Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Sept 2013

विकास अनि शान्ति खोज्दै मोर्चा समर्थकहरु तृणमूलमा सामेल

कालेबुङ 21 सेप्टेम्बर
कालेबुङ महकुमा अन्तगर्त पर्ने 41 गिटडाव्लीङ निम्बोङ स्मष्टिका लगभग दर्जनौ गाँऊका मोर्चा समर्थकहरु आज तृममूल कंग्रेसमा साले भएका छन्। स्मष्टिका तृणमूल कंग्रेस नेता छिरिङ शेर्पाले आज निम्बोङ सर्वजनिक भवनमा एउटा जनसभाको आयोजना गरि क्षेत्रमा मोर्चा समर्थकहरुलाई आफ्नो दलमा सामेल गराएका छन्। उक्त क्षेत्रका मोर्चा समर्थकहरुलाई तृणमूलमा सामेल गराउन आज उत्तर बंगाल विकास मन्त्री गौतम देव नै निम्बोङ आइपुगेका थिए। तृणमूल नेता ब्रुनौ लेप्चाको अध्यक्षतामा सम्पन्न भएको तृणमूल कंग्रेसको आजको जनसभामा दलका शिर्ष नेताहरु कृष्णा पाल, बिनी शर्मा लगायत पहाड़का तृणमूल नेताहरु राजेन मुखिया, केएन सुब्बा, एनबी खवास, छेवाङ भोटीया आदि उपस्थित थिए। उक्त स्मष्टि अन्तगर्त पर्ने लङ्गरुप, यलबोङ, बरबोट, निम्बोङ, दलपचंद, गिटडाब्लीङ, पाबरिङ, समथार लगायत 42 नम्बर स्मष्टि अन्तगर्त पर्ने गैरीबाँस अनि गोङ्नु क्षेत्रहरुबाट पनि आज मोर्चा समर्थकहरु दलत्यागी तृणमूल कंग्रेसमा सामेल भएका छन्। निम्बोङको जर्वजनिक भवनमा आज सम्पन्न भएको जनसभामा मन्त्री देवले आफ्नो दलमा सामेलहुनेहरुलाई दलको झण्डा प्रदान गरेका थिए। समर्थकहरुलाई झण्ड प्रदान गर्ने क्रम पछि स्मष्टिका तृणमूल नेता छिरिङ शेर्पाले सभालाई सम्बोधन गर्दै तृणमूल कंग्रेस मार्फत आफ्नो क्षेत्रमा विसाक कार्य शुरु गर्ने बचन दिएका छन्। तिनले आफ्नो सम्बोधनमा मोर्चा अनि यस दलका नेताहरुको पनि आलोचना गरेका छन्। पाँच वर्षसम्म मेरो घर तोड़यो तिनले मोर्चाको राजनीतिक नीतिको आलोचना गर्दै भने यो कस्तो गान्धीवादी आन्दोलन जनता संग-संगै मैले पनि दुख पाएको छु। पाँच वर्षपछि आज फेरि आफु गाँऊको नजिक आएको बताउँदै तिनले मोर्चाको राजनीतिक यात्राले आफ्नो क्षेत्रको नैतिक आचरणसम्मेत बिगारेको आरोप लगाए। ठूलोहरुलाई नमस्कार गर्नसमेत छोड़ेछ साह्रै दुख लाग्यो तिनले भने। शेर्पाले आजको जनसभाबाट मोर्चाले सयदिने रोजगारमा व्यापक घोटला गरेको आरोप लगाएका छन्। यो जीटीए भन्ने बढ़ा मजाको रहेछ, पोस्टमास्टरहरुलाई फाइदा भएको छ, जब कार्डले जनतालाई होइन नेताहरुलाई रोजगार दिएको छ तिनले भने। सरकारबाट प्राप्त हुने साहुलियत अनि अधिकारहरु जनतासम्म पुग्नु पर्ने तिनले बताए। तिनले आजको जनसभा अबधि नै मन्त्री देवलाई क्षेत्रवासीको निम्ति पिउने पानी अनि बन विभागको अधिनस्थ रहेको रड़कहरु निर्माण गरिनु पर्ने मांग गर्दै ज्ञ्यापन पत्रहरु पेस गरेका छन्। तिनले मोर्चा अध्यक्ष विमल गुरुङको बयानको आलोचना गर्दै भने खुनको खोलाको के कुरा निधारमा गोली खानेको पनि देखेको छु। तृणमूल नेता शेर्पाले छुट्टै राज्य गोर्खाल्याण्ड निम्ति पहाड़मा चलिरहेको आन्दोलनको वास्ता नगरि पहाड़मा हाल विकास अनि शान्तिको आवश्यक्ता रहेको दावी गरेका छन्। निम्बोङमा आज सम्पन्न भएको जनसभालाई तृक नेताहरु छेवाङ भोटीया, राजेन मुखिया, शारदा सुब्बा, मनोज देवान आदिले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा नेता राजेन मुखियाले हाल समस्यामा परिरहेका सरकारी कर्मचारीहरुलाई आफुकहाँ आएर सम्पर्क गरिदिने अनुरोध गरेका छन्। आजको जनसभा अवधि नै क्षेत्रवासीको पक्षमा विभिन्न संस्थाका प्रतिनिधिहरुले गाँऊ विकासको मुद्दाहरुलिएर मन्त्री देवलाई धेरैवटा ज्ञ्यापन पत्रहरु पनि पेस गरेका छन्। मन्त्री देवले आफ्नो अधिकार अनुरुप क्षेत्रको विकासको निम्ति ती मुद्दाहरुबारे सकारात्मक पहल शुरु गर्ने बचन दिएका छन्। आजको जनसभामा स्मष्टिका विभिन्न गाँऊहरुबाट लगभग ढेड़यस मानिसहरु उपस्थित बनेका थिए।

0 comments: