5 May 2012
जनसभा बाट मोर्चाले गर्यो विरोधी दलका नेताहरुलको आलोचना
5 मई (कालेबुङ):- कालेबुङमा मोर्चाविरोधी दल र मञ्चहरुको सक्रियता बढेपछि आज गोजमुमोले पनि यहाँ एउटा जनसभाको आयोजना गरी आफ्ना विरोधीहरुलाई ओठेंजवाब दिएको छ। मोर्चाको केन्द्रीय अनि महकुमा स्तरका नेतृवर्गले आफ्नो दलको नीति र कार्यक्रमहरुको खोइरो खन्ने विरोधी दलका नेताहरुको आलोचना गरेका छन। कालेबुङको डम्बरचोकमा सम्पन्न सो जनसभामा मोर्चाको केन्द्रीय समितिका सहसचिव बिनय तामाङ, सांगठनिक सचिवहरु सामुएल गुरुङ, बिजय सुन्दास, भूतपूर्व सैनिक मोर्चाका अध्यक्ष रमेश आले, स्टडी फोरमका सदस्य डा आर बी भुजेललगायत विभिन्न भातृ संगठनका पदाधिकारीहरु उपस्थित थिए। पहाडका बिपक्षी दलका नेताहरुले जीटीएको नयाँ व्यवस्थाबारे दुष्प्रचार गरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेको मोर्चा नेताहरुको आरोप थियो। मोर्चाले पहाडमा गणतान्त्रिक मुल्य र परिवेशको हनन् गरेको छ भने अन्य दल र मञ्चहरुको आरोपको पनि यस दलका नेताहरुले खण्डन गरेका छन। आजको जनसभालाई केन्द्रीय सहसचिव बिनय तामाङ, सांगठनिक सचिवहरु सामुएल गुरुङ, विजय सुन्दास, डा आरबी भुजेल, कर्णेल रमेश आले, नारी मोर्चा नेत्री काजिमछिरिङ भुटिया आदिले सम्बोधन गरेका थिए। मोर्चा नेता बिनय तामाङले गोर्खाल्याण्ड आन्दोलनको रणनीतिअन्तर्गत नै पार्टीले जीटीएको व्यवस्था ग्रहण गर्ने निर्णय लिएको बताए। उनले जीटीएमा तराई डूवर्सका क्षेत्रहरु सामेल गर्न सकिए अलग राज्यको निर्माणको दिशामा यो उपलब्धीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने दावी गर्दै मोर्चा विरोधी दलहरुले आफ्नो राजनैतिक अस्तित्व कायम राख्नको लागि मात्र मोर्चाको कार्यक्रमहरुको विरोध र आलोचना गरिरहेको बताए।
Related Posts:
Interim bail granted to GJM asst secy Binay Tamang Darjeeling 5 Oct 2013 Gorkha Janmukti Morcha assistant secretary and Gorkhaland Territorial Administration sabhasad Binay Tamang was today granted interim bail in one of the four cases slapped on him. Tamang, … Read More
Sahitya Academy holds literary prog in Kalimpong PRADIP LOHAGUN KALIMPONG 5 Oct 2013 Sahitya Academy, New Delhi in association with Nepali Sahitya Addhayan Samity, Kalimpong today held a literary function called ‘Aankhijhaylbata’ where Academy coordinator … Read More
PS Golay to take charge of SKM on Sunday in public Gangtok 5 Oct 2013 Nearly 60,000 supporters of Prem Singh Golay are expected to gather on Sunday at the Paljor Stadium for a ‘Parivartan Diwas’ where he is expected to take official charge of the Sikkim Krantik… Read More
First dengue death reported from hills Pradip Lohagun KALIMPONG 7 Oct 2013 Dengue has been terrorising Siliguri in the plains and other areas including Sikkim for a while, and now a death from the dreaded fever has been reported from Kalimpon… Read More
Ghising makes surprise trip to hills KURSEONG 5 Oct 2013 After remaining in exile for more than two years, Gorkha National Liberation Front supremo Subash Ghising today made a surprise visit to the Darjeeling hills and toured several areas under K… Read More
1 comments:
I do not even know how I ended up here, but I thought this post was good. I do not know who you are but certainly you're going to a famous blogger if you are not already ;) Cheers!
http://educationtip.eu
Post a Comment