Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Jul 2013

कालेबुङमा शहीद कप शुरु सिक्किम पुलिस अनि सिलगढी विजयी

कालेबुङ, २१ जुलाई|
कालेबुङको शान र खेलप्रेमी स्थानीयबासीको ढुकढुकी बनिसकेको रोचक अनि प्रतिष्ठित शीहद कप फूटबल टुर्नामेण्ट आजदेखि मेला ग्राउण्डमा शुरु भएको छ| गोर्खाल्याण्ड आन्दोलनकालका शहीदहरूको नाममा शुरु गरिएको निक्कै लामो इतिहास बोकेको यो प्रतियोगिताको आयोजना कालेबुङ स्पोर्टस् एसोसिएसनले गरेको छ|
टुर्नामेण्टमा सिक्किम स्पोर्टस एकाडेमी, सिक्किम आर्मड पुलिस, हिमालश्री क्लब कालेबुङ, मर्निङ फुटबल क्लब बंग्लादेश, मेची फुटबल क्लब नेपाल, एसएसबी रानीडंगा, सुपर स्टार दार्जीलिङ, शेयर फुटबल क्लब, टीकेकेएस दार्जीलिङ, सिनाल्चु नाम्ची, केएफसी सिलगडी, जीआरसी कालेबुङ, अफ्रिकन-११, बीएसएफ जालन्धर लगायतका जम्मा १७ वटा आमन्त्रित दलहरूले अंंशग्रहण गरेका छन्|
टुर्नामेण्टको आजको उदघाटनीय खेल समारोहमा सिप्सुकाण्डका शीहद विमला राईकी दाजु विमल राई मुख्य अतिथिको रुपमा उपस्थित थिए| अन्य अतिथिहरूमा दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशनका अध्यक्ष दावा लामा, इष्ट बंगालका कप्तान सञ्जु प्रधान, थुपदेन भोटिया डिपुटी डाइरेक्टर स्पोर्‍टस सिक्किम सरकार, प्रसिद्ध फूटबल खेलाडी तमु भाई गोजमुमो कालेबुङ महकुमा समितिका संयोजक नोर्देन लामा, सचिव कुमार चामलिङ, केएसएका सचिव ढेण्डुप भोटिया, सभापति उर्गेन लामा (मिनी) आदि उपस्थित थिए| ३ जुलाईका दिनसम्म चल्ने यस प टुर्नामेण्टका विजयी दललाई ट्रफी सहित नगद १ लाख अनि उपविजेता दललाई ५० हजार रुपियॉं प्रदान गरिनेछ| शहीद कपको आजको प्रारम्भिक अनि उद्घाटनीय खेल सिक्किम आर्मड पुलिस र सुपर स्टार दार्जीलिङको परस्पर खेलिएको थियो|
यस नकअउट टुर्मामेन्टको पहिलो खेलमा सिक्किम आर्मड पुलिसले सुपस्टार दार्जीलिङलाई १ को विरूद्ध ६ गोल दिएर एकतर्फी जीत हासिल गरेको छ| अर्कोतिर, दोस्रो खेलमा केएफसी सिलगढीले सिक्किम स्पोर्टस एकाडेमीलाई १ को विरूद्ध २ गोल गरेर विजय हासिल गरी दोस्रो चरणमा प्रवेश गरेको छ|
दोस्रो दिनको पहिलो खेल मंगलबार टीकेकएस दार्जीलिङ बनाम सिनाल चु नाम्चीमाझ अनि दोस्रो खेल यूकेएफसी खरसाङ अनि केएफएयूको परस्परमा हुनेछ|
स्मरण गराइन्छ, पोहर वर्ष शहीद कप टुर्मामेन्ट सम्पन्न हुन सकेन| अन्तिमपल्ट २०११ मा भएको खेलमा अम्पायर अनि खेलाडीहरूमाझ मैदानभित्रै भएक हतापाईले शहीद कपको गरिमामा गहिरो दाग लागेको थियो| यसचोटि अनुशासनवद्ध ढङ्गमा खेल सञ्चालन गर्ने आह्वान गर्दै जम्मै अम्पायरहरू कालेबुङ बाहिरबार निम्ताइएको छ|

0 comments: