लखेट अब पहाडबाट दलालहरुलाई
बस्न नदेउ पवित्र पहाडमा पापीहरुलाई
दिन रात जनताको खुन चुस्नेहरु
डुबाउनु पर्छ तातो तेलमा गद्दारहरुलाई
आउनु पर्छ जनता सबै सडकमा
चिन्नु पर्छ गोर्खाल्याण्ड बेचीखानेहरुलाई
प्रत्येक बिहान बास्नु पर्छ विद्रोहको भालेहरु
उठाउनु पर्छ औला अब चिन्ह्रारी बेच्नेहरुलाई
क्रान्तीको आवाज निकालौं अब अन्तिम एक चोटी
लाखेस् ! बन्दकी आमा फेरि बेच्नेहरुलाई ।
0 comments:
Post a Comment