Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Mar 2012

दार्जीलिङ जिल्ला अस्पताल अनि कालेबुङ महकुमा अस्पताललाई सुपर स्पेशिलिटी अस्पतालको रुपमा बढोत्तरी गर्ने

7 मार्च (कालेबुङ):- पश्चिम बंगालको तृणमूल सरकारले दार्जीलिङ पहाडको कायाकल्प परिवर्तन गर्ने आफ्नो बचनलाई व्यवहारमा परिणत गर्ने दिशामा पहल शुरु गरेको छ। दार्जीलिङ पहाडमा विकासको कार्यलाई गति दिँदै राज्य सरकारले दार्जीलिङ जिल्ला अस्पताल अनि कालेबुङ महकुमा अस्पताललाई सुपर स्पेशिलिटी अस्पतालको रुपमा बढोत्तरी गर्ने निर्णय लिएको छ।यस योजनालाई मूर्त रुप दिन गठित हाई पावर कमिटिका दुइ सदस्यीय टोलीले यी दुइ क्षेत्रका अस्पतालहरुको स्थलगत निरीक्षण गरेर कलकता फर्केका छन। पश्चिम बंग स्वस्थ्य आयोगका प्रबन्ध निदेशक पुनित यादव अनि राज्य स्वस्थ्य विभागका संयुक्त सचिव पी विश्वासले हिजो दार्जीलिङ जिल्ला अस्पतालको निरीक्षण गरेका थिए भने आज कालेबुङ महकुमा अस्पताकको परिभ्रमण गरी यसको वर्तमान अवस्थाबारे जानकारी लिए। यसबाहेक जिल्लाका अन्य स्वस्थ्य केन्द्रहरुको पनि सुधार र बढोत्तरी गरिने भएको छ। हाई पावर कमिटिका सदस्यहरुले यी अस्पतालहरुको हालको ढाँचाबारे अध्ययन गरी राज्य सरकारलाई आफ्नि रिपोर्ट बुझाउने छन। क्षेत्रका यी अस्पतालहरुमा अत्याधुनिक स्वस्थ्य सेवा उपलब्ध गराएर पहाडवासीलाई स्तरीय स्वस्थ्य सेवा प्रदान गर्ने राज्य सरकारको विचार छ। हाई पावर कमिटिका सदस्यहरुले जिल्ला अस्पतालका अधिकृत डा एस भौमिक अनि कालेबुङ महकुमा अस्पतालका अधिकारी डा शुभरत्न प्रधानसँग बैठक गरी अस्पतालको समस्याहरुबारे जानकारी लिए।यता, दार्जीलिङ पहाडका अस्पतालहरुको अवस्थामा सुधार ल्याउन दागोपाप प्रशासकले हेल्थ भिजन 2012 नामक दस्तावेज राज्य सरकारलाई बुझाइ सकेको छ। अर्कोतिर, राज्य सरकारको यस प्रकारको पहललाई लिएर पहाडवासी उत्साहित देखिएका छन। सरकारी अस्पतालहरुमा पनि गुणस्तरीय स्वस्थय सेवाको उपभोग गर्न पाउने कुराप्रति पहाडका जनता आशावादी बनेका छन।

0 comments: