Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Jul 2013

जीटीए, विमल र विफलता

कालेबुङ, २१ जुलाई|
राजनीतिमा नेतृत्व तब विफल हुन्छ जब उसको कदम जनआकांशाविरूद्ध जान्छ| पहाडको वर्तमान राजनीतिमा मोर्चा अध्यक्ष विमल गुरुङले जीटीएमा सम्झौता गर्नु जनआकांशा विरोधी कदम भएकोले नै आज उनी विफलतातिर गइरहेको एकथरिका राजनैतिक जानकारहरूको मत छ| गोर्खाल्याण्डको नाममा आन्दोलन गर्दागर्दै राज्य अनि केन्द्र सरकारसित आम सहमति भएको जीटीए व्यवस्था दुइ-चारवर्षसम्म पनि थाम्न नसक्ने स्थितिमा पुगेकोले मोर्चाले हराउँदो जनसमर्थनको अभावमा नै गोर्खाल्याण्ड आन्दोलन गर्छु भन्नपरेको विपक्षका दलहरूको वयानले यसको पुष्टि गर्छ|
मोर्चाभित्रकै बौद्धिक प्रकोष्टका धुरन्धरहरूबाट प्रेरित विमल गुरुङले जीटीएमा सम्झौता गरेपछि नै मोर्चा साङ्गठनिक रुपमा दुर्वल हुनपुगेको हो| यद्यपि, जीटीएबाट पहाडको सर्वाङ्गिन विकास हुने दावीमा मोर्चाले जीटीएलाई राज्यभित्रकै राज्यको दर्जा दिँदै पहाडबासीलाई ठूलै सपना देखाएकै हो| तर समय बित्दै जॉंदा विपरित शक्तिको रुपमा रहेको राज्य सरकारसितको बढ्दो दुरी अनि सम्झौताअनुसारको क्षमता प्रदान नहुनुको परिणामस्वरुप जीटीए नचल्ने दुवानी हुनपुग्यो| फलस्वरुप, जनतालालाई देखाएको सपना मोर्चाले पूर्ण गर्न सकेन| जनतालाई देखाएको ठूला-ठूला सपना पूर्ण नसकेको एउटा स्थिति, तेलङ्गना राज्य गठन हुनसक्ने सम्भावना, मौजा अन्तर्भुक्तिको मूद्दा, डुवर्सको पञ्चायत चुनाउ, पहाडमा विपक्षी शक्तिहरूको चलखेल, मोर्चाप्रति हराउँदो लोकप्रियता लगायतका कारणहरूले नै आज मोर्चालाई जीटीए त्याग्नुपर्ने वाध्यतामा पुर्‍याएको हो| हुन त यसभन्दा अघिपनि जीटीए छोडेर आन्दोलनमा जाने धम्की मोर्चाबाट नआएको होइन| तर सरकारबाट जीटीएलाई अझ क्षतताबान बनाउने आश्‍वासन आएपछि सेलाउने गरको मोर्चाको रणनीतिलाई यसचोटि पनि धेरैले विश्‍वास गर्न सकिरहेको छैन| गोरामुमोले छुट्टै राज्यको आन्दोलन गर्दागर्दै ग्रहण गरेको दागोपापले जनआकांशा पूर्ण गर्न नसकेपछि सुवास घिसिङ जसरी विफल भए त्यसरी नै आफूपनि विफल हुने डरले समयमा नै नफल्ने बनतरुल उखाल्नुपर्ने विमलले मन बनाएको हुनसक्ने पनि एकथरिका जानकारहरूको मत छ| गोरामुमो सत्तामा छँदा देशमा तीनवटा नयॉं राज्य उत्तराखण्ड, झारखण्ड र छत्तिसगढको गठन भयो| अब गोजमुमो सत्तामा हुँदा तेलङ्गना राज्य गठन हुने स्थिति छ| सुवास घिसिङ त्यसबेला मौन बसे तर विमल गुरुङ मौन बस्न चाहँदैनन्| किनभने, तेलङ्गना राज्य गठन भएको खण्डमा उनी मौन बसे पहाडमा मोर्चविरोधी लहर अवश्यै उठ्नैसक्छ| यसैले समयमा नै जनताको मुख बुच्याइउन जीटीए त्यागेर आन्दोलनमा जाने भन्ने उनको छुट्टै रणकौशल हुनसक्ने सम्भावना पनि छ| देशमा छुट्टै राज्य बनिननसक्ने परस्थिति नभएको भन्दै सरकारको सुझाउअनुसार ग्रहण गरेको जीटीए विफलतातिर लम्किरहेको छ| यदि जीटीए विफल भएको खण्डमा मोर्चाले फेरि गोर्खाल्याण्डको आन्दोलन गर्नसक्ने कुरामा पनि सन्देह छ| जीटीएलाई त्याग्ने मोर्चाको घोषणालाई विपक्षी दलहरूले सरकारसितको क्षमता बढाउने वार्गेनिङ पोइन्टको रुपमा हेरिरहेको छ| मोर्चा अध्यक्षले भन्दा अघि नै मोर्चाकै भातृ सङ्गठनहरूले जीटीए त्याग्नुपर्ने चाप दिनु पनि अध्यक्षकै निर्देशनमा भएको सरकारसित वार्गेनिङ पोइन्ट मात्र हुनसक्ने कुरालाई सहयोग पुग्छ| जीटीएको विफलता मोर्चाकै निम्ति मात्र नभएर राज्य अनि केन्द्र सरकारकै विफलता हुनजान्छ| जे जस्तै भएपनि गोर्खाल्याण्डको नाममा मोर्चा अनि विमल गुरुङको पहिलो अध्याय आज विफलतातिर ढकेलिँदो स्थितिमा छ|

0 comments: