Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Nov 2013

तकलिङ प्राथमिक उच्च पाठशालामा बाल दिवस पालन

कालेबुङ 14 नोभेम्बर
तकदाह खण्डविकास अन्तगर्त तकलिङ ग्राम-पञ्चायतमा रहेको तकलिङ निम्न उच्च पाठशालाले आज राष्ट्रीय बाल दिवस भव्यसाथ पालन गऱ्यो। पाठशालाका प्रध्यपक देवेन छेत्रीको अध्यक्षमा सम्पन्न भएको बास दिवस समारोहमा भुतपूर्व प्रध्यपक एनटी लेप्चा प्रमुख अतिथि रहेका थिए।
पाठशालाका शिक्षक दावा छिरिङ योञ्जनले कार्यक्रममा पण्डीत जवहारलाल नेहरु अनि बाल दिवसको महत्व बारे बार्ता पेस गरेका थिए। यसै कार्यक्रमको अवसरमा आज क्षेत्रका विभिन्न पाठशालाहरुका विद्यार्थीहरुमाझ हाजिरी-जवाब प्रतियोगीता पनि सम्पन्न भयो। प्रतियोगीतामा सेन्ट स्टेफन स्कूल, गान्धी संम्राक स्कूल, बड़ामंगवा प्राथमिक पाठशाला अनि सोरेङ माध्यमिक शिक्षा केन्द्रका विद्यार्थीहरुले भाग लिएका थिए। उक्त कार्यक्रममा क्षेत्रमा विभिन्न पाठशालाहरुका शिक्षक-शिक्षिका, विद्यार्थी लगायत अविभावकहरु पनि सरिक बनेका थिए। समारोहमा विद्यार्थीहरुले रोचक संस्कृतीक कार्यक्रमहरु पनि प्रस्तुत गरेको शिक्षक दावा छिरिङ योञ्जनले जनाएका छन्।

0 comments: