Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Nov 2011

घिसिङको व्कत्व्य माथी टिप्पणी नदिने,सिमाङ्कन पछिमात्र पन्च्यात चुनाउ हुने- विधायक डा छेत्री ।


युवासङ्गम
कालेबुङ १४ नोभेम्वर : मोर्चा प्रव्क्त एव विधायक डा हर्कबहादुर छेत्रीले आज एच पी सी सँगको एक भेटमा गोरामुमो प्रमुख सुवाश घिसिङको व्कत्व्यको खण्डन गर्दै  घिसिङलाई मिडियामा ल्याएर जिवित राख्ने कार्य गरिरहेको वताएका छ्न् ।घिसिङले पहाडमा मात्र होइन तर बिदेशमा पनि चुनाउको बहिष्कार गर्न सक्ने व्यङ्ज्ञ गर्दे विधायक डा छेत्रीले जनता बिनाको नेतामाथी आफुले कुनै प्रकारको टिप्पणी नगर्ने उनले जनाए ।जसको मान्छे छैन उनले कसरी चुनाउको बहिष्कार गर्छ भन्ने प्रशना गर्दै छेत्री घिसिङ आफै पहाड बाट बहिष्कृत भाइसकेकोले मोरेको घोडालाई चाबुक लगाउनु नहुने वताएका छ्न् ।हिज सिलिगुडिको भाडाको घरमा एउटा पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले मोर्चाले डुवर्स सँग समझौ गरेको जी ए टी ए  व्यवस्थाको पनि कडारुपमा खण्डन गरेका थिए यसै सम्वन्धी विधायक डा छेत्री सँग प्रशना गर्दा उनले मोर्चाको व्यवस्था पहाडमा लागु भएको सुवास गिसिङ आफैले देख्ने छ भने ।
 डुवर्सको भुभागहरु लिएर सिमाङ्कनको कुरा सकिए पछी मात्र जी ए टी ए क्षेत्रम व्यवस्था को निम्ती चुनाउ गरिने पनि उनले जानकारी गराएका छ्न् ।सिमाङ्कनको कुराले गर्दा चुनाउ हुनुमा समय लाग्न सकने दावी गर्दै डा छेत्रीले  सर्वप्रथम ४५ वाट समष्टी बनाउने कुरामा जोड दिएका छन् ।सिमाङ्कनको कुरा सकिए पछी डुवर्सको मौजाहरु व्यवस्था भित्र अन्तभुक्त गराउने अनि मात्र व्यवस्थाको चुनाउ सम्पन्न हुने  डा छेत्रीले जनाएका छ्न् ।पन्च्यात चुनाउ सम्वन्धी उनी सँग जान्न चाहन्दा पन्च्यात क्षेत्र्हरुको जनाशख्या हेरेर पन्च्यात क्षेत्रहरुको पनि पुन सिमाङ्कन गरेर मात्र चुनाउ गराउने वताए ।

0 comments: