Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Jul 2013

आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल

कालेबुङ, २४ जुलाई| कालेबुङका आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल वितरण भइरहेको घटना आज खुलासा भएको छ| जनसरोकारको समस्याहरुमाथि आवज उठाउँदै आइरहेका  माकपा (मार्सवादी कम्यूनिष्ट पार्टी)का कालेबुङ आञ्चलिक समिति सचिव तारा सुन्दासले उक्त घटना प्रकाशमा ल्याएका हुन्| हालै यहाँका आईसीडीएस
केन्द्रहरुलाई विभागले वितरण गरेको खानेतेलमा  विभिन्न प्रकारको प्रदुषित तत्वहरुको मिलवाट रहेको माकपा नेता सुन्दासको भनाइ छ
| आफ्नो भनाइलाई पुष्टी गर्न खानेतेलको बट्टा बोकेर नै आज सुन्दास महकुमा अधिकारको कार्यालयमा पुगेका थिए।  महकुमा अधिकारीको अनुपस्थितिमा यहाँका डिपुटी मेजिट्रेट-डिपुटी कलेक्टर प्रितम लिम्बु समक्ष तिनले घटनाको विवरण राख्दै उक्त निम्नगुणस्तरीय तेल यथाशीघ्र फर्काउनुपर्ने माग गरेका छन्| तथाकथित तोरीको तेलले नकरात्मक असर पर्ने बताउँदै तिनले डिपुटी मेजिट्रेट-डिपुटी कलेक्टर प्रितम लिम्बुलाई एउटा ज्ञापन पत्रपनि चढाएका छन्| बिहार मध्यान्न भोजन घटनाको उदाहरण दिँदै यस्ता खानेतेलको कारण पहाडमा पनि सोही घटना दोहोरिनसक्ने सम्भावना व्यक्त गर्दै विभागलाई सतर्क गराएका छन्| एक हातमा असल्ली तोरीको तेल अनि दोस्रो हातमा आईसीडीएस केन्द्रहरूमा प्रदान गरिएको तेल देखाउँदै विभागले नै यसको पार्थक्य छुट्टाउनुपर्ने सुन्दासले बताए| ‘केन्द्रमा पौष्टिक खानाहरू पकाइनको निम्ति करीब एक वर्षपछि ३ अनि ४ जुलाईको दिन उक्त तेल वितरण गरिएको हो| यसप्रकारको तेलमा पकाएको खानाले केन्द्रमा खाने छ वर्षसम्मका नानी अनि सुत्केरी आमाहरूको स्वास्थ्यमा धेरै नराम्रो असर गर्नसक्छ| अहिले वितरण गरियो यो तेल चॉंडो भन्दा चॉंडो फर्काउनुपर्छ| आइसीडीएस सेन्टरमा बॉंडिने प्रत्येक खाद्यवस्तु लगायत पाकिसकेको खाद्य वस्तुको पनि निरिक्षण गर्नुपर्छ’-सुन्दासले भने| यस प्रकारको घटनामाथि चाडैनै विभागले निरिक्षण गरि सकारात्मक पहल नगरे आइडीसीएसका उच्च अधिकारीहरूविरूद्ध न्यायलयमा मुद्दा दर्ता गर्ने  तिनले चेताउनी दिएका छन्| यता, विभागीय पक्षबाट प्रितप लिम्बुले  सुन्दासले उठाएको खानेतेलको मुद्धाप्रति चाडैनै उचित पहल शुरु गर्ने बताएका छन्। यसबारे आईसीसीएसका सीडीपीओ अनि डीपीओलाई सूचित गरिने आशवसन दिँदै  अधिकारीहरुलाई चॉंडैनै यसको निरिक्षण गर्न तिनले निर्देश पनि दिने जनाएका छन् | विहारमा जस्तै मध्यान्न भोजन काण्ड यता दोहोरिन नदिन बितेको १९ जुलाईको दिन खण्ड विकास अधिकारी, स्कूल एसआई आदिसित बैठक गरेर प्रत्येक स्कूलहरूको मध्यान्न भोजन अनि खाद्यवस्तुको गुणस्तर निरिक्षण गर्ने निर्देश दिइसकेको पनि अधिकारी लिम्बुले अवगत गराएका छन्| यस प्रस्तावको प्रतिलिपि प्रतेक खण्ड स्तरीय विभागीय अधिकारीहरूसमक्ष पठाइसकेको तिनको भनाइ छ| अर्कोतिर,पत्रकारसम्मेलनमा बोल्दै  माकपा नेता सुन्दासले आइसीडीएस केन्द्र निर्माणको मुद्धा पनि उठाएका छन्। सुन्दासको भनाइअनुसार कालेबुङ खण्ड २, ३ अनि घुम सुखियापोखरीको निम्ति भनेर ९६ वटा केन्द्र निर्माण गर्न अघिबाटै टेण्डर भइसकेको छ| तर, निर्माण कार्यभने  शुरु भएको छैन। यसैले टेण्डरमा पारित भइसकेका यी केन्द्रहरूको निर्माण कार्य चॉंडै शुरु गरिनुपर्ने तिनले आवज उठाएका छन्।

0 comments: