Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

17 Nov 2011

ब्ययामले मानिसहरु सधै स्वास्थ्य रहनु सक्छ – टी लाचुंगपा


कालेबुंग 17 नोभेम्बर : डी के वाइबा -
कालेबुंग संरक्षण समिति अनि दुख निवारक सम्मेलनको आयोजनामा आज दुख निवारक सम्मेलन भवनमा स्वास्थ्य सचेतना शिविर सम्म्पन्न भयो। यस अवसरमा सिक्क्किम राज्यका पुर्व बन मंत्री टी लाचुंगपा मुख्य रुपले उपस्थित रहेका थिए। तिनले कर्यक्रमलाइ सम्बोधन गर्दै बिशेष मानिसहरुको स्वास्थ्य कसरी सधै ठिकसित मिलाएर राख्न सकिनछ भन्ने बारेमा जानकारी गराए। तिनले बिशेष अहिले सम्मको जीवन यात्रामा आफुले स्वास्थ्य बारेमा हासिल गरेका अनुभवहरुबारे मानिसहरुलाइ जानकारी दिदै कालेबुंगमा एउटा व्ययाम शिविर आयोजना गर्नेबारे पनि अवगत गराए। मानिसहरु अहिले अनेकौ बिमारहरु हुने गरेको बताउदै नाना प्रकारका बिमारहरुबाट बाच्न मानिसहरुले व्ययाम गर्न आवश्यक र्हेको पनि लाचुंगपाले बताए। तिनले व्ययामको क्षेत्रमा 40 वर्षको अनुभव बताउदै यस चालीस वर्षको अनुभवमा आफुलेनै नया व्ययामको आबिष्कार गरेको अनि यस व्ययामको माध्यमले रोगहरुको निको हुनको साथै मानिसहरुको स्वास्थ्य पनि ठिक हुने पनि लाचुंगपाले अवगत गराए। तिनले चाडै कालेबुंगमा यस बिषयमा एउटा शिविरको आयोजना गर्ने जानकारी गराउदै यसबाट मानिसहरुको स्वास्थ्य बारेमा लाभ हुनको साथै यसबाट रोजकारको अवसर पनि प्राप्त हुने पनि जानकारी दिए। यस अवसरमा कार्यक्राममा शिक्षाविद पी आर प्रधान, आर एल त्रीखत्रि , सोनाम भोटिया आदिले पनि कर्य क्रमलाइ सम्बोधन गरे। 
mungpoo news

0 comments: