यसबाहेक ग्रामिण क्षेत्रका पर्यटन स्थल र प्राकृतिक सुन्दरताको आनन्द उठाउन पर्यटकहरु इको अनि भिलेज टुरिजमतिर पनि आकृष्ट बन्दै गइरहेको छ। मोर्चाको आन्दोलनको अवधीमा पहाडको पर्यटन उद्योग प्रभावित भए पनि अहिले स्थिति सामान्य भएपछि यो व्यवसायले फेरि एकपल्ट गति पक्रेको छ। यसपालिको सिजनमा पर्यटकहरुको आगमनमा दोब्बर वृद्धि भएपछि यस पेशासँग संलग्न मानिसहरु उत्साहित देखिएका छन। पहाडमा मुख्य रुपले दुइवटा समयलाए पर्यटन मौसमको रुपमा हेरिन्छ। अप्रेलदेखि जून महिनाको तेस्रो सप्ताहसम्म पर्यतकहरुको आग्मन हुने गर्दछ भने बर्षायामपछि अक्टोबरदेखि जनवरीसम्म फेरि पर्य़टकहरु पहाड घुम्न आउने गर्दछन। दोस्रो सिजनमा विदेशी पर्यटकहरुको धेर आगमन रहन्छ भने अप्रेलदेखि जूनसम्मको सिजनमा घरेलु पर्यटकहरुको बढी आगमन हुने गर्दछ। अहिले पहाडमा विशेष गरी कलकता क्षेत्रका घरेलु पर्यटकहरुको संख्या अत्याधिक रहेको छ भने देशका अरु क्षेत्रहरु दिल्ले, गुजरात र दक्षिण भारतबाट पनि पर्यटकहरुको आगमन भएको होटल व्यवसायीहरुले बताएका छन। यसपालि सिजन शुरु भएदेखि यता एक्लो कालेबुङमा मात्र तीनदेखि चारलाख घरेलु पर्यटकहरुको आवागमन भएको तथ्याङ्क प्राप्त भएको छ। प्राकृतिक रुपले समृद्ध रहेको पहाडमा राजनैतिक अथिरताका कारण बिगत बर्षसम्म पनि पर्यटकहरु आउन असुरक्षित अनुभव गर्थे। तर अहिले यहाँ कुनै प्रकारको राजनैतिक तनाउ र समस्या नरहेको कारण घुम्न आएको एक पर्यतक दम्पत्तिले बताएका छन।यता, कालेबुङका होटल व्यावसायीहरुको संगठन होर्याककी अध्यक्ष संयोगिता सुब्बाले पनि राजनैतिक स्थिरताको कारणले नै पहाडमा पर्यटनले आफ्नो पुरानो गति पक्रेको बताएकी छन।








0 comments:
Post a Comment