Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

12 Nov 2011

बबितालाई कालेबुङ रत्न


कालेबुङ, 12 नोभेम्बर।
कालेबुङ प्रेस क्लबले बर्सेनी समाजका उच्चस्थ योगदान पुर्‍याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्ने कालेबुङ रत्न पुस्कार यसपल्ट व्यवसायिक क्षेत्रमा रहेर व्यवसाय मार्फत नै सामाजिक योगदान गर्ने बबिता घतानी धमलालाई प्रदान गर्ने भएको छ। आज एक पत्रकार सम्मेलन डाक्दै प्रेस क्लब कालेबुङका अध्यक्ष अनि प्रेस क्लबको 13 औं स्थापना दिवस कार्यक्रम सञ्चालन समितिका  संयोजक जाइन लेप्चाले 2011 को कालेबुङ रत्न पुरस्कारको घोषणा गरेका हुन्‌। 19 नोभेम्बरको दिन रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिने अध्यक्ष अरुणकुमार रसाइलीले बताएका छन्‌। कालेबुङ प्रेस क्लबले स्थापनाको दशौं स्थापनाको अवसरमा कालेबुङ रत्न पुरस्कारको  थालनी गरिएको रसाइलीले बताएका छन्‌। उनी अनुसार पहिले कालेबुङ रत्न पुरस्कार पर्वतारोही मनोज दाहाल, हकी खेलाडी भरत छेत्री अनि वागवानी विशेषज्ञ मिकु फोनिङलाई प्रदान गरिएको थियो। त्यसपछि नाट्यकर्मी ललित गोले अनि सामाजिक कार्यकर्ता सुदेश प्रधानलाई प्रदान गरिएको थियो। रसाइलीले जनाए अनुसार यसवर्षको कालेबुङ रत्न पुरस्कार प्रापक बबिता घतानीलाई एक चॉंदीको स्मृति चिह्न, अङ्गवस्त्र अनि प्रशस्ती पत्र प्रदान गरिने भएको छ। यसै अवसरमा टडलर्स प्रिपेरटोरी स्कूलका संस्थापक स्व.ललिता प्रधानलाई विशिष्ट पुरस्कार अनि दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईलाई यसवर्षको एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले विभुषित गरिने भएको छ। संयोजक जाइन लेप्चाले बताए अनुसार ललिता प्रधानलाई अंग्रेजी माध्ययमको विध्यालय स्थापित गरेर शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको अनि वेरोजगारहरूलाई रोजगार पनि उपलब्ध गर्न कार्य गरेकोमा विशिष्ट पुरस्कारले सम्मानित गरिने भएको बताएका छन्‌। दैनन्दिनी च्यानलका भिडियो पत्रकार मनोज राईले 18 सेप्टेम्बरको दिन आएको भुइँचालोको कारण सर्वस्व गुमाएका 24 नम्बर समष्टीका शंखे अनि मन्दिर गाउँका पीडितहरूलाई  प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले पीडितहरूको अवस्थाबारे सार्वजनिक गरेपछि उनीहरूको सहयोगको निम्ति कालेबुङ मात्र होइन अन्य क्षेत्रबाट पनि प्रशस्त सहयोग पुर्‍याएका थिए। तिनले गरेको यसै साहसिक पत्रकारिताकको निम्ति तिनलाई एक्सेलेन्सी इन जर्नलिज्म पुरस्कारले सम्मान गर्ने भएको जाइन लेप्चाले बताएका छन्‌।

छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ


कालेबुंग 12 नोभेम्बेर : डी के वाइबा- छुट्टै राज्य गोर्खाल्यण्ड्को निम्ति दलीय एकता जुटाउन प्रयासरत रहेको भारतीय गोर्खा परीसंघ (भागोप) लाइ केही हद्सम्म सफलता हात लागेको छ.। आज भागोपको आयोजनामा कालेबुंग्मा सर्बदलीय बैठक राखिएको थियो। बिगतका दिनहरुदेखिनै दलीय एकता जुटाउन प्रयासरत रहेको भागोपले छुट्टै राज्य गोर्खाल्याण्ड केवल सम्पुर्ण राजनैतिक दलहरु एक भए मात्र सम्भव हुने कुरा गर्दै आइरहेका थिए। दलीय एकताको कुरा अघिदेखिनै गर्दै आइरहेको भए पनि कुनै पनि दलहरु एउटा मंचमा आउन सकेको थिएन। यसपल्ट भने भागोपको प्रयास केहि हद्सम्म सफल भएको छ.। आज डाकिएको सर्व दलिय बैठकमा क्रामाकपा, कंग्रेस, गोरानिमो, अभागोली अनि बिभिन्न गैर राजनैतिक स्ंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए। बैठक्मा गोर्खाल्याण्ड गठन गर्नको निम्ति सम्पुर्ण राजनैतिक दलहरु एक हुनु पर्ने चर्चा गरिएपछि सबैको उपस्थितिमा एउटा साझा मंच गठन गर्ने सहमति बन्न सक्यो। सबैको सहमतिमा भागोप एउटा अराजनैतिक अनि राष्ट्रीय संस्था भएको कारण भागोपलेनै गोर्खाल्याण्डको आन्दोलनलाइ अघि बडायउनु पर्ने सुझाव रखियो.। सबै दलहरुको सहमतिमा गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेर यसलाइ भागोपले नै नेत्रीत्व गर्न पर्न पनि सहमति बन्न सक्यो.। उक्त सर्व दलिय बैठक्मा क्रामाकपा महासचिव तारामणी राइ,अभागोली महासचिव प्राताप खाति, कंग्रेस सचिव दिलीप प्रधान, गोरानिमो अध्यक्ष दावा पाख्रिन लगायत भागोपका सबै नेत्रित्व वर्ग उपस्थित रहेका थिए।

आगमी २३ निभेम्वरको दिन कालेबुङमा प्रकृतिक प्रकोप माथी बौद्दिक बहस सम्पन्न हुने ।

युवसङ्गम
कालेबुङ १२ नोभेम्वर :\पहाडमा देखा परेको आपतकालिन प्राक्रती प्रकोप माथी बैध्दिक स्तरको वह्स गर्न कालेबुङ क्रष्क कल्याण सङ्गठन अनि कालेबुङ प्रेस कल्बले आगमी २३ तारिकको दिन एउटा सङ्घोष्ठिको आयोजना गर्ने तय गरेको छ ।आज यसै बिषय माथी प्रकाश पार्न यी दुवै सस्थाका प्रथिनिधिहरुले एउटा पत्राकार सम्मेलनको आयोजना गरेको थियो । पत्राकार सम्मेलनमा कालेबुङ प्रेस कल्बका तर्फाबाट अद्यक्षा आरुण कुमार रसाइली कृष्काकाल्याण सँगठनको पक्षा बाट सचिव बिश्णु कुमार छेत्री अनि सेभ द हिल्सका प्रमुख प्रफुल्ला राउ पनि उपस्थित थिए ।कृषक कल्याण सँगठनको कार्यालयमा सम्पन्न भएको पत्राकार सम्मेलनलाई सम्बोधन गर्दै केकेएसका सचिव बिश्णु कुमार छेत्रीले विगतको दिनहरुमा पहाडमा देखा परेको आपतकालिन प्राकृतिक प्रकोपहरु जस्तै आइला,बिनासकारी भुक्म्प, अनि प्रतेक बर्षा पहाडमा आइलागने पैह्रो जस्ता बिषयमाथी प्रख्यात स्रोत व्यक्तिले आफुहरुको  कार्यक्रममा अनुभावी बिचारहरु पेस गर्ने जनाए ।कार्याक्र्ममा मुम्बेबाट पनि अनुभावी स्रोत व्यक्ती हरुले उपस्थिती दिने तीनले अवगत गराएका छ्न् ।यसै पत्राकार सम्मेलनमा उपस्थित रहेका सेभ द हिल्सका प्रमुख प्रफुल्ला राउले भाविदिनहरुलाई द्यानमा लिएर प्रकृतिक प्रकोपको चपेटबाट बाचनुको निम्ती अहिले देखिनै सतर्क हुनुपर्ने जनाए ।आगमी २३तरिक सम्पन्न हुने कार्यक्रमबाट प्रकृतिक प्रकोपको रोगथामको निम्ती एउटा समाधान खोजी निकाल्नमा आफुहरु लागी  परेको उनले पत्राकारहरुलाई जनाए ।यता प्रेस कल्बका अध्यक्षा अरुण कुमार रसाइलिले यसै पत्रकार सम्मेलनबाट कालेबुङको सबै जनसाधारणलाई आफुहरुको कार्यक्रममा उपस्थित भैदिने आग्रह गरेका छ्न् । 

कालेबुङ नगरपालिका क्षेत्र्का वाड उम्मेद्वारहरुले आज महकुमा कार्यलयमा नामाङकन दर्ता गरे।

प्रदिप लोहागुण
12 नोभेम्बर(कालेबुङ):- आगामी 11 दिसम्बरमा सम्पन्न हुने नगरपालिका चुनाउको निम्ति पहाडका चारैवटा नगरपालिकाहरुमा मोर्चा प्रार्थीहरुले आफ्नो नामांकन पत्र दर्ता गर्ने क्रम जारी रहेको छ।यता, कालेबुङमा पनि मोर्चा प्रार्थीहरुले आजदेखि आफ्नो नामांकन पत्र जमा गर्न शुरु गरेका छन। आज मोर्चाका 17जना प्रार्थीहरुले नामांकन दर्ता गरेका छन। रहल 6जना उम्मेद्वारहरुले भोलि आफ्नो नामांकन पत्र जमा गर्नेछन। मोर्चा प्रार्थीहरुले यहाँको महकुमा अधिकारीको कार्यालयमा पुगेर महकुमा अधिकारी एल एन शेर्पालाई आफ्नो नामांकन जमा गरे।कालेबुङ नगरपालिकाको कूल 23वटा वार्डहरुमध्ये 13वटा वार्डहरुमा मोर्चाले महिला प्रत्याशीहरु खडा गरेको छ। मोर्चाबाहेक अन्य राजनैतिक दलहरुले कालेबुङ नगरपालिका चुनाउको निम्ति यसपालि खासै चासो देखाएका छैनन। क्रामाकपाले नगरपालिका चुनाउमा प्रतिस्पर्धा नगर्ने अडान लिएको छ भने गोर्खालीगले दोधारे नीति अपनाएको देखिन्छ। अर्कोतिर, बिगतका चुनाउहरुमा जस्तो निर्दलीय उम्मेद्वारहरु खडा हुने सम्भावना पनि कमै देखिएको छ। कालेबुङमा माकपाका तारा सुन्दासले मात्र वार्ड न0 10बाट प्रतिस्पर्धा गर्ने संकेत पाइएको छ। हालसम्मको अवस्थामा मोर्चाले पहाडका अधिकांश सिटहरु निर्विरोध जित्न सक्ने परिस्थिति सृजना भएको छ।राजनैतिक रुपले सुप्त अवस्थामा रहेको दल गोरामुमोले पनि नगरपालिका चुनाउप्रति कुनै प्रतिक्रिया देखाएको छैन। यस हिसाबले निर्धारित समयभन्दा केही बर्ष ढिलो गरी भइरहेको नगरपलिका चुनाउ खासै रोमाञ्चक र प्रतिद्वान्द्वितापूर्ण नहुने राअजनीति सचेत मानिसहरुको भनाई छ।