Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Nov 2013

बाल दिवसमा संस्थाहरु सड़कमा

कालेबुङ 14 नोभेम्बर
बाल मित्र सप्ताह पालन गरिरहेको यहाँको चाइल्डलाइन अनि बाल सुरक्षा अभियानले आज राष्ट्रीय बाल दिवसको अवसरमा उच्च अधिकारीहरुसंग भेट गरेको छ।
नानीहरुको सुरक्षा अनि अधिकारको हितमा काम गरिरहेको उक्त दुवै संस्थाहरुले आज महकुमा अधिकारी के राधीका अइयर अनि कालेबुङ थाना प्रभारी अचिन्ता गुप्तसंग भेट गरि बाल सुरक्षाको नारा लिएर आफूहरुले तयार पारेको फेष्टुनहरु सर्वजनिक गरेको छ। आज बिहान चाइल्डलाइन अनि बीएसएका प्रतिनिधिहरु एलिसा गुरुङ, तेज कुमार थापा, शिला गीरि, रोमा राई आदिको नेतृत्वमा बीएसए बाल उद्वार केन्द्रका नानीहरुले महकुमा अधिकारी के अइयरसंग भेट गरि अधिकारीको कार्यलय परिसरमा बाल सुरक्षा अनि अधिकारको मांगमा जारी गरिएको फेष्टुनहरु टासेका छन्। यसै अवधि संस्थाका प्रतिनिधि अनि नानीहरुलाई सम्बोधन गर्दै अधिकारीले बाल सुरक्षाको निम्ति प्रशासनिक सह्योग प्रदान गर्ने आशवसन दिइन्। आम जनताले पनि बाल सुरक्षाको निम्ति सह्योग पुऱ्याउनु पर्ने तिनले अपिल गरिन्। यता उक्त टोलीले नै यहाँको थाना प्रभारीसंग भेट गरि थाना परिसरमा पनि संस्थाले जारी गरेको फेष्टुन, पोष्टर अनि पर्चाहरु टासेको छ। महकुमा अघिकारी कार्यलय अनि थाना परिसरमा फेष्टुन अनि पोष्टरहरु टासने कार्य पछि अभियानका प्रतिनिधिहरु अनि नानीहरुले शहरको विभिन्न स्थानहरुमा पोष्टरहरु टाँस्दै पर्चाहरु वितरण गरे। यता पत्रकारहरुसंग कुराकानी गर्दै चाइल्डलाइनका संयोजक एलिसा गुरुङले प्रशासनिक सह्योगको कारण आजसम्म आफूहरुले धेरैको संख्यामा बाल मजदूरबाट नानीहरु उद्वार गरिसकेको जनाइन्। बेपता भएका नानी अनि विभिन्न समस्याहरुमा फसिरहेका नानीहरुलाई सह्योग अनि उद्वार तिनले तिनले 1098 नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरेकी छन्।

0 comments: