Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Feb 2012

कालेबुङको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात


आज देखि कालेबुङको लोकल न्युज बन्द भएको छ। स्थानिय क्याबल संग संग्लग्न रहेर कालेबुङका जनसाधारणलाई दैनिक रुपमा समाचारयुक्त खुराक प्रदान गर्दै आइरहेको यहाँको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात भए पछि अब उसो कालेबुङमा कुनै पनि लोकल समाचारहरु स्थनिय क्याबल मार्फत प्रसारण नहुने भएको छ।यहाँका क्याबल मालिकलाई मोर्चा प्रमुखले दम्कि दिए पछि अबउसो क्याबलमा कुनै प्रकारको न्युज आइटम प्रसारण नगरिने क्याबल मालिकले आज मिडिया कर्मीहरुलाई जनाए। स्वस्थय समाज निमार्णको दिशामा जुटेका यहाँका मिडिया कर्मीहरुमाथि यस घडी ठूलो सङ्कट आइपरेको छ।आधुनिक तकनीकि क्रान्ति संग जुझ्दै समाज सुधारको सङ्घर्षमा उत्रेको कालेबुङका मिडियाहरुमाथि एउटा शक्तिशालि राजनैतिक दलले दवाव दिनु कहाँ सम्मको गणातान्त्रिक अनि गान्धीवादी निति हो ? जन सरोकारमा ध्यान नदिने यो राजनैतिक दलले आज कसरी कालेबुङको मिडियाले आफ्नो कार्यक्रम बिगार्यो भन्दै पत्रकारिता जस्तो स्वतन्त्र विधामा हस्तक्षेप गर्ने काम गर्दै छ? कालेबुङका पत्रकारहरुलाई दम्काउनु,मिडिया हाउसमाथि मुद्धा हालने दम्कि दिनु , यो सरासर पहाडमा तानाशाही फैलाउने कार्य भएको छ। 20 वर्षे कालो नीतिको पतन गर्दै पहाडको जनतालाई पुन स्वतन्त्रताको स्वास फेर्नु दिएको बताउने मोर्चा अध्यक्ष बिमल गुरुङले कालेबुङको मिडिया हाउस बन्द गरेर के देखाउन चाहेका हुन? मोर्चा प्रमुख गुरुङ कहाँ सम्मको साचो नेता हुन ? यो जनताले चिन्नु पर्ने समय आइपरेको छ।
प्रतिस्प्रर्दाको युगमा थुप्रै संघर्षहरुको सामना गर्दै निष्पक्ष पत्रकारिताको भूमिका निर्वाह गर्दै आइरहेका यहाँका पत्रकारहरुले अबउसो खुलेर लेख्न नपाउने भए। पहाडमा पत्रकारिताको व्यवस्था अनि पत्रकारहरुको अवस्था कस्तो छ? यी बिषयमाथि यहाँका समाज सचेत नागरिक अनि बुद्धीजिवीहरुले अध्ययन गर्नु पर्ने समय आइपरेको छ। इलेक्ट्रोनिक मिडियाको क्षेत्रमा उर्भर स्थान मानिने कालेबुङमा अब मिडिया कर्मीहरु स्वयम जोगेर हिडनु पर्ने अवस्था उत्पन्न भएको छ्। सम्पूर्ण कालेबुङका पत्रकारहरुले हाल असुरक्षित महसुश गरिरहेका छन।

Related Posts:

  • कालेबुङको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात आज देखि कालेबुङको लोकल न्युज बन्द भएको छ। स्थानिय क्याबल संग संग्लग्न रहेर कालेबुङका जनसाधारणलाई दैनिक रुपमा समाचारयुक्त खुराक प्रदान गर्दै आइरहेको यहाँको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात भए पछि अब उसो कालेबुङमा कुनै प… Read More
  • " हरियाणा गोर्खा जनमुक्ति मोर्चाको शाखा भंग"अरुण घतानी-गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनको शुरुआत अतिनै राम्रो ढंगले गरेको हो जुन कुरालाई हामी नकार्न सक्दैनौ। तर आज आएर मोर्चा पनि जनताको आशा र विश्वासको बिपरीत GTA, GATA, पछौटे जिल्ला भन्दै अनेकौ मुद्दाहरुबीच अड्किएको छ।… Read More
  • भूली गए सम्झनालाई-कालेबुङको कुसुमे रूमाल(अनिल तेलैजा) प्रसिद्ध नेपाली चलचित्र निर्माता-निर्देशक तुलसी घिमिरेले अस्सीको दशकमा निर्माण गरेको चलचित्र कुसुमे रूमालको अधिकांश छायाङ्कन कालेबुङमा नै भएको थियो। उनले आफ्नो चलचित्रको छायाङ्कन किन कालेङबुङमा नै गरे अनि यसको न… Read More
  • अनन्य लेखनमा सञ्जय विष्टका कथा कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। ...कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथि… Read More
  • Know your INDIAEvery nation has its native essence, its unique historical destiny as carved by this essence, and its unique trajectory towards this destiny. At any point in its history, the citizens of a nation will be existentially apart f… Read More

0 comments: