discuss the matter as many students and guardians were confused with GJM general secretary Roshan Giri’s announcement on Saturday that educational institutes would be kept out of the bandh’s purview but vehicular movements would continue to remain suspended.
JSTO general secretary Tshiring Tamang said, “The strike is being called off for two days and we discussed whether schools and colleges should be opened on those two days. We decided on keeping school offices open to enable resumption of official work. Actual classes will resume from September 13.”
On being asked about the practicality of opening schools with transportation remaining paralysed, Tamang replied, “This is a period of agitation. The party has strategies of its own and the decision not to unfreeze vehicular movements as of now is part of those plans.”
Although he conceded students would face problems getting to school, Tamang reminded GJM president Bimal Gurung has asked all schools to make their own arrangements for assisting students coming from far off places.
“The schools have been given this responsibility, but a meeting has been called tomorrow to discuss this issue in particular,” added Tamang.

अब माटोको निम्ति लड़ने छौ - शैनिक मोर्चा

कालेबुङ 8 सेप्टमेबर(छेवाङ योञ्जन) :
जीटीएका डेप्युटी चिफ एक्ज्युकेटीभ एवम पुर्व सैनिक/अर्ध-सैनिक मोर्चा अध्यक्ष रमेश आलेले पनि आज कालेबुङमा सम्पन्न भएको दलको पथसभाबाट राज्य सरकारको दमननीतिको आलोचना गरेका छन्। यहाँको डम्बरचोक परिसरमा आज सम्पन्न भएको पथसभालाई सम्बोधन गर्दै आलेले पश्चिम बंगाल सरकारले हाल पहाड़ प्रति गरिरहेको जाति विभाजनको नीति सफल नहुने दावी गरेका छन्। आज पहाड़भरि नै पुर्व सैनिकहरुले कालो पट्टी बाँदेर राज्य सरकारको कुटनीतिको विरोध गरेको जनाउँदै तिनले आफ्नो सम्बोधनमा राज्य प्राप्तिको आन्दोलनमा भूतपुर्व सैनिकहरु कहिले पनि पछि नपर्ने बताए। जवानीमा देशको सिमानामा लड़यौ तिनले भने अब माटोको निम्ति लड़ने छौ। मोर्चा नेताहरुलाई पुलिसले पक्राउ गरिरहेको घटनाको पनि तिनले खण्डन गरेका छन्। देशको संविधानको धारा अनुरुप पहाड़मा छुट्टै राज्यको मांग उठिरहेको बताउँदै तिनले जीटीए समझैतामा पनि यस मुद्दालाई अलग राखेको दावी गरेका छन्। जीटीएको खेस्रामा छुट्टै राज्यको मांग जारी रहने छ भनेर उल्लेख गरेका छौ तिनले समझौता खेस्रा देखाउँदै पथसभालाई सम्बोधन गरे। उक्त पथसभालाई सम्बोधन गर्दै मोर्चा नेता सामुएल गुरुङले सैनिक मोर्चाले आन्दोलनमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै भुत-पुर्व सैनिकहरु आन्दोलनमा सदै अघि आउनु पर्ने आह्वान गरेका छन्। पहाड़मा उठेको छुट्टै राज्यको आन्दोलनलाई विफल पार्न सरकारले विभिन्न प्रकारको चाल चलिरहेको बताउँदै तिनले लेप्चा समुदायको प्रयोग गरेर मुख्यमन्त्रीले पहाड़मा जाति मास्ने काम गरिरहेको आरोप लगाएका छन्। डुवर्स विकास परिषद गठन गरेर विधायकलाई तृणमूलमा सामेल गराउने मुख्यमन्त्रीले एलडीसीलाई षड़्यन्त्रको रुपमा लिइरहेको तिनको भनाइ छ। कुनै पनि समय राज्य अनि केन्द्र सरकारमाझ समझौता भए एलडीसी बेकार हुन्छ तिनले भने। मुख्यमन्त्राको कालेबुङ भ्रमण पछि तृणमूल कंग्रेसका नेताहरुले हाल पहाड़सम्बन्धी झुटो प्रचार गरिरहेको बताउँदै लेप्चा समुदायका प्रतिनिधिहरुले तृणमूल नेताहरुले जारी गरेको बयानबारे स्पष्टीकरण दिनु पर्ने बताएका छन्। मुकुल रोयले पहाड़का लेप्चाहरु तृणमूल समर्थक रहेको बताउँदै लेप्चाहरुले छुट्टै राज्यको विरोध गरिरहेको कुरा राष्ट्रीय स्तरको मिडियाहरुमा आएको हुनाले अब समुदायका प्रतिनिधिहरुले यस बारे स्पष्टीकरण दिनु पर्ने तिनले माग गरेका छन्। पक्रा परेका मोर्चा नेताहरु विरुध सरकारले विभिन्न प्रकारको आधारहिन मुद्दाहरु लगाइ रहेको आरोप लगाउँदै तिनले आन्दोलनमा संलग्न भएको आशंकमा कालेबुङका व्यापारीहरुलाई पक्राउ गरेको घटनाको पनि विरोध जनाएका छन्। आजको पथसभालाई पुर्वसैनिक मोर्चाका केके सुब्बाले पनि सम्बोधन गरेका थिए। डम्बरचोक परिसरमा पथसभा गर्न अघि सैनिक मोर्चाले एउटा मौन जुलूसको आयोजना गरेको थियो। बंगाल सरकारको दमननीतिको विरोध जनाउऩ आज जुलूसमा सामेल भएका सैनिक मोर्चाका सदस्याहरुले काटो पट्टी बाँदेका थिए। कालो पट्टी बाँदेर विरोध प्रदर्शन गर्दै पुर्व सैनिकहरुले यहाँको डम्बरचोकबाट मौन जुलूस निकालेका छिए। आज सम्पन्न भएको जुलूस अनि पथसभामा सैनिक मोर्चाका सदस्याहरुलगायत मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

कालेबुङका नयन शार्कीले संयुक्त राष्ट्र संघमा वार्त राख्ने

कालेबुङ 7 सेप्टम्बर:  बाल सुरक्षा अभियानका 16 वर्षीय किशोर नयन शार्कीले संयुक्त राष्ट्रीय संघको 68औ महा-सभामा वार्त राख्ने अवसर प्राप्त गरेका छन्। बाल्यकाल देखि नै विविध समस्याहरुको सामना गर्दै किशोर अवस्थामा आइपुगेका नयन शार्कीले आगमी 17देखि 30 सेप्टम्बरसम्म न्युयर्कमा सम्पन्न हुने समयुक्त राष्ट्र संघको 68औ महा-सभामा खाध्य अधिकारमाथि वार्त प्रस्तुत गर्ने छन्। तिनलाई यो अवसर युनिष्को(UNESCO)को ब्यानरमा दिल्लीमा सम्पन्न भएको नाइन इस माइन नामक कार्यक्रमबाट प्राप्त भएको हो। बाल अधिकार बारे नानीहरुलाई जानकारी गराउन युनिष्को(UNESCO)ले दिल्लीमा आयोजना गरेको एउटा कार्यशालामा आफूलाई सक्षम बनाए बापत भारतबाट संयुक्त राष्ट्र संघमा जाने नानीहरुको एउटा टोलीमा तिनले आफूलाई सामेल गराएका हुन्।  संयुक्त राष्ट्र संघको महा-सभामा आफूलाई उभ्याउने किशोर नयन शार्की कालेबुङ आँठ माइल निवासी हुन्। शाररिक अवस्था ठिक नहुँदा बाल्यकालदेखि नै तिनी क्लुनी सिसटर्सहरुको देखरेखमा थिए। यहाँको अतिशा रोड़ स्थित सन्त जोन स्कूलबाट तिनले प्राथमिक स्तरको शिक्षा लिएका थिए। सन्त जेभिर पेदोङ विधालयबाट दशौ श्रेणीको परिक्षा उतर्णीय गरि हाल तिनी यहाँको तोपखानामा अवस्थित सीएसटी विधालयको 11औ श्रेणीमा अध्ययनरत छन्। संघको महा-सभामा तिनले देशको सरकारले प्रतेक नानीहरुलाई 6% शिक्षा अनि 5% स्वस्थयमा प्रथमिक्ता दिइनु पर्ने विषयमा वार्त राख्ने छन्। उक्त मुद्दासंगै नानीहरुले महा-सभामा आफूले जीवनमा भोगेका समस्याहरु पनि वार्तमा प्रस्तुत गर्नेछन्। क्लुनी सिसटर्सहरुको पहलमा कालेबुङमा बाल सुरक्षा अभियानले नानीहरुको अधिकार अनि सुरक्षाको निम्ति सक्रियरुपमा कार्य गर्दै आइरहेको छ भने आज बीएसए मार्फत नै नयन शार्कीले न्युयर्क पुगेर संयुक्त राष्ट्र संघको महा-सभामा बाल अघिकार बारे भाषण दिने अवसर पाएका छन्। बीएसए-का अधिकारी तेजकुमार थापाले आज एउटा प्रेस विज्ञ्याप्ती जारी गरि कालेबुङका एकजना किशोर नयन शार्कीले बाल अधिकारको कुरा अन्तराष्ट्रीय स्तरमा उठाउने जानकारी गराएका हुन्।