कालेबुङ 9 अक्टोबर
(प्रदीप) क्रामाकपाको कालेबुङ
आञ्चालिक समिति दशैँपछि छुट्टै राज्यको आन्दोलनलाई तीव्रता दिने तयारीमा छ। आञ्चालिक
समितिको कोर कमिटिको बैठकमा आज यो प्रस्ताव ग्रहण गरिएको छ। यहाँको सातदोबाटोस्थित
पार्टी कार्यालयमा सम्पन्न बैठकमा आज ताजा राजनैतिक परिस्थितिबारे छलफल भएपछि क्रामाकपा
नेताहरू नयाँ राजनैतिक कार्यक्रम लिएर अघि बढ्ने निष्कर्षमा पुगेका हुन। आञ्चालिक
अध्यक्ष किशोर प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष जेबी राई
विशेष रुपले उपस्थित थिए भने आञ्चालिक सचिव मोहन पौड्याल, सन्तोष प्रधान, सूदन
प्रधान आदिको उपस्थिति थियो। दलको आन्तरिक बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई
सम्बोधन गर्दै आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले छुटटै राज्यको संघर्षलाई
निरन्तरता प्रदान गर्न आञ्चलिक स्तरमा नयाँ राजनैतिक कार्यक्रम गर्ने बैठकले पारित
गरेको बताएका छन। ‘राजनैतिक अनि सांगठनिक दुवै स्तरमा कार्यक्रम गर्ने तयारीमा
छौं। 2014-को लोकसभा चुनाउ अघि अलग राज्यको सम्बन्धमा कुनै पनि ठोस निर्णयमा पुग्न
नसक्ने केन्द्र अनि राज्य सरकारले भनिरहेको अवस्थामा पनि हामी राज्यप्राप्तिको
आन्दोलनलाई निरन्तरता दिने सोचमा छौं। गोर्खाल्याण्ड राज्य दिन्छ भन्ने स्थितिमा
मात्र हामी राजनैतिक कार्यक्रम तीव्र बनाउने हिसाबले काम गर्न चहादैँनौं। नियमित
रूपले छुट्टै राज्यको आकांक्षा राख्ने दल र जनता कति सचेत छन् भन्ने सन्देश
केन्द्र सरकारसम्म हामीले प्रमाणित गरेर देखाउनु पर्छ। सरकारले
गोर्खाल्याण्डविरोधी गतिविधि र अभ्यास जारी राखोस तर भारतीय गोर्खाहरूको निम्ति
राज्यको अन्य कुनै विकल्प छैन जसको माध्यमले सरकारले हामीलाई शान्त गरेर राख्न
सक्छ भन्ने हामी बताउन चहान्छौं’ आञ्चलिक अध्यक्ष किशोर प्रधानले भने। तिनले पार्टीको
केन्द्रीय समितिले तय गरेको प्रावधानभित्र रहेर आञ्चलिक स्तरमा नयाँ राजनैतिक
कार्यक्रम गर्ने बैठकले निधो गरेको बताए। ‘दशैँको लगत्तैपछि हामी नयाँ राजनैतिक
कार्यक्रमहरू लिएर मैदानमा आउनेछौं। पर्चा वितरण, पोष्टरिङ अनि पथसभाहरू आयोजना
गरी हामी छुट्टै राज्यको आन्दोलनलाई गति दिने काम गर्नेछौं’ प्रधानले भने। पत्रकारहरूले सोधेको एउटा प्रश्नको उत्तर दिँदै
प्रधानले भने, ‘प्रस्तावित त्रिपक्षीय वार्ता र जीटीएको सम्बन्धमा बैठकमा कुनै चर्चा
भएन। यो केन्द्रीय समितिले छलफल गर्ने विषय भएको कारण यसबारे कुनै चर्चा गरेनौं। गोजोएककै
अधिनमा रहेर मात्र दलले कार्यक्रम गर्नुपर्छ भन्ने कुनै शर्त छैन। गोजोएकको कुनै
साझा न्यूनतम कार्यक्रम तयार नभएका कारण दलहरू आफ्नै कार्यक्रम लिएर अघि बढ्न
स्वतञ्त्र छन’ तिनले नयाँ राजनैतिक कार्यक्रमहरूसँगै दलको सांगठनिक विस्तारको
दिशामा समेत गम्भीरतासँग काम गर्न आजको बैठकले प्रस्ताव ग्रहण गरेको जनाएका छन। असंगठित
क्षेत्रका मजदूरहरूको हकहितको निम्ति सांगठनिक प्रक्रियालाई पनि अघि बढाउँदै
उनीहरूलाई राज्यप्राप्तिको लडाईँमा जोड्ने पार्टीको सोच रहेको तिनको भनाइ छ। ‘आफ्ना
भातृसंगठनहरूलाई पार्टीको सैद्धान्तिक अनि सांगठनिक लाइनहरूबारे शिक्षित गरी तयार
गर्ने छौं। असंगठित क्षेत्रहरूमा पनि हामी संगठनको विस्तार गरेर लाने योजनामा छौं।
हामीलाई यी क्षेत्रहरुबाट प्रस्तावहरू आएको छ। उनीहरूको समस्याहरूको उठानसँगै अलग
राज्यको सवालमा समेत उनीहरूलाई एकबद्ध गरी काम गर्ने सोच बनाएका छौं। राज्यमुनिका
मुद्दाहरूले गोर्खाहरूको राजनैतिक संकट हल हुँदैन भन्ने कुरा बुझाएर हामी अघि
बढ्ने छौं’ प्रधानले भने। बैठकमा हालै दिवङ्गत भएका दलका केन्द्रीय कार्यकारी
सदस्य प्रेम कुमार प्रधानको स्मरण एक मिनटको मौन धारण गरी श्रद्धाञ्जलि पनि प्रकट
गरिएको थियो।
10 Oct 2013
आन्दोलनलाई तीव्रता दिने तयारीमा क्रामाकपा
Related Posts:
Notification on hill seatsCalcutta, June 18: The state government has issued the notification for delimitation of hill constituencies for the Gorkhaland Territorial Administration (GTA) elections scheduled to be held in July.According to the notificat… Read More
Rangpo indra kil prayag named by jagaatguru sankaracharya is going to explore within just few daysRANGPO-18 JUNE12According to the news in the 1997 puri sankaracharya has named the Rangpo and tista river sangam place as indrakil prayag. State government has also taking initiatives to develop the area .in other sid… Read More
Plains parties in GTA election fraySiliguri, June 18: Representatives of the Terai Dooars Joint Action Committee today said they would field candidates in the GTA polls scheduled for July this year.Aloke Chakraborty, the chairman of the north Bengal regional c… Read More
Price tag for police vigil - Private event managers in Sikkim have to pay for securityNIRMAL MANGAR Women police constables on patrol in Gangtok on Monday… Read More
Sales tax window for hill traders - Businesses allowed to clear taxes for three quarters manually to get way billsVIVEK CHHETRIDarjeeling, June 18: The state government has allowed traders here to file sales tax returns manually for July 1, 2011-March 31, 2012, to bypass the problem of uncleared bills from 2008-2011 when businessmen did … Read More
0 comments:
Post a Comment