Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

6 Mar 2012

युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ

6 मार्च (कालेबुङ):-गोर्खा जनमुक्ति युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ। युवा मोर्चाले आइतबार मिरिकमा सम्बन्धित पक्षका प्रतिनिधिहरुसँग एउटा बैठकको आयोजना गरी यसबारे छलफल गरेको छ। मिरिकको टूरिष्ट लजमा सम्पन्न सो बैठकमा गोजमुमोको मिरिक शाखाका अध्यक्ष फूबी राई, नगरपालिका अध्यक्ष श्रीमती माला सुब्बा, मिरिक कलेजका प्राचार्य डा आनन्द खडका, मिरिक थानाका प्रतिनिधि मानस दासलगायत विभिन्न शैक्षिक संस्थानका प्रतिनिधिहरु सहभागी थिए। बैठकमा क्षेत्रमा चलिरहेको नशालु पदार्थको ओसारपसार र सेवनमाथि नियञ्त्रण बनाउन, विद्यार्थीहरुले भोग्न परिरहेको ट्राफिक समस्याको समाधान गर्न लगायत शिक्षासँग सम्बन्धित अन्य समस्याहरुको निराकरणबारे चर्चा भएको थियो। क्षेत्रका विद्यार्थीवर्गको हित अनि शैक्षिक विकासको निम्ति बैठकमा उपस्थित सबै पक्षले आ आफ्नो प्रकारले पहल र सहयोग गर्ने कुरामा सहमति प्रदान गरेका छन। विद्यार्थीवर्गलाई नैतिक अनि सामाजिक दायित्वहरुप्रति सचेत र जागरुक बनाउन युवा मोर्चाले आगामी अप्रेल महिनाको पहिलो सप्ताहमा एउटा संगोष्ठीको पनि आयोजना गरिने बैठकमा तय भएको छ। बैठकमा आफ्नो विचार प्रकट गर्दै मिरिक कलेजका प्राचार्य डा आनन्द खड्काले युवा मोर्चाको यस पहललाई स्वागतयोग्य बताएका छन।

0 comments: