Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Sept 2012

बोङबस्तीसंलग्न जंगलमा मानव कंकाल

21 सेप्टेम्बर(कालेबुङ):- कालेबुङ थानाअन्तर्गत लोअर बोङबस्तीसंलग्न जंगलबाट संदिग्ध अवस्थामा मानव कंकाल भेटिएको घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। घटनाबारे सूचना पाएपछि बिहीबार साँझ कालेबुङ पुलिसले घटनास्थलबाट उक्त नरकंकाल उद्धार गरेको छ। कालेबुङ थानाबाट लगभग तेह्र किलोमिटर टाडा बोङबस्तीको गैरीगाँउ संलग्न जंगलमा स्थानीय एक किशोरले उक्त मानवकंकाल देखेका थिए। गाई बाख्रा चराउन सो जंगलमा पुगेका उक्त किशोरले त्यहाँ मानव कंकाल देखेपछि गाउँलेहरुलाई सूचित गरे। गाउँलेहरुले घटनाबारे कालेबुङ पुलिसलाई सूचना दिएपछि पुलिसको दल घटनास्थलमा पुगेर नरकंकाल उद्धार गरेको हो।
पुलिसले घटनास्थलबाट झण्डै चार किलो ओजन भएको डोरी, जिन्स पेण्ट, हाईनेक र एउटा पेन पनि उद्धार गरेको छ। घटनास्थलबाट प्राप्त यी सामग्रीहरुको आधारमा यो कंकाल 25देखि 30 बर्षको युवकको हुन सक्ने पुलिसको अनुमान छ। यस मानव कंकालको पहिचानबारे अहिलेसम्म कुनै तथ्य र जानकारी पुलिसलाई प्राप्त भएको छैन। कालेबुङ पुलिसले कंकालको फोरेन्सिक जाँचको निम्ति सिलगढी पठाएको छ। जाँचको रिपोर्ट पाएपछि मात्र केही भन्न सकिने घटनाको जाँच गरिरहेका पुलिस अधिकारीको भनाई छ। लोअर बोङबस्तीसंलग्न गाउँहरुबाट आजसम्म कोही पनि निखोज भएको घटना प्रकाशमा नआएकोले पनि यस मानव कंकालको पहिचान खुलाउन पुलिसलाई चर्को परेको छ। घटनास्थलको आरम्भिक जाँचपछि पुलिसले यसलाई आत्माहत्याको घटना हुन सक्ने सम्भावना न्यून रहेको बताएको छ भने अन्यत्र क्षेत्रबाट यहाँ ल्याएर हत्या गरी शव फ्याँकिएको हुन सक्ने पुलिसको अनुमान छ।

Related Posts:

  • जुब्ली पाठशालाको चौथो वार्षीक खेलकूद सम्पन्न कालेबुङ, 14 नोभेम्बर।  यहाँको जुब्ली प्राथकि पाठशालाले आज बाल दिवसको अवसरा चौथो वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गर्‍यो। विद्यालयका चारवटा हाउसहरूाझ सम्पन्न प्रतियोगिता प्रथाकि तहका विद्यार्थीहरूले विविध प्रतियोगिता… Read More
  • बाल दिवसमा संस्थाहरु सड़कमा कालेबुङ 14 नोभेम्बर ‘बाल मित्र सप्ताह’ पालन गरिरहेको यहाँको चाइल्डलाइन अनि बाल सुरक्षा अभियानले आज राष्ट्रीय बाल दिवसको अवसरमा उच्च अधिकारीहरुसंग भेट गरेको छ। नानीहरुको सुरक्षा अनि अधिकारको हितमा काम गरिरहेको उक्त दुवै संस्… Read More
  • Brush with President at science show - Sikkim boy’s tension before Pranab pat Gangtok, Nov. 11: Naren Kumar Chettri could not believe his luck. The country’s President was slowly walking towards his stall. Naren, a Class XII student, had made a model to show generation of electricity through elec… Read More
  • GTA talks in Calcutta next week Morcha readies demands Dajeeling, Nov. 13: The Gorkha Janmukti Morcha will seek 29 amendments to the GTA Act for proper functioning of the autonomous hill body during talks with the state and later central officials in Calcutta next week. Th… Read More
  • मोर्चा नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनेछन् - बिनय तामाङ कालेबुङ, 12 नोभेम्बर (छेवाङ) आन्दोलन अवधि पक्रा परेका जीटीएका तीन जना सभासदहरुले आज एउटा मुद्दामा अन्तरिम जमानत पाएका छन्। हाल बन्दी जीवन बिताइ रहेका मोर्चा सभासदहरु बिनय तामाङ, कल्याण देवान अनि निमा तामाङलाई आज गोरूबथानमा त… Read More

0 comments: