14 Jun 2012
मेक्स वाहन राष्ट्रीय राजमार्गमा दूर्घटनाग्रस्त
14 जून (कालेबुङ):- नाम्चीबाट गान्तोकतिर गइरहेको एउटा मेक्स वाहन राष्ट्रीय राजमार्गमा दूर्घटनाग्रस्त भएर टिस्टामा पस्दा वाहनमा सवार कूल आठजना मध्ये सातजना लापता बनेका छन भने एकजनाले वाहनबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन। एस के 01-4052 नम्बर भएको यो बाहन नाम्चीको कितामबाट एकजना आफन्तको शव लिन गान्तोकतिर गइरहेको थियो। यो दूर्घटना बुधबार अबेर राती लगभग साढे बाह्रमा भएको बताइएको छ। दूर्घटना बंगाल अन्तर्गत मामखोलामा भएको थियो। पुलिसको अनुमान अनुसार वाहन मामखोला नजिक पुग्दा वाहनका चालकले नियञ्त्रण गुमाए पछि लगभग 400 फिट तल टिस्टा खोलामा पसेको थियो। दूर्घटनाको तत्कालै वाहनमा सवार आठजनामध्ये एकजना युवक करण सुब्बाले वाहनबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन। उनलाई घाइते अवस्थमा उत्तर बंगाल मेडिलक कलेजमा भर्ना गरिएको जानकारी पाइएको छ। तर बाकी सातजना भने अहिलेसम्म लापता रहेका छन। लापता हुनेहरुमा वाहनका चालक दूर्गामणि प्रधानसहित कितामको सुब्बा परिवारका सदस्यहरु मोहन, सजल, बिकास, उमेश, अमरदीप अनि शुभम सुब्बा रहेका छन। दूर्घटना यति भयवह थियो कि दूर्घटना पछि वाहनको केही अवशेष बंगालको किर्ने नजिक देखिएको थियो। सिक्किम अनि बंगाल पुलिसले राफटरहरुको सहयोगमा लापता मानिसहरुको खोजी कार्य शुरु गरेको छ। यसबीच, 27 माइलमा एउटा शव देखा परेको खबर पाइए पनि यसबारे आधिकारिक तौरमा भने पुष्टि हुन सकेको छैन।
Related Posts:
Congress leader, supporters join TMC Siliguri 12 Sep 2013 The Trinamool Congress continues to increase its strength in North Bengal at the cost of rivals such as the Congress. Siliguri witnessed another Congress exodus today in the form of Phansidew… Read More
AIGL leadership critical of agitation leadership PRADIP LOHAGUN KALIMPONG 10 Sep 2013 All India Gorkha League general secretary Pratap Khati today told the media the Gorkhaland Joint Action Committee leadership lacks capability, discipline and honesty. … Read More
Morcha blinks before season Sept. 10: An action committee has suspended the Darjeeling strike till October 20, lifting the cloud over the Puja-driven tourist season and unwittingly conceding that the state government’s tough policy has yielded resu… Read More
Chamling back after meeting home minister on reservation issue PRASHANT ACHARYA BAGDOGRA 12 Sep 2013 Members of the Tamang and Limbu communities of Sikkim today accorded a grand welcome to chief minister Pawan Kumar Chamling at Bagdogra Airport as he announced the union … Read More
Shutdown lifted to “honour” home minister’s request Darjeeling 10 Sep 2013 After 41 days of observing a shutdown interspersed with a few days of respite, the Gorkha Janmukti Morcha today finally relented and called off its agitation to “honour” the request made … Read More
0 comments:
Post a Comment