Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

11 Nov 2013

भागोपका राष्ट्रीय महासचिव प्रभाकर देवानले राजीनामा दिए

कालेबुङ, 10 नोभेम्बर (प्रदीप)ः भागोपका राष्ट्रीय महासचिव प्रभाकर देवानले आफ्नो पदबाट राजीनामा दिएको जानकारी पाइएको छ।
तिनले आफ्नो व्यक्तिगत व्यस्तालाई कारण देखाएर महासचिवको पदत्याग गरेको भागोप सूत्रले जनाएको छ। यद्यपि दुवै पक्षबाट यस कुराको आधिकारिक पुष्टि भने हुन सकेको छैन। यसबारे प्रतिक्रिया लिन देवानसँग सम्पर्क गर्दा फोनकल ग्रहन गरेनन भने यता भागोप अध्यक्ष डा एनोसदास प्रधानले यस घटनालाई केवल हल्ला मात्र बताएका छन। यद्यपि, भागोपसूत्रले बताएअनुसार देवानको राजिनामा पत्र हात पारे पनि भागोपले अहिले नै यसलाई स्वीकार गरेको छैन। यसबारे सङ्गठनको राष्ट्रिय कार्यकारी समितिमा छलफल गरेर निर्णय लिइनेछ।

0 comments: