Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2012

झील वरिपरिका हावाघरहरुको मरम्मती कार्य शुरु

9 मार्च (कालेबुङ):-मिरिकमा पर्यटन मौसम शुरु भएपछि स्थानीय गैर सरकारी संगठन सचेत मंज्चले झील वरिपरिका हावाघरहरुको मरम्मती कार्य शुरु गरेको छ।मिरिक घुम्न आउने पार्यटकहरुको सुबिधाको निम्ति झील परिसरमा निर्माण गरिएका हावाघरहरुको मरम्मती र रखरखाउको निम्ति सम्बन्धित निकायले चासो नदेखाए पछि गैर सरकारी संगठन सचेत मञ्च अग्रसर बनेको छ।मिरिक घुम्न आउने पर्यटकहरु झील परिसरमा बनाइएका हावाघरमा विश्राम गरी मिरिक झीलको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने गर्दछन। तर यी हावाघरहरुको रखरखाउको दिशामा सम्बन्धित विभागले ध्यान नदिएको कारण हावाघरहरुको अवस्था जीर्ण बन्दै गइरहेको थियो।पर्यटकहरुलाई विश्रामको सुबिधा उपलब्ध गराउने उद्देश्यले सचेत मञ्चका कार्यकर्ताहरुले हिजोदेखि हावाघरहरुको मरम्मती कार्य शुरु गरेका छन।बर्ष 2009मा स्थापित यस संगठनले झील परिसरमा रहेका धुप्पी घारीको सरसफाई र सुन्दरीकरनको दिशामा पनि काम गर्दै आई रहेको छ। सचेत मञ्चका अध्यक्ष रञ्जित रसाइलीले झील परिसरको सुन्दरीकरण र रखरखाउको दिशामा स्थानीय प्रशासनले चासो नदिएकोमा दुःख प्रकट गरेका छन।उनले मिरिकको पर्यटनको पुरानो गरिमा फर्काई ल्याउन नागरिक समाज जागारुक बन्नु पर्ने कुरामा जोड दिएका छन।

0 comments: