Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Nov 2011

अराजनैतिक सङ्गठनले राजनैतिक मुदा उठाउन सक्छ-मुनिष

कालेबुङ, १३ नोभेम्बर|
राष्ट्रियस्तरमा छुट्टैराज्यको आन्दोलन गर्ने भार अब भागोपलाई छ| किन भने हिजो  पहाडका राजनैतिक दल अनि अराजनैतिक सङ्गठनहरूबीच भएको बैठकमा भागोपलाई नै छुट्टैराज्यको आन्दोलनको नेतृत्व सुम्पिएको छ| अघइबाट नै भागोपले गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेको छ जसको राष्ट्रिय अध्यक्ष आर मोक्तान रहेका छन्| हिजो सर्वलीय बैठखले तयार पारेको मञ्टको नाम पनि गोर्खाल्याण्ड टास्क फोर्स नै रहेको छ| आर मोक्तानले बताए अनुसार भागोपकै टास्कफोर्सलाई नै सर्वदलीय सहमतिले उचित नाम रहेको बताएपछि यसै फोर्सलाई नै सर्वदलीय मञ्च बनाइएको छ| यता भागोप एक अराजनैतिक सङ्गठन भएकोले छउट्टैराज्य जस्तो राजनैतिक मुद्दाको उठान कसरी गर्न सक्छ भन्ने कुरा अघिबाट नै व्यापकरुपले चलिरहेको कुरा हो| भारतीय गोर्खा परिसङ्घ अराजनैतिक सङ्गठन रहेकोले नै राजनैतिक मुदाको उठान गर्न नसकेको बताइने गरे पनि राजनैतिक दलहरुले छुट्टैराज्यको मुद्दा सहीरुपले उठान गर्न नसकेकोले नै आन्दोलन सफल नभएको विषयमा सर्वदलीय बैठकमा चर्चा भएको मोक्तानले बताएका छन्| राजनैतिक सचेतकहरूले पनि छुट्टैराज्यको मुद्दाको उठानसित नै सहुलियतहरूको माग गरिएकोले नै जहिल्यै पनि आन्दोललाई स्थगित गरेर अन्य व्यवस्थामा नै आन्दोलन टुङ्गिने गरेको बताइरहेका छन्| दुइपल्टको आन्दोलन नै राज्य केन्द्रित रहेको मात्र होइन राज्य सरकारलाई विकास नभएको गुनासो गरिएकोले नै टुङ्गोमा पुग्न नसकेको राजनैतिक दहरूले बताउने गरेको छ|
 भागोपले पनि यही कुरालाई अनुभव गरेको बताइएको छ| गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि गोर्खा जनमुक्ति मोर्चाले छुट्टैराज्यको आन्दोलन गर्‍यो तर दवै नै विकासको मुद्दामा आएर आन्दोलनलाई शिथिल बनाउन मात्र होइन बाधा गर्ने काम पनि गरिरहेको पर्यवेक्षकहरु बताउँछन्| गोरामुमोले दागोपाप अनि गोजमुमोले जीटीए थापेपछि छुट्टैराज्यको आन्दोलन सकिएको धेरैले अनुभव रिरहेको बेला भागोपले केन्द्र अनि राज्यलाई छुट्टैराज्य सकिएको छैन अनि अब यसको उठान राष्ट्रियस्तरमा हुने बताएको छ| आर मोक्तानले भने,  जीटीए तथा दागोपाप छुट्टैराज्यको  सवालमा तुलना गर्न नमिल्ने मुद्दाहरू हुन्| सहीरुपले कुनै पनि लले मुद्दाबारे केन्द्रलाई बुझाउन नसकेको कुरा नै टास्क फोर्सले गहिरोरुपले लिएको छ| यसकारण टास्कफोर्सले केन्द्रलाई पूर्णतथ्य सहितको दस्तावेजहरू बुझाउने छ| एक अराजनैतिक सङ्गठनले राजनैतिक दलहरूलाई एकत्रित गरेर भागोपले राजनैतिक मुद्दाको उठान कसरी गर्न सक्छ भन्ने प्रशिनकको उत्तरमा भागोपका राष्ट्रिय प्रवक्ता मुनिष तामङले भने, भागोपलाई अराजनैतिक सङ्गठनले राजनैतिक मुद्दा हुँदैन भन्ने कुरालाई मान्दैन| जन सरोकारका कुरा भागोपले उठान गर्न सक्छ| यदि अराजनैतिक सङ्गठनले राजनैतिक मुद्दाको उठान नगर्ने हो भने अराजनैतिक सङ्गठनका कार्यकर्ताहरूले भोट पनि नहाल्नु पर्न हो| राजनैतिक  दलसित संलग्नहरूले मात्र भोट हाल्नु पर्ने हो| भारतमा कुनै पि नागरिकले राजनैतिक विचारको निर्माण गर्न सक्छ, राजनैतिक सवालमा बोल्न सक्छ| टास्क फोर्सले भारतभरिका गोर्खाहरूको राजनैतिक अनि चिह्नारीको सवालमा बोल्ने छ|


0 comments: