Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

23 Nov 2011

चौतारी: प्रेमको सार समर्पण

जनार्दन आचार्य(नेपाल) 23.11.2011आजको दिन भगवान् श्री सत्य साई बाबाले यस धरतीमा मानव रूपमा अवतार लिनुभएको शुभ दिन हो । उहाँको साकार मानव देहले महासमाधि लिइसकेको छ तर उहाँ विश्वका करोडौं भक्तका हृदयमा स्थायी रूपमा स्थापित हुनुहुन्छ । निराकार साई सर्वव्यापक हुनुहुन्छ । श्री सत्य साई बाबाले प्रतिस्थापन गर्नुभएको श्री सत्य साई संगठन एक विराट स्वरूप हो र यो अनन्तसम्म जीवन्त रहनेछ । श्री सत्य साई संगठन एक आध्यात्मिक संगठन हो । यसले गर्ने प्रत्येक कार्य आध्यात्मिक उत्थानमा आधारित हुन्छ । यहाँबाट जेजस्ता कार्य हुन्छन् सबै मानवसेवा र कल्याणका लागि मात्र हुन्छन् । कामको परिमाणभन्दा काम गर्दाको भावलाई महत्त्व दिइन्छ । कार्य गर्दा वा सेवामा संलग्न हुँदाको भाव नै भगवान्को पूजा हो । निःस्वार्थ तथा पवित्र भावले मानवसेवामा संलग्न भई आफ्नो आध्यात्मिक विकास गर्नु नै श्री सत्य साई संगठनको मूल उद्देश्य हो ।

भगवान् श्री सत्य साई बाबा भन्नुहुन्छ, 'गीतामा उल्लिखित भक्तियोग, कर्मयोग, ज्ञानयोग आदि योगको लक्ष्य भक्त र भगवान्लाई जोड्नु हो । सबै योगको एक मात्र लक्ष्य जीवात्मालाई परमात्मासँग मिलन अथवा एकाकार गराउनु हो । यहाँ केही मानिस हठयोग, क्रियायोग र राजयोगप्रति आकषिर्त भएका छन् । उनीहरूको विचारमा मात्र यी योगद्वारा भगवान्सँग साक्षात्कार हुन सकिन्छ भन्ने छ तर सबै योगहरूले हृदय स्वच्छ गर्न र सांसारिक बन्धनबाट मुक्त गर्न मद्दत मात्र गर्ने हो । यी कुनै पनि योगले परमात्माकहाँ पुर्‍याउन सक्दैनन् । प्रेमयोगले मात्र परमात्मासँग मिलन गराउन सक्छ ।'  तसर्थ प्रेमयोग नै साईयोग हो । प्रेमपथ नै साईपथ हो । सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा नै साईपथ हो । यस पथमा पथिकका लागि कर्म नै पूजा हो र कर्तव्य भगवान् । श्री सत्य साई बाबाको आदर्शपथ यही हो । मानिस कर्मबेगर एक पल पनि रहन

सक्दैन । तिमीले आफ्ना कर्म पनि पवित्र, स्वच्छ, निर्मल, प्रेमपूर्ण र सुवासयोग्य बनाएर भगवान्लाई चढाउनुपर्छ अर्थात् तिम्रो कार्य चोखो, असल र उत्कृष्ट हुनुपर्छ । यस्तो कार्य नै कर्मयोग हो भनी भगवान् श्री सत्य साई बाबाले भन्नुभएको छ । 

बाबा भन्नुहुन्छ, 'गीताले तिमीलाई यस्तै कर्म भगवान्लाई अर्पण गर्न प्रेरित गरेको छ । जब तिमी यस्तै स्वच्छ कर्म कर्ता भावरहित भई निःस्वार्थ भावले भगवान्का चरणमा अर्पण गर्छौ, तिमी सबै कर्म बन्धनबाट मुक्त हुनेछौं । यसलाई नै अनाशक्तियोग भनिन्छ । गीताले तिमीलाई कर्म गर्न प्रोत्साहन मात्र होइन, गरिने कर्म भगवान्लाई अर्पणयोग्य बनाउन पनि प्रोत्साहित गरेको छ । अनाशक्तियोग बुद्धियोगभन्दा पनि कयौं गुना महान् र उच्च छ । तिमीले प्रयास गर्‍यौ भने तिम्रा सम्पूर्ण कर्म अनाशक्तियोगमा परिणत गर्न सक्छौं । बाबा भन्नुहुन्छ, 'प्रत्येक कर्म भगवान्लाई समर्पण गर र प्रत्येक सेवाका अवसरलाई भगवान्को प्रसादका रूपमा ग्रहण गर । यस प्रकारको निःस्वार्थ र आध्यात्मपरक सेवा नै आजको आवश्यकता हो । तिमीहरू यही पथबाट भौतिक अन्नमयबाट विज्ञानमय र त्यसबाट पनि अझ उच्च दैविक आनन्दमय स्थितिमा पुग्नु छ । प्रत्येकको हृदयमा एउटै परमात्मा निवास गर्नुहुन्छ । तसर्थ, निःस्वार्थ प्रेमपूर्वक गरिएको मानवसेवा नै माधव सेवा हो । यसरी गरिएको कर्म नै पूजा हो ।' बाबाका शब्दमा, 'तिमीलाई तोकिएको कार्य वा पेसालाई बोझ नठान, भगवान्को प्रसाद सम्झ । तोकिएको कर्मलाई प्रसन्नता तथा इमानदारीसाथ सम्पन्न गर । प्रेमपूर्वक सम्पन्न गर । तिम्रो कर्म पूजामा परिणत हुनेछ ।' जब हाम्रो मन, वचन र कर्म स्वःस्फूर्त रूपमा प्रेमले ओतप्रोत हुन्छ तब हामी आफूलाई दैवत्वका रूपमा पहिचान गर्न सक्छौं । बाबा भन्नुहुन्छ, 'आज विश्वमा दुष्टता तथा पापकर्मको रोकथाम र विनाश गर्ने सबैभन्दा शक्तिशाली हतियार- प्रेम हो ।'

Related Posts:

  • चौतारी: प्रेमको सार समर्पणजनार्दन आचार्य(नेपाल) 23.11.2011आजको दिन भगवान् श्री सत्य साई बाबाले यस धरतीमा मानव रूपमा अवतार लिनुभएको शुभ दिन हो । उहाँको साकार मानव देहले महासमाधि लिइसकेको छ तर उहाँ विश्वका करोडौं भक्तका हृदयमा स्थायी रूपमा स्थापित हुन… Read More
  • 'राजनीतिक महत्त्व'नयाँदिल्ली , भारतीय अर्थमन्त्री प्रणव मुखर्जीको भ्रमण डीटीएए सम्झौतामा हस्ताक्षर गर्ने प्रयोजनका लागि भए पनि त्यसको राजनीतिक महत्त्वसमेत रहेको स्रोतहरूले जनाएका छन् । 'मुखर्जीको भ्रमणको मूल उद्देश्य डीटीएएमा हस्ताक्षर गर… Read More
  • 'भारत र चीनसँग समदूरीको सम्बन्ध छैन'राजनीतिशास्त्रका प्राध्यापक तथा भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल विदेश मामिलामा गहिरो दख्खल राख्छन् । दक्षिण छिमेकको मात्रै होइन, उत्तर छिमेकको पनि नेपाल चासो बढिरहेको सतहमै देखिन थालेको सन्दर्भलाई बराल कसरी हेरिरह… Read More
  • Plea to rework tea loan period VIVEK CHHETRIDarjeeling, Nov. 21: The Darjeeling tea growers have appealed to the Centre to extend the moratorium on the repayment of loan to replant bushes from five to 10 years.According to the Special Purpose Tea … Read More
  • CM trip to break ice with Cong OUR SPECIAL CORRESPONDENT Read More

0 comments: