Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Nov 2011

मोर्चर्ले अब चादैनै नगरपालिका वोर्ड गठ्न प्रक्रिया शुरु गर्ने डा भुजेल


युवासङ्गम
कालेबुङ 16 नोभेम्बर: जनताको विश्वाशले नै तीन वटा नगरपालिका क्षेत्रमा मोर्चाले निर्विरोध विजय हासिल गरेको बाताउँदै आज मोर्चा नेता आर बी भुजेलले अब पार्टीले चादैनै नगरपालिका वोर्ड गठ्न प्रक्रिया शुरु गर्ने बताएका छन्।मिरिक बाहेक दार्जीलिङ कालेबुङ अनि खर्साङ नगरपालिका क्षेत्रमा मोर्चाले निर्विरोध चुना जितेको विषयलाई केन्द्र गर्दै आज मोर्चाका स्टडी फोरमका सदस्या डा आर बी भुजेलले जनताको विश्वाशले नै आफुहरुको नगरपालिका चुनाउमा सहज जित भएको बताएका छन्। डा भुजेलले आज पत्रकारहरु संग कुराकनी गर्दै पार्टीले अब चादैनै नगरपालिका वोर्ड गठ्न प्रक्रिया शुरु गर्ने जानकारी गराएका छन्।कालेबुङ नगरपालिकाको चार न0 वार्ड बाट जाइन लेप्चालाई वार्ड पार्षद बनाएको छ्। पार्टीबाट चुनाउको निम्ति टिक्ट पाउने उक्त वार्डका उम्मेद्वार तारा लोहार (लेप्चा) को नामाङ्कन पत्र आज महकुमा अधिकारीले खारेज गरिदिए पछि जाइन लेप्चालई चार न0 वार्डको उम्मेद्वार बनाएको पनि डा भुजेलले जानकारी दिएका छन्।नगरपालिका चुनाउमा नामाङ्कन पत्र दर्ता गरने उम्मेद्वारहरुको आज स्क्रटुनी कार्य सम्पन्न भयो । यहाँको महकुमा अधिकारीको कार्यलयमा उम्मेद्वारी विवरण दिन आज वार्ड न0 22 का उम्मेद्वार पुर्व आइ ए एस अधिकारी एलबी परियार पनि उपस्थित थिए। मोर्चाले आइ ए एस अधिकारी परियारलाई यस पलटको नगरपालिका अध्यक्ष बनाउने योजना तय गरेको छ। 

0 comments: