Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Jul 2013

शहीद कप फुटबल खेल


कालेबुङ,24 जुलाई: कालेबुङको मेला ग्राउण्डमा हाल सम्पन्न भइरहेको शहीद कप फुटबल खेलले यहाँका फूटबल प्रेमी दर्शकहरुलाई  उचित मनोरञ्जन दिइरहेको छ। जम्मा 17 वटा
टोलीले उक्त
प्रतियोगितामा भाग लिएको छ। यस शहीद कप फुटबल प्रतियोगिताको फाइनल खेल आगमी 3 अगस्तको दिन हुनेछ। फूटबल प्रेमी दर्शकहरूको भीड़बीच  आज कञ्चनजंघा क्लब सिलगड़ी वनाम जीआरसी कालेबुङबीच खेल सम्पन्न भयो। जसमा 1 को विरूद्ध 3 गोल गरेर कञ्चनजंघा सिलगड़ी विजयी बनेको छ। प्रतियोगिताको दोस्रो खेल सिक्किम पुलिस वनाम शेयर क्लब कालेबुङबीच सम्पन्न भएको थियो। दुवै टोलीले 1-1 गोल गर्दा 90 मिनटमा खेल बराबर हुँदा खेलको चुढान्त निर्णय ट्राइब्रेकर मार्फत्‌ गरियो। जसमा शेयर क्लब कालेबुङ विजयी बनेको छ। शहीदहरूलाई श्रद्धाञ्जलि  अर्पण गर्न कालेबुङ खेलकूद संस्थाले प्रतिवर्ष शहीद कप फूटबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ। यस शहीद कप फूटबल प्रतियोगिताको समापनपछि आगमी 5 अगस्तदेखि स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता शुरू हुने केएसएका सचिव ढेण्डुप भोटियाले जनाएका छन्‌। आयोजक पक्षको भनाइअनुसार यसवर्ष सिक्किम, नेपाल, बंगलादेश, दार्जीलिङ, खरसाङ, कलकत्ता आदिका टोलीले प्रतियोगितामा भाग लिइने समभवना रहेको छ।

0 comments: