महकुमा अधिकारी एल एन शेर्पाले क्ल्याप दिएर चलचित्रको शुभ मुहर्तको औपचारिकता पूरा गरिएको थियो। मञ्जुमिता फिल्मसको ब्यानरमा निर्माण भई रहेको यस नयाँ चलचित्रको निर्माता राजु धामीले रहेका छन। निर्देशक तुलसी घिमिरेले यस फिल्मको मुख्य भुमिकाको निम्ति यसपालि नवोदित कलाकारहरुको चयन गरेका छन। घिमिरेले नायकको भुमिकामा कालेबुङका नयाँ अनुहार कुणाल सुन्दासलाई मौका दिएका छन भने नायिकाको रुपमा पनि नयाँ कलाकार हिमाणी डिसीको चयन गरेका छन। यस बाहेक चलचित्रमा पहाडका कलाकारहरु ललित गोले, भाष्कर प्रधान आदिको पनि भुमिका रहेको छ। यस फिल्मको अधिकांश दृश्यहरु कालेबुङमै छायाङ्कन गरिने तय गरिएको छ। यस चलचित्रको मुहर्तको अवसरमा सिने निर्देशक तुलसी घिमिरेले आफ्नो सम्बोधनमा पहाडमा कला र सिनेमाको क्षेत्रमा धेरै काम गर्न सकिने सम्भावना व्यक्त गरे। यसको निम्ति राजनैतिक स्थिरता र व्यवस्थाको सहयोगको खाँचो रहने उनको भनाई थियो। भारत नेपालमा निर्माण हुने नेपाली चलचित्रको विकास र सम्वर्द्धनको निम्ति घिमिरेको प्रयासमा चिल्ड्रेन फिल्म्स सोसाइटी र भारत नेपाल कलाकार संघको पनि गठन गरिएको छ। आज मुहर्तको अवसरमा यी संगठनहरुको तर्फबाट पहाडका चार जना विभिन्न क्षेत्रका व्यक्तिव्वहरुलाई सम्मान पनि जनाइएको थियो। शिक्षाको क्षेत्रमा कालेबुङको एसयुएमआईका पूर्व प्राचार्य पीआर प्रधान, सिक्किमनाम्चीको न्यु लाइट एकाडेमीका प्राचार्य लोपसाङ लामा, राजनीतिमा गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि पत्रकारिताको क्षेत्रमा हिमालय दर्पणका प्रकाशक सन्दीप चौधरीलाई प्रशस्ती पत्र प्रदान गरि सम्मानित गरिएको थियो। मोर्चा प्रमुख बिमल गुरुङ अनि सन्दीप चौधरीको अनुपस्थितिमा उनीहरुका प्रतिनिधिहरुले सम्मान ग्रहण गरेका थिए। यता, यस नयाँ चलचित्रबारे जानकारी दिँदै निर्देशक तुलसी घिमिरेले नयाँ कलाकारहरुलाई लिएर फिल्म निर्माण गर्दा व्यावसायिक जोखिमको सम्भावनालाई खारेज गरेका छन।
4 Jun 2012
तुलसीको दृष्टिकोण’मा नयाँ कलाकारहरु
4 जून (कालेबुङ):- चलचित्र निर्माता निर्देशक तुलसी घिमिरेले फेरि एकपल्ट नयाँ कलाकारहरुलाई अवसर प्रदान गर्दै नयाँ फिल्म दृष्टिकोणको निर्माण कार्य शुरु गरेका छन। कालेबुङको टाउन हलमा आज यस नयाँ चलचित्रको मुहर्त सम्पन्न भयो। कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री मुख्य अतिथि रहेको यस कार्यक्रममा महकुमा अधिकारी एल एन शेर्पालगायत कला सिनेमा र संघ संस्थासित सम्बन्धित मानिसहरु सहभागी थिए।
महकुमा अधिकारी एल एन शेर्पाले क्ल्याप दिएर चलचित्रको शुभ मुहर्तको औपचारिकता पूरा गरिएको थियो। मञ्जुमिता फिल्मसको ब्यानरमा निर्माण भई रहेको यस नयाँ चलचित्रको निर्माता राजु धामीले रहेका छन। निर्देशक तुलसी घिमिरेले यस फिल्मको मुख्य भुमिकाको निम्ति यसपालि नवोदित कलाकारहरुको चयन गरेका छन। घिमिरेले नायकको भुमिकामा कालेबुङका नयाँ अनुहार कुणाल सुन्दासलाई मौका दिएका छन भने नायिकाको रुपमा पनि नयाँ कलाकार हिमाणी डिसीको चयन गरेका छन। यस बाहेक चलचित्रमा पहाडका कलाकारहरु ललित गोले, भाष्कर प्रधान आदिको पनि भुमिका रहेको छ। यस फिल्मको अधिकांश दृश्यहरु कालेबुङमै छायाङ्कन गरिने तय गरिएको छ। यस चलचित्रको मुहर्तको अवसरमा सिने निर्देशक तुलसी घिमिरेले आफ्नो सम्बोधनमा पहाडमा कला र सिनेमाको क्षेत्रमा धेरै काम गर्न सकिने सम्भावना व्यक्त गरे। यसको निम्ति राजनैतिक स्थिरता र व्यवस्थाको सहयोगको खाँचो रहने उनको भनाई थियो। भारत नेपालमा निर्माण हुने नेपाली चलचित्रको विकास र सम्वर्द्धनको निम्ति घिमिरेको प्रयासमा चिल्ड्रेन फिल्म्स सोसाइटी र भारत नेपाल कलाकार संघको पनि गठन गरिएको छ। आज मुहर्तको अवसरमा यी संगठनहरुको तर्फबाट पहाडका चार जना विभिन्न क्षेत्रका व्यक्तिव्वहरुलाई सम्मान पनि जनाइएको थियो। शिक्षाको क्षेत्रमा कालेबुङको एसयुएमआईका पूर्व प्राचार्य पीआर प्रधान, सिक्किमनाम्चीको न्यु लाइट एकाडेमीका प्राचार्य लोपसाङ लामा, राजनीतिमा गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि पत्रकारिताको क्षेत्रमा हिमालय दर्पणका प्रकाशक सन्दीप चौधरीलाई प्रशस्ती पत्र प्रदान गरि सम्मानित गरिएको थियो। मोर्चा प्रमुख बिमल गुरुङ अनि सन्दीप चौधरीको अनुपस्थितिमा उनीहरुका प्रतिनिधिहरुले सम्मान ग्रहण गरेका थिए। यता, यस नयाँ चलचित्रबारे जानकारी दिँदै निर्देशक तुलसी घिमिरेले नयाँ कलाकारहरुलाई लिएर फिल्म निर्माण गर्दा व्यावसायिक जोखिमको सम्भावनालाई खारेज गरेका छन।
महकुमा अधिकारी एल एन शेर्पाले क्ल्याप दिएर चलचित्रको शुभ मुहर्तको औपचारिकता पूरा गरिएको थियो। मञ्जुमिता फिल्मसको ब्यानरमा निर्माण भई रहेको यस नयाँ चलचित्रको निर्माता राजु धामीले रहेका छन। निर्देशक तुलसी घिमिरेले यस फिल्मको मुख्य भुमिकाको निम्ति यसपालि नवोदित कलाकारहरुको चयन गरेका छन। घिमिरेले नायकको भुमिकामा कालेबुङका नयाँ अनुहार कुणाल सुन्दासलाई मौका दिएका छन भने नायिकाको रुपमा पनि नयाँ कलाकार हिमाणी डिसीको चयन गरेका छन। यस बाहेक चलचित्रमा पहाडका कलाकारहरु ललित गोले, भाष्कर प्रधान आदिको पनि भुमिका रहेको छ। यस फिल्मको अधिकांश दृश्यहरु कालेबुङमै छायाङ्कन गरिने तय गरिएको छ। यस चलचित्रको मुहर्तको अवसरमा सिने निर्देशक तुलसी घिमिरेले आफ्नो सम्बोधनमा पहाडमा कला र सिनेमाको क्षेत्रमा धेरै काम गर्न सकिने सम्भावना व्यक्त गरे। यसको निम्ति राजनैतिक स्थिरता र व्यवस्थाको सहयोगको खाँचो रहने उनको भनाई थियो। भारत नेपालमा निर्माण हुने नेपाली चलचित्रको विकास र सम्वर्द्धनको निम्ति घिमिरेको प्रयासमा चिल्ड्रेन फिल्म्स सोसाइटी र भारत नेपाल कलाकार संघको पनि गठन गरिएको छ। आज मुहर्तको अवसरमा यी संगठनहरुको तर्फबाट पहाडका चार जना विभिन्न क्षेत्रका व्यक्तिव्वहरुलाई सम्मान पनि जनाइएको थियो। शिक्षाको क्षेत्रमा कालेबुङको एसयुएमआईका पूर्व प्राचार्य पीआर प्रधान, सिक्किमनाम्चीको न्यु लाइट एकाडेमीका प्राचार्य लोपसाङ लामा, राजनीतिमा गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि पत्रकारिताको क्षेत्रमा हिमालय दर्पणका प्रकाशक सन्दीप चौधरीलाई प्रशस्ती पत्र प्रदान गरि सम्मानित गरिएको थियो। मोर्चा प्रमुख बिमल गुरुङ अनि सन्दीप चौधरीको अनुपस्थितिमा उनीहरुका प्रतिनिधिहरुले सम्मान ग्रहण गरेका थिए। यता, यस नयाँ चलचित्रबारे जानकारी दिँदै निर्देशक तुलसी घिमिरेले नयाँ कलाकारहरुलाई लिएर फिल्म निर्माण गर्दा व्यावसायिक जोखिमको सम्भावनालाई खारेज गरेका छन।








0 comments:
Post a Comment